Author: Editor
काठमाण्डौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले विशेष महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा उपसमिति गठन गरेका छन्। बुधबार काठमाडौंको बानेश्वरमा पत्रकार सम्मेलन गरी उक्त समूहले महाधिवेशनको मिति घोषणासँगै व्यवस्थापनका लागि कार्यविभाजन र संयोजकहरू तोकेको हो। महाधिवेशनलाई व्यवस्थित बनाउन गठन गरिएका उपसमितिहरूमा पूर्व जिल्ला सभापतिदेखि भ्रातृ संस्थाका पूर्वअध्यक्षहरूसम्मलाई जिम्मेवारी दिइएको छ। यसबाहेक आवास तथा खाना व्यवस्थापन, जेनजी युवा परिचालन लगायतका अन्य आवश्यक उपसमितिहरू पनि गठन गरिएको सचिवालयले जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले महाधिवेशनका लागि काठमाडौंको भृकुटीमण्डप बुकिङ गरिसकिएको जानकारी दिएको छ। साथै, कार्यक्रम स्थल र प्रतिनिधिको सुरक्षाका लागि स्थानीय प्रशासनलाई पत्राचार समेत…
काठमाडौं । जेनजी आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो । बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै छुट दिने भएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी वा तोडफोड भई पूर्ण रूपमा क्षति भएका सरकारी, निजी, पर्यटकीय तथा सार्वजनिक सवारी साधनको लगत कट्टा गर्न चाहेमा चालु आर्थिक वर्ष २०८२र८३ को सवारी साधन कर र नवीकरण दस्तुरमा शतप्रतिशत छुट पाउने छन् । सार्वजनिक सवारी साधनको हकमा भने थप सहुलियत दिँदै सवारी कर…
काठमाण्डौं । राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल आगामी फागुनमा सकिँदैछ। रिक्त हुन लागेको राष्ट्रियसभाका १८ सिटका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। त्यसका लागि आज उम्मेदवारको मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ। पदावधि सकिन लागेका १९ सिटमध्ये १८ सिटमा मात्रै निर्वाचन हुन लागेको हो। एक सांसद भने राष्ट्रपतिले मनोनित गर्नेछन्। आगामी फागनुदेखि एमालेका आठ, नेपाली कम्युनिस्ट पार्टीका आठ, जनता समाजवादी पार्टीका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र मनोनीत एक सांसदको पदावधि सकिन लागेको हो। रिक्त हुन लागेकामध्ये वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन्। उनको ठाउँमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले सांसद मनोनित गर्नेछन्। कार्यकाल सकिएर बिदा हुन लागेका अन्य सांसदमा…
सुर्खेत । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ। तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन्। सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसंख्या एक सय ३३ छ। पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसंख्या घटेको जनाइएको छ। अहिले उनीहरु लेकबेँसी नगरपालिका–७ सुर्खेतको जङ्गल क्षेत्रमा बसोबास गर्दै आएका छन्। सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीले प्रयोगात्मकअभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने कार्यतालिका रहेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिए।…
सर्लाही । जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७ वर्षका भए। लाउलाउँ खाउखाउँ उमेरका उनी अहिले आफूसहित चार परिवारका एक्ला नाबालक अभिभावक हुन्। बिहान सबेरैदेखि राति अबेरसम्म ज्याला मजदुरी गरेर परिवारको भरणपोषण गर्नु उनको दैनिकी बनेको छ। पचहत्तर वर्षकी जिजुहजुरआमा अतिरुपा, ६० वर्षकी हजुरआमा फूलमाया र १५ वर्षकी बहिनी बिविकाको जिम्मेवारी एक्ला नाबालक विवेकको काँधमा आइपरेको छ। चार वर्षको उमेरमै आमाले छाडेर गएपछि विवेकका दाजु बहिनी टुहुरो बन्नुपर्यो । मामाघरतर्फको हजुरआमाको शरणमा हुर्किएका विवेकले कक्षा ३ सम्म गाउँ नजिकैको आधारभूत विद्यालयमा अध्ययन गरे । तर भर्ना गर्न जन्मदर्ता नभएपछि पढाइ छाड्नुपरयो। चुरेको काखमा लगभग १० धुर ऐलानी जग्गा चर्चेर…
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस २९ गते केन्द्रीय सदस्यको शपथ ग्रहण गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए। “बागमती प्रदेशका केन्द्रीय सदस्यको काठमाडौँ उपत्यकामा र अन्यको हकमा सम्बन्धित प्रदेशलाई जिम्मा दिइएको छ, उनीहरूले निश्चित गरेको स्थानमा शपथग्रहण समारोह गर्ने निश्चित भएको छ”, सापकोटाले भने। पुस २९ गतेसम्म सङ्गठनात्मक संरचना गठन गरिसक्ने निर्णय भएको उनले जानकारी दिए। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रवासी सङ्गठनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भारतको नयाँदिल्ली गएका जानकारी दिँदै नेता सापकोटाले भारत भ्रमणका क्रममा त्यहाँका व्यक्ति व्यक्तित्वसँग छलफल हुनु स्वभाविक भएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ । बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले बोल्ने क्रम जारी छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गर्दा संस्थापन पक्ष नियमित महाधिवेशनका पक्षमा छन् ।
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै दावी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते…
काठमाण्डौ. । केही दिनअघि मात्र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को वरिष्ठ उपसभापति हुने गरी सहमतिपत्र हस्ताक्षर गरेका ऊर्जामन्त्री कुलमान घिसिङले आफू कुनै पनि पार्टीको सदस्य नरहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ुरास्वपामा आबद्ध भएपछि नागरिक सरकारमा बसिरहन मिल्छ कि मिल्दैनु भनेर सोधिएको प्रश्नमा उनले आफू कुनै पनि पार्टीको सदस्य छैनु भनेर झूटो बोलेका हुन्। पुस १४ गते राति रास्वपा सभापति रवि लामिछानेसँग गरिएको सातबुँदे सम्झौताको चौथो नम्बरमा कुलमानलाई उपसभापति बनाउने कुरा उल्लेख छ। ुराष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहने,ु उक्त बुँदामा भनिएको छ। उनी संरक्षक रहेको…
काठमाण्डौं । गृह मन्त्रालयले मंगलबार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ। तराई तथा मधेसका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सदभाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन मन्त्रालयले सर्कुलर जारी गरेको हो। मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका त्यसका गैरकानुनी क्रियाकलापमा लाग्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरू गर्न भनिएको छ। यस्तै, बुँदा नम्बर २ मा धार्मिक, सामाजिक, एवंम सांस्कृतिक सदभाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवाला सहितको समन्वय बैठक गर्न…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क