Author: Editor

काठमाण्डौं । जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी अभियन्ताहरूले काठमाण्डौको माईतीघरमा प्रदर्शन गरेका छन्। युवाहरूले आँखामा कालोपट्टी बाँधेर ‘प्रतिवेदन खै  ? ’, ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेन जी को आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो । सोमबार उनीहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। जेनजी अलायन्स मुभमेन्ट, नेपाल जेनजी फ्रन्ट र जेनजी सिभिक फोरमले संयुक्त रुपमा प्रदर्शन गरेको हो। जेनजी…

Read More

काठमाण्डौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन्। सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हितका विषयमा विचारविमर्श भएको थियो। पूर्वनिर्धारित कार्यक्रम बमोजिम नियमित भ्रमणका सिलसिलामा भोवेल नेतृत्वको टोली भारत, भुटान हुँदै आइतबार नेपाल आएको हो। उक्त टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्नेछ। उक्त टोली भोलि मङ्गलबार थाइल्याण्डतर्फ जाने भएको जनाइएको छ। लेफ्टिनेन्ट जनरल भोवेलको भ्रमणबाट नेपाल–अमेरिकाबिचको सम्बन्ध प्रगाढ हुनाका साथै मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा योगदान पुग्ने विश्वास लिइएको छ। रासस

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहोरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहोर व्यवस्थापन शुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापन शुरु गर्न थालेको छ। यसरी सुक्खा फोहर व्यवस्थापनको कार्य शुरु भएसँगै काठमाडौँ उपत्यकाबाट ल्याण्डफिल साइटमा दैनिक करिब ३।१९ मेट्रिक टन कम फोहर व्यवस्थापन हुन थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरतिा राईले जानकारी दिइन्। महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहोर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक ६ करोड आठ लाख ७२ हजारमा आय ठेक्का लगाएको उनले बताइन्। अहिले महानगरपालिका( ७, १२,…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा निर्माण भएको सवारी पार्किङ क्षेत्रलाई सञ्चालनमा ल्याइएको छ। फागुन १० गतेदेखि नै महानगरले धराहरा क्षेत्रका पार्किङको व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो। २०८२ फागुन ९ गतेको मन्त्रिपरिषद्को बैठकले धरहरा क्षेत्रको सवारी पार्किङ व्यवस्थापन र सञ्चालनको जिम्मेवारी काठमाडौं महानगरलाई दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पार्किङको जिम्मेवारी महानगरपालिकाको नगर प्रहरी बलले सम्हालेको हो। काठमाडौं महानगर प्रहरी बलका प्रमुखको विष्णुप्रसाद जोशीले सुरूआती चरणमा पार्किङ क्षेत्र पर्याप्त रूपमा व्यवस्थित नभएको बताए। महानगरले जिम्मेवारी लिएपछि आवश्यक सुरक्षा तथा पूर्वाधार सुधार गरेर पार्किङ क्षेत्र सञ्चालनमा ल्याएको उनले जानकारी दिए। उनकाअनुसार पार्किङ क्षेत्रमा पहिले अग्नि सुरक्षा उपकरणको अभाव थियो। पार्किङ…

Read More

काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेपछि प्रधानमन्त्रीको चौतर्फी आलोचना हुन थालेको छ । यअघि पनि श्रीमती आफन्तलाई नियुक्ति दिादाँ बिवादमा परेका श्रेष्ठलाई नै प्रधानमन्त्री कार्कीले नियुक्र गरेसँगै उनको आलोचना शुरु भएको हो । पूर्व शिक्षामन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेर कमाएको ऐतिहासिक इज्जत धुलोमा मिलाएको टिप्पणी गरेका छन् । हालै सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुनले प्रधानमन्त्रीले गरेको नियुक्तीप्रति असन्तुष्टि व्यक्त गर्दै श्रेष्ठलाई प्रधानमन्त्रीको प्रतिष्ठा जोगाउनका लागि भएपनि उक्त पद स्वीकार नगर्न…

Read More

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर, पार्टी राजनीतिमा भने सक्रिय हुने उनको भनाई छ । उनले संघर्षको राजनीति जारी राख्ने घोषणा गरेका छन् । उनले पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व भने प्रदान गर्ने घोषणा गरेका हुन् । उनले भने,‘दुई पटक व्यक्तिगत ईच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें। तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु।’ २०७९ सालको आमनिर्वाचन आफू नलड्ने तर पार्टी बनाएको संस्थापक अध्यक्षको हैसियतमा पार्टीलाई सफलतापूर्वक निर्वाचन पार गराइदिने विचार रहेको उनले स्मरण गराए । उनले भने,‘यसपछाडि मनमा अन्य कुनै लोभलालच…

Read More

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतले आइतबार सुनुवाइ नसकिएपछि यो रिटलाई हेर्दाहेर्दैमा राखेको छ। उक्त रिटमाथि आज पनि निरन्तर सुनुवाइ अगाडि बढाउने तयारी छ। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा आइतबार यो मुद्दाको सुनुवाइ भएको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले रविविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्दै आवश्यक प्रक्रियाका लागि सम्बन्धित जिल्लाका सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्। जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा फिर्ता ९अभियोग संशोधन० को…

Read More

काठमाण्डौं । सरकारले रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले गुल्मीका अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पद रिक्त हुन्छ। यसरी रिक्त हुने पदमध्ये तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने गरेका छन्। यसअघि वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए। उनको कार्यकाल फागुन २० गते सकिएको छ। कार्यकाल सकिनु केहीअघि उनले राजीनामा दिएका थिए। मन्त्रिपरिषदबाट सिफारिस भएका अर्याल राष्ट्रपतिबाट मनोनीत भएमा उनी आउँदो ६ वर्ष सांसद हुनेछन्। राष्ट्रिय सभाका सांसद मन्त्री हुन पाउँछन् तर…

Read More

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् । यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो । फेब्रुअरीको अन्तिमतिर अमेरिका–इजरायल र इरानबीच युद्ध सुरू भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रुका लागि विश्वकै सबैभन्दा व्यस्त हवाई अड्डा थियो । बीबीसीका अनुसार सन् २०२५ मा यहाँ झण्डै नौ करोड यात्रुले यात्रा गरेका थिए । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले आजदेखि पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य एकैपल्ट हालसम्मकै धेरै बढाएको हो । निगमका अनुसार नयाँ मूल्य आजैदेखि लागू हुनेगरी समायोजन गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ, डिजेल प्रतिलिटर ५४ रुपैयाँ तथा खाना पकाउने एलपि ग्यासमा २१६ रुपैयाँले वृद्धि भएको छ । तर, नेपालमा केही रुपैयाँ स्थिरीकरण कोषबाट व्यहोरिने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको हो । मूल्य वृद्धि भएसँगै अब एलपि ग्यास प्रतिसिलिन्डर…

Read More