Author: Editor

काठमाडौँ । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले यसअघि गरेको फैसलाको कपी झिकाउने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासले रेशम चौधरीलाई जन्मकैद गर्ने फैसलाको पूर्णपाठ मुद्दाको मिसिल साथमा राख्ने आदेश जारी गरेको हो । रेशमलाई माफी दिएको भोलिपल्ट अर्थात् २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकी थिइन् । उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाऊ आदेशसहित अग्राधिकार दिएको थियो…

Read More

वीरगञ्ज । पर्साको वीरगञ्जमा कर्फ्यू आदेश थप भइको छ। सोमबार साँझ प्रमुख जिल्ला अधिकारी भोला दाहालले एक सूचना जारी गर्दै चारकिल्ला तोक्दै वीरगञ्ज महानगरपालिकामा कायम कर्फ्यू आदेश मंगलबार बिहान ८ बजेसम्मका लागि थप भएको जानकारी दिएका हुन् । आइतबारदेखि वीरगञ्जमा जारी प्रदर्शनलाई रोकथाम गर्न जिल्ला सुरक्षा समितिले कर्फ्यू लगाउने निर्णय गरेको थियो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ( क )  बमोजिम महानगरपालिकाको पूर्व बाईपास रोड पश्चिम सिर्सिया पुल उत्तरः पावर हाउस चौक दक्षिण शंकराचार्य गेटमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ…

Read More

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकी छन्। अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको र निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्नैपर्ने भएकाले समाजका सबै पक्षलाई संयम, सहिष्णुता र सद्भाव कायम राख्न उनको आग्रह थियो। पूर्वसांसद मञ्चको एक प्रतिनिधिमण्डलसँग बालुवाटारमा सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले भनिन्, अहिले मुलुकको अवस्था निकै संवेदनशील छ। प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारीबोधका भूमिका खेल्नुपर्नेछ। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवार भूमिका आवश्यक छ। यसका लागि तपाईँहरुले पनि भूमिका खेलिदिनुहोस्। निर्वाचनका लागि सबै…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले विभिन्न षड्यन्त्र गरेर र घटना घटाएर चुनाव भाँड्ने काम नगर्न चेतावनी दिएका छन् । आज ( सोमबार )  आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब देशको निकास चुनावबाट मात्रै सम्भव रहेको बताएका हुन् । उनले पूराना राजनीतिक दलबाट निकास नआएको भन्दै अब तिनीहरुलाई प्रतिपक्षमा राखेर रास्वपालाई बहुमत दिन आग्रह गरे । ‘विभिन्न षड्यन्त्र गरेर चुनाव भाँड्ने, घटनाहरु घटाइदियो भने चुनाव सर्छ कि भन्ने काम नगर्नुहोला । चुनाव नै हो । चुनावबाट नै निकास दिने हो । जति पनि पुराना राजनीतिक दलहरु र माया गर्ने साथीहरुलाई म यहीँबाट बताउन…

Read More

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन खलबल्याउने गतिविधि नियन्त्रण गर्न सरकार र नागरिक समाजबीच हातेमालो जरुरी रहेको बताएका छन् । गृह मन्त्रालयमा आज नागरिक समाजका अगुवाहरूसँग भएको छलफलमा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका हुन् । भेटमा गृहमन्त्री अर्यालले नागरिक समाजका अगुवाहरूबाट समाजमा अहिले सामाजिक सञ्जालको माध्यमबाट फैलाउन खोजिएका विभिन्न खाले धार्मिक अतिवादी र सोचहरूलाई चिर्न तथा समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न नागरिक समाजको महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गरेको उनको सचिवालयले जनाएका छ । छलफलमा गृहमन्त्री…

Read More

काठमाडौं । अब सबै भन्सार कार्यालयमा अनलाइन मूल्यांकन डाटाबेस प्रणाली कार्यान्वयनमा आएको छ । अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हाले लगत्तै अनलाइन डाटाबेस प्रणाली कार्यान्वयन सुरु गरेका थिए । सुरुमा विराटनगर भन्सारबाट सुरु यो प्रणाली देशभरका सबै भन्सार कार्यालयमा सुरु गरिएको हो । यसको घोषणा पूर्वअर्थमन्त्री विष्णु पौडेलले नै गरेका थिए । तर, कार्यान्वयनमा आउन सकेको थिएन । अर्थमन्त्री खनालले भर्चुअल माध्यमबाट एकसाथ १८ भन्सार कार्यालयमा यस्तो प्रणाली सुरु गरेका हुन् । भन्सार व्यवस्थापन गोष्ठी उद्घाटन गर्दै अर्थमन्त्री खनालले लामो समयदेखि भन्सारमा जीएटीटी मूल्यांकन प्रणाली पूर्णरूपमा लागु भएको र अब सन्दर्भ मूल्यका सट्टा कारोबार मूल्यलाई लागु गरिएको बताए । उनले वस्तुको…

Read More

वीरगञ्ज । वीरगञ्जमा धार्मिक सद्भाव भड्किन नदिन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । धनुषामा मस्जिद तोडफोडको घटनालाई लिएर वीरगञ्जमा बिहानैदेखि हिन्दूवादी संगठनहरूले प्रदर्शन गरेका छन् । मुस्लिम र हिन्दू समुदाय एक(अर्काविरुद्ध प्रदर्शनमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि सभा, भेला तथा जुलुस प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो । सीडीओ भोला दाहालद्वारा जारी आदेशमा बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेटलाई निषेधित क्षेत्र तोकिएको छ । वीरगञ्ज महानगरपालिका क्षेत्र आज ९सोमबार० बिहानैदेखि फेरि तनावग्रस्त बनेको छ। विभिन्न हिन्दुवादी सङ्गठनहरूले बिहानैदेखि विरोध प्रदर्शन सुरु गरेपछि…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८१(०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता सविता भण्डारीले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

Read More

काठमाडौँ । तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । यो मुद्दा चार वर्षदेखि सर्वोच्चमा विचाराधीन रहेको छ । एमालेले आफ्ना सांसदसहितबाट बनेको नयाँ दलको वैधानिकतामा प्रश्न उठाउँदै रिट दायर गरेको थियो । एकीकृत समाजवादीका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले अध्यक्ष ओलीले २०७८ भदौ १७ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ओलीले रिटमा एमाले विभाजन गर्न तत्कालीन समयमा जारी भएको राजनीतिक दलसम्बन्धी…

Read More

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्लीमा आयोजना हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन आज साँझ त्यहाँ पुगेका छन् । नेपाली समाज भारतको आयोजनामा भोलि ९सोमबार० हुने उक्त कार्यक्रममा उनी सहभागी हुने दाहालको सचिवालयले जनाएको छ । नेपाली समुदायबिच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली समाजका महासचिव आरबी खड्काले जानकारी दिए । संयोजक दाहालले त्यस कार्यक्रममा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्ध, प्रवासी नेपालीका समस्या र अवसरका साथै एकता र सहकार्यबारे समसामयिक सन्देश प्रदान गर्ने सचिवालयले जनाएको छ । दाहाल सोमबार…

Read More