काठमाडौं । गृहमन्त्री सुधन गुरुङले अब हरेक फाइल खोल्ने घोषणा गरेका छन् । दोस्रोपटक गृहमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग गुरुङले अनुसन्धानमा रहेका फाइलाहरु शिघ्र टुंगोमा पुर्याउने लगायत निर्णय सुनाएका छन् । सरकारले आफैं गठन गरेको छानबिन समितिले उनको सम्पत्ति, सेयर स्वामित्व र आर्थिक कारोबारबारे उठेका प्रश्नमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ। त्यो प्रतिवेदनको आधारमा सुघनले सफाइ पाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई गृह मन्त्रालयमा फर्काएका हुन् । जबकी यो छानबिन प्रतिवेदनले के भनेको छ भनेर औपचारिक रुपमा सरकारबाट बाहिर आएको छैन ।
‘हाल अनुसन्धानका क्रममा रहेका फाइलहरुलाई शीघ्र टुंगोमा पुर्याउने निर्देशन दिने,’ गृहमन्त्री गुरुङले भने । मन्त्रालयमा आएपछि गरेका निर्णय सुनाउने क्रममा उनले अब हरेक फाइल खोल्ने बताए । हरेक फाइल खोलिन्छ अब थ्याङ्क यू सो मच,’ उनले भने । तर ४७ दिनअघि सम्पत्ती शुुद्धीकरण र ब्यवसायी दिपक भट्टसँगको संलग्नताको षियलाई लिएर छानबीन समिति गठन गरीएको थियो । वास्तवमा यो छानबिन तथ्यको खोजी थियो कि सुधनमाथि आइपरेको संकटको राजनीतिक व्यवस्थापन रु अहिले उनले क्लिन चिट पाए । तर त्योभन्दा ठूलो कुरा उनीप्रति आम विश्वास कति छ भन्ने हो ।
कुनै व्यक्तिले अदालतबाट सफाइ पाउन सक्छ। कुनै आयोगले आरोप पुष्टि नगर्न सक्छ। तर जनताले उसलाई विश्वास गर्छन् कि गर्दैनन् ? सुधन गुरुङको हकमा यी प्रश्न निरुपण भएका छैनन् । समितिले उनको सम्पत्तिको स्रोत खुलेको बताएको भनिएको छ । तर जनताले उठाएका सबै प्रश्नको उत्तर सार्वजनिक रूपमा उपलब्ध छैनन् । प्रतिवेदन अझै सार्वजनिक भएको छैन।
प्रधानमन्त्रीले प्रतिवेदन सार्वजनिक नगरी सुधनलाई किन गृहमन्त्री बनाए रु उनीप्रति पनि प्रश्न छ । सुरुमा गुरुङलाई गृहमन्त्री बनाउने निर्णय प्रधानमन्त्रीकै थियो । र अहिले गृहमन्त्रीमा पुनस् फर्काउने निर्णय पनि उनकै हो । जब सुधन विवादमा परे, त्यसले गुरुङको मात्रै होइन प्रधानमन्त्रीको निर्णय क्षमतामाथि पनि प्रश्न उठेको थियो । अहिले नियुक्ति गर्दा आफैंले गरेको छानबिन पर्याप्त थियो कि थिएन? भन्ने प्रश्न पनि उठेको छ ।
अहिले सुधनलाई गृहमन्त्री बनाएर बालेन आफ्नो निर्णयमा दृढ रहेको देखिएका छन् । तर यसले आफ्नै मान्छेलाई बचाउन नयाँ अभ्यासको थालनी गरेका त होइनन् रु रास्वपा सत्ताशक्तिमा उदाउँदा उसले हामी फरक छौं भन्ने दाबी गरेको थियो । पुराना दलका नेताहरू विवादमा मुछिन्छन्, सत्ता प्रयोग गरेर जोगिन्छन्, छानबिन प्रभावित गर्छन् हामी त्यस्तो गर्दैनौं भन्थे ।
