काठमाण्डौं । प्रतिनिधिसभा बैठक शुरुभएको छ । आज पनि बिपक्षी दलका नेताहरुले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धित अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै बिहीबारको प्रतिनिधि सभामा विरोध जनाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले २०८३ जेठ १७ गते प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने माग राखेका हुन्।
‘हाम्रो माग एउटै छ, २०८३ साल जेठ १७ गते प्रधानमन्त्रीज्यूले बोलेको कुरालाई संसदको रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीज्यूले संसदमा आएर आफ्नो बोली सच्याउनुपर्छ,’ साम्पाङले भने। साथै साम्पाङले संसदलाई नियमावली अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराए ।
