Author: Editor
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताएका छन् । काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा.वाग्लेले आगामी वर्षको बजेट मार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताए । उनले देशका युवा आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउँदै भने, “अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट नीतिगत पहल सुरु गरेका छौँ । बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ ।” देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी र व्यवसायीलाई छुटको…
काठमाडौं । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले एक महिलाको स्वरोजगारको साधनका रूपमा रहेको टेम्पो भीरमा खसालेको घटनाप्रति चौतर्फी विरोध भएको छ । भीमदत्त राजमार्गमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा सडक छेउमा राखिएको स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो जेठ २९ गते वन कर्मचारीहरूले हटाउने क्रममा भीरमा खसालेका थिए । सो घटनाको भिडियो जेठ ३० गते सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक चर्चा र आक्रोश पैदा गरेको छ । पीडित धामीले सोही टेम्पोमा चिया, अण्डा, चाउचाउ र पानीलगायतका सामग्री बिक्री गरेर १० जनाको परिवार पाल्दै आएकी थिइन् । उनका तीन छोरा मजदुरीका लागि भारतमा छन् भने घरमा श्रीमान् र…
ललितपुर । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नागरिकलाई कर छुट दिएको जस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको आरोप लगाएका छन्। मध्यमवर्गीय परिवारलाई राहत दिने दाबी गरिए पनि व्यवहारमा शिक्षा, स्वास्थ्य र विद्युतमा थप करको भार थोपरेर सरकारले दिएकोभन्दा धेरै रकम फिर्ता लिएको उनले बताए । ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक श्रृङ्ला’ कार्यक्रममा बोल्दै थापाले बजेटको वास्तविक प्रभावबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। उनका अनुसार व्यक्तिगत आयकरको सीमा बढाएर केही राहत दिएको भनिए पनि अन्य क्षेत्रबाट थप शुल्क र कर लगाउँदा नागरिकको खर्च झन्…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्। उनले फेसबुकमा ‘देश बनाउने टोली’ भनेर दुवैलाई अँगालो हालेको तस्बिर पोस्ट् गरेका हुन्। प्रधानमन्त्रीले फोटो पोष्ट गरेसँगै बिपक्षी र अन्यले यस तस्विरको सामाजिक संजालमा चर्को आलोचना गरेका छन् । एमाले सांसद ऐन महरले त ३ जना मात्रैले सरकार चलाएको हो कि प्रधानमन्त्रीज्यू भन्दै आलोचना गरेका छन् ।
काठमाण्डौं । प्रतिनिधिसभा बैठक शुरुभएको छ । आज पनि बिपक्षी दलका नेताहरुले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धित अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै बिहीबारको प्रतिनिधि सभामा विरोध जनाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २०८३ जेठ १७ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने माग राखेका हुन्। ‘हाम्रो माग एउटै छ, २०८३ साल जेठ १७ गते प्रधानमन्त्रीज्यूले बोलेको कुरालाई संसदको रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीज्यूले संसदमा आएर आफ्नो बोली सच्याउनुपर्छ,’ साम्पाङले भने। साथै साम्पाङले संसदलाई नियमावली अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराए । https://www.youtube.com/watch?v=r5bk8h_UVC8
काठमाण्डौं । प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धित अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै बिहीबारको प्रतिनिधि सभामा विरोध जनाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २०८३ जेठ १७ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने माग राखेका हुन्। ‘हाम्रो माग एउटै छ, २०८३ साल जेठ १७ गते प्रधानमन्त्रीज्यूले बोलेको कुरालाई संसदको रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीज्यूले संसदमा आएर आफ्नो बोली सच्याउनुपर्छ,’ साम्पाङले भने। संसदको नियमावलीलाई बेवास्ता गरिएको भन्दै उनले सदनलाई नियम र प्रक्रियाअनुसार मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने बताए। ‘सबै नियमहरूको परिपालन गरेर सदनलाई मर्यादित ढंगबाट सञ्चालन गरिनुपर्छ,’ उनले भने।
काठमाण्डौं । नवप्रवर्तन मन्त्री महाविर पुनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुने बताएका छन्। उनले नवप्रवर्तन मन्त्रालय चलाउन सामान्य नभएको भन्दै विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गर्नुको साथै मन्त्रालयमा आवश्यक पर्ने कर्मचारी, दरबन्दी मिलान र काम गर्नमा प्रभावकारिता देखाउन सर्वेक्षण गर्ने निर्णय गरेको बताएका छन्। ‘यो मन्त्रालय चलाउन अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन। सर्वप्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो। अनि यो मन्त्रालय सुचारु रूपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण गर्ने निर्णय गरियो,’ उनले…
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले भारतको सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेकोमा उनका भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेका छन्। बुधबार साँझ प्रधानमन्त्रीको आधिकारिक पेज एक्समार्फत प्रधानमन्त्री मोदीको उक्त ऐतिहासिक उपलब्धिप्रति शुभकामनासमेत व्यक्त गरे। एक्समा भनिएको छ, ुतपाईँको सुस्वास्थ एवं निरन्तर प्रगतिको कामनासहित भारतीय जनताको समृद्धिको शुभकामना व्यक्त गर्दछु। प्रधानमन्त्री शाहले दुई देशबीच रहीआएको सम्बन्धको उच्च सम्मान गर्दै यसलाई थप सुदृढ गर्न आफू इच्छुक रहेको उल्लेख गरेका छन्।
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरू लागेर बदनाम गर्ने प्रयास गरेको दाबी गरेका छन् । बिहीबार बसेको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति समेत दिए । “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,” अर्थमन्त्री वाग्लेले भने ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अब हरेक फाइल खोल्ने घोषणा गरेका छन् । दोस्रोपटक गृहमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग गुरुङले अनुसन्धानमा रहेका फाइलाहरु शिघ्र टुंगोमा पुर्याउने लगायत निर्णय सुनाएका छन् । सरकारले आफैं गठन गरेको छानबिन समितिले उनको सम्पत्ति, सेयर स्वामित्व र आर्थिक कारोबारबारे उठेका प्रश्नमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ। त्यो प्रतिवेदनको आधारमा सुघनले सफाइ पाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई गृह मन्त्रालयमा फर्काएका हुन् । जबकी यो छानबिन प्रतिवेदनले के भनेको छ भनेर औपचारिक रुपमा सरकारबाट बाहिर आएको छैन । ‘हाल अनुसन्धानका क्रममा रहेका फाइलहरुलाई शीघ्र टुंगोमा पुर्याउने निर्देशन दिने,’ गृहमन्त्री गुरुङले भने । मन्त्रालयमा आएपछि…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क