काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्। उनले फेसबुकमा ‘देश बनाउने टोली’ भनेर दुवैलाई अँगालो हालेको तस्बिर पोस्ट् गरेका हुन्।
प्रधानमन्त्रीले फोटो पोष्ट गरेसँगै बिपक्षी र अन्यले यस तस्विरको सामाजिक संजालमा चर्को आलोचना गरेका छन् । एमाले सांसद ऐन महरले त ३ जना मात्रैले सरकार चलाएको हो कि प्रधानमन्त्रीज्यू भन्दै आलोचना गरेका छन् ।
