Author: Editor
काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागु गर्ने बताउनुभएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन ( आइओएम) द्वारा आयोजित पाँचौँ नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्टसम्बन्धी सम्मेलनमा मन्त्री यादवले सो कुरा बताउनुभएको हो । उहाँले सरकार २०७२ देखि लागु भएको ‘निःशुल्क भिसा र टिकट’ नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरवलोकन गर्ने प्रव्रिmया सुरु गरेको जानकारी दिनुुभयो । वैदेशिक रोजगार ऐन, २०६४ को संशोधित मसौदा पारित भएपछि कानुन पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्था गर्ने प्रस्ताव गरिएको पनि मन्त्री यादवले…
काठमाण्डौं । सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले सातामा दुई दिन बिदा कायमै रहने बताएका छन् । सातामा शनिबार र आइतबार बिदा हुँदै आएको छ। सरकारले पेट्रोलियम पदार्थ आपूर्तिमा असहजता भएको भन्दै आइतबार पनि बिदा दिन थालेको थियो। आज मन्त्रालयमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री पोखरेलले दुई दिन बिदा कायमै रहने बताए। ‘शैक्षिक संस्था र सरकारी कार्यालयमा सातामा दुई दिनका लागि दिइएको बिदाको पूर्ण उपयोग गर्नुहोस्। यस निर्णयमा पनि कुनै पुनः विचार हुँदैन,’ उनले भने। मन्त्री पोखरेलले चिकित्सक डा। गोविन्द केसीले चलाएका अभियानप्रति आफू विगतदेखि नै पक्षधर रहेको उल्लेख गर्दै उनीसँग अनौपचारिक संवाद भइरहेको बताए। उनले शैक्षिक परामर्श व्यवसायीका लागि…
काठमाण्डौं । सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाँललाई राजीनामा दिन दबाब दिइएको र अस्वीकार गरेमा महाभियोग लगाउने धम्की दिइएको भन्दै अन्तर्राष्ट्रिय मानव अधिकार संस्थाहरूले चिन्ता जनाएका छन् । एम्नेस्टी इन्टरनेशनल नेपाल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिसन अफ जुरिस्ट्स ( आईसीजे ) ले संयुक्त वक्तव्य जारी गर्दै उक्त चिन्ता व्यक्त गरेका हुन् । न्यायाधीशहरूलाई महाभियोग लगाएर निलम्बन गर्ने प्रयासले अदालतको कार्यप्रणाली र न्यायिक स्वतन्त्रतामा गम्भीर असर पुर्याउने उनीहरूको चिन्ता छ । जेनेभाबाट जारी संयुक्त वक्तव्यका अनुसार नेपाल सरकारले पछिल्लो समय न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी विभिन्न कार्यहरू गरिरहेको छ । विशेषगरी संसद्लाई छलेर २०८३…
चितवन । जिल्ला भूमि समस्या समाधान समिति चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा ९लालपुर्जा० वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेको भूमि मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ। यसैबीच आजै झापाको कनकाई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी पाँच परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा ( लालपुर्जा ) वितरण गरिएको छ। सरकारले देशका विभिन्न ठाउँमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा…
बारा । आम जनता पार्टी ९आजपा०का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रासायनिक मलको अभाव समाधान गर्न नसकेको भन्दै कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको राजीनामा माग गरेका छन्। आम किसान मोर्चाले शुक्रबार बाराको कलैयामा आयोजना गरेको ‘मलखादको हाहाकार स् आपूर्तिमा असफल सरकार’ कार्यक्रममा बोल्दै उनले धान रोपाइँको मुख्य समयमा पनि किसानले पर्याप्त मल नपाउनु सरकारको असफलता भएको बताए । कृषिप्रधान देशमा धान रोपाइँको समयमा किसानले मल पाएका छैनन्। किसानलाई मल उपलब्ध गराउन नसक्ने मन्त्रीलाई पदमा बस्ने नैतिक अधिकार छैन। असफल कृषि मन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,ु साहले भने। उनले दुईतिहाइ बहुमतको सरकार भए पनि किसानले सरकार भएको अनुभूति गर्न नसकेको दाबी…
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारविरुद्ध संसद्, सडक र निर्वाचनमार्फत सशक्त संघर्ष गर्न वामपन्थी तथा लोकतान्त्रिक शक्तिलाई आह्वान गरेका छन्। शुक्रबार काठमाडौंमा ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारलाई “चारैतिरबाट घेरा हाल्ने” रणनीति अपनाउनुपर्ने बताएका हुन्। दाहालले सरकारले गरिब, मजदुर, किसान तथा उत्पीडित समुदायका अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसविरुद्ध जनतालाई संगठित र आन्दोलित गर्नुपर्ने आवश्यकता औँल्याए। उनले संसद्, सडक र आगामी निर्वाचनलाई संघर्षका मुख्य माध्यमका रूपमा उल्लेख गर्दै आफूहरू आफ्नै शैलीमा राजनीतिक लडाइँ लड्ने बताए। राष्ट्रिय स्वाधीनताको रक्षा गर्न…
काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ४७ बमोजिम निजी मेडिकल कलेजहरूलाई गैर–नाफामूलक र सेवामूलक बनाउने कानुनी व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रतिनिधिसभाअन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ध्यानाकर्षण पत्र दर्ता गरिएको छ। सत्तारुढ दल रास्वपाकी सांसद डा.तोसिमा कार्कीले २०८३ साउन ८ गते समितिका सभापतिसमक्ष औपचारिक पत्र बुझाउँदै ऐन लागू भएको ७ वर्ष बितिसक्दा पनि रूपान्तरणको स्पष्ट रोडम्याप वा कार्यविधि नबनेकोमा चिन्ता व्यक्त गरेकी छिन् । ऐन अनुसार २०८५ फागुन १० गतेभित्र शिक्षण संस्थाहरू अनिवार्य रूपमा गैर–नाफामूलक भइसक्नुपर्ने बाध्यता रहेकाले अब बाँकी रहेको २ वर्ष ७ महिनाको समयभित्र काम सक्न शिक्षामन्त्री र स्वास्थ्य मन्त्रीलाई बोलाएर आकस्मिक बैठक…
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीको सचिवालयमा २७ जना नियुक्त गरिएको जानकारी दिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलिया ( उर्मिला ) ले प्रतिनिधि सभा नियमावलीअनुसार सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री कार्यालयले सचिवालयमा भएका नियुक्तिबारे विवरण सार्वजनिक गरेको हो। कार्यालयका अनुसार प्रधानमन्त्रीले मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्रीसरहको सेवा–सुविधा पाउने गरी नियुक्त गरेका छन्। त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सेवा–सुविधा प्रदान गरिएको छ। प्रधानमन्त्रीको सचिवालयमा एक जना अवैतनिक स्वास्थ्य सल्लाहकारसमेत नियुक्त भएका छन्। प्रचलित व्यवस्थाअनुसार प्रधानमन्त्रीको सचिवालयमा अधिकतम ४८ जनासम्म…
झापा । ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झरेका ७२ वर्षीय जहरमान लिम्बूको एउटै सपना थियो ,आफ्नै स्वामित्वमा एक टुक्रा जमिन। आफूले उपयोग गरेको भूमिको लालपुर्जा नहुँदा जहरमानको मनमा पनि वर्षौँदेखि एउटै चिन्ता थियो, कुन दिन सरकारले उठिबास लगाउँछ। बिहीबार अर्जुनधारा नगरपालिकामा आयोजित कार्यक्रममा उनलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिँदा उहाँका आँखा रसाए। ‘ढिलै भए पनि पुर्जा पाइयो,’ उनले भावुक हुँदै भने। जहरमान मात्रै होइन, अर्जुनधारा–११ लक्ष्मीधापकी सपना सिवा दर्जी र उमादेवी तामाङको खुसी पनि उस्तै थियो। जहरमान, सपना र उमादेवीसहित अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले बिहीबार जिल्ला भूमि समस्या समाधान समिति झापाबाट जग्गाधनी प्रमाणपत्र प्राप्त गरेका…
दिल्ली । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि अनशन अन्त्य गरेका छन्। उनले केन्द्रीय मन्त्री जेपी नड्डा र डाक्टर जितेन्द्र सिंहका साथै लेह–लद्दाख एपेक्स बडीका वरिष्ठ नेताहरूको उपस्थितिमा आफूले अनशन तोडेका हुन्। उनले यो जानकारी सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् । उनका अनुसार लामो छलफल, केही सर्तमा भएको सहमति तथा देशमा सम्भावित हिंसाको जोखिमलाई ध्यानमा राख्दै अनशन अन्त्य गर्ने निर्णय गरिएको हो। यसअघि विभिन्न राजनीतिक दलका ६५ जना सांसदहरूले उनलाई पत्र लेखेर अनशन अन्त्य गर्न आग्रह गरेका थिए। उनले एक्समा लेखेका छन्, ‘सर्तहरूबारे म चाँडै नै छुट्टै भिडियोमार्फत विस्तृत जानकारी दिनेछु। त्यसबेलासम्म म सबैसँग जहाँसुकै कुनै पनि प्रकारको हिंसा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क