Author: Editor
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पुराना तथा निष्ठावान् नेता गोपालमान श्रेष्ठलाई ‘वरिष्ठ नेता’ बनाएको छ। सभापति गगन थापाले आगामी १२ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गराउने गरी श्रेष्ठलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेका हुन्। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका पूर्वउपसभापति श्रेष्ठ हाल अस्वस्थ भई उपचाररत छन्। पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याभएको ऐतिहासिक योगदानको कदर गर्दै सभापति थापाले यो निर्णय लिएका हुन्। पूर्वउपसभापति श्रेष्ठलाई पार्टीको माथिल्लो मर्यादामा राख्ने यो निर्णयलाई कांग्रेसभित्र अग्रज नेताहरूप्रतिको सम्मान र आन्तरिक एकता सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।
काठमाडौं । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिका निजी जीवनसँग सम्बन्धित विषयमा भ्रम फैलाएको र लाञ्छना लगाएको आरोपमा आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ परेकी छन् । केसीलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । साइबर ब्युरोका प्रवक्ता एसपी दिलिप गिरीका अनुसार उनलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट १ दिनको म्याद थप भएको छ । वेदिकाले केही दिनयता सामाजिक सञ्जालबाट राधिका दासीमाथि व्यक्तिगतस्तरमा गम्भीर आरोपहरू लगाउँदै आएकी छन् । बिनाप्रमाण आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै राधिकाले उजुरी दिएकी थिइन् ।
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक गुटबन्दी र तिक्तता बीपी स्मृति दिवसका अवसरमा पुनः छताछुल्ल भएको छ। पार्टीको इतर पक्षले हिजो आयोजना गरेको छुट्टै कार्यक्रममा नेताहरूले सभापति गगन थापामाथि तीव्र आलोचना गरेपछि थापाले त्यसको जवाफ व्यङ्ग्यात्मक शैलीमा फर्काएका छन्। काठमाडौँमा आयोजित बीपी स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले बीपी स्मृतिको सन्दर्भलाई आफूविरुद्धको ‘निन्दा प्रतियोगिता’का रूपमा प्रयोग गरिएको टिप्पणी गरे। इतर समूहका शीर्ष नेताहरूले छुट्टै आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्ने अधिकांश वक्ताहरूले बीपीको आदर्श र वर्तमान नेतृत्वको कार्यशैलीलाई जोडेर सभापति थापाको कडा आलोचना गरेका थिए। आफूलाई टार्गेट गरेर जोडदार आलोचना गरिए पनि थापाले पार्टीभित्रका अग्रज र सहकर्मीहरूप्रति सम्मान कायम राख्नकै लागि…
काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयमा सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलविरूद्ध नाराबाजी गरी प्रदर्शन गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार विश्वविद्यालयको ६७ औं वार्षिक दिवसको अवसरमा मन्त्री पोखरेल कार्यक्रममा सहभागी हुन कीर्तिपुर पुगेका थिए। त्यही कार्यक्रमस्थल बाहिर मन्त्री पोखरेलविरूद्ध नाराबाजी गरेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। प्रदर्शनमा संलग्न युवाहरूले नेपो बेबी मुर्दावाद, मेरिटोक्रेसी लागू गर जस्ता नारा लगाएका थिए।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बिहीबार बिहान बसेको बैठकले अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । नेकपा र नपोली काँग्रेसका १६ जना सांसदहरूले यस अघि नै प्रदेश सभामा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गराई सकेको छ। आफ्नो पूर्ववत् सहमति अनुसार नै कँडेलविरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने दलले आधिकारिक निर्णय गरेको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए । ‘यसअघि नै हामीले उहाँमाथि अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छौँ । अब निर्णय परिवर्तन गर्ने कुरा हुँदैन’, उनले…
रामेछाप । नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस बिहीबार उनको जन्मथलो रामेछापको भँगेरीमा पुष्पलालप्रति श्रद्धा व्यक्त गर्दै मनाइएको छ । नेकपा एमाले रामेछापको आयोजनामा भएको कार्यक्रममा भँगेरीमा रहेको शहीद गंगालाल र नेकपाका संस्थापक महासचिव पुष्पलालको सालिकामा पुष्पगुच्छा चढाएर स्मृति दिवस मनाइएको एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए । कार्यक्रम नेकपा एमाले रामेछापका कार्यवाहक अध्यक्ष होतराज ढकालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै ढुङ्गेलले पुष्पलाल दूरदर्शी नेता भएको बताए । उनले नेपालमा लोकतन्त्र स्थापनाको लागि कम्युनिष्ट र कांग्रेस मिल्नुपर्छ भन्ने पुष्पलालको दृष्टिकोणकै…
काठमाण्डौं । अमेरिका र साउदी अरबबीच आणविक सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बुधबार साउदी अरबसँग नागरिक प्रयोजनका लागि आणविक ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको घोषणा गरेको हो। यो सम्झौताले अब साउदी अरबलाई आफ्नै आणविक रियाक्टरका लागि इन्धन उत्पादन गर्न सक्ने बाटो खोल्न सक्नेछ। अमेरिकी ऊर्जा मन्त्री क्रिस राइट र साउदीका ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले नागरिक आणविक ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्। दुवै पक्षले आणविक सुरक्षा मापदण्डसम्बन्धी द्विपक्षीय सम्झौतामा पनि हस्ताक्षर गरेका छन्। सम्झौताले आणविक सुरक्षा र प्रसार रोकथामका उच्चतम मापदण्ड कायम राख्ने राइटले बताएका छन्। अमेरिकी प्रविधि र वैज्ञानिकहरूको सहयोगमा साउदीको नागरिक आणविक कार्यक्रम अघि…
काठमाण्डौं । प्रहरीले आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास क्षेत्रबाट २ महिलालाई नियन्त्रणमा लिएको छ। विरोध प्रदर्शन गर्न प्रधानमन्त्री निवास क्षेत्रमा पुगेका निहारिका राजपुत र बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्र तोडेकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। घरेलु हिंसामा परेको र अदालतमा विचाराधीन मुद्दा छिटो सुनुवाइ हुनुपर्ने माग गर्दै निहारिका र बिनुले केही दिनदेखि आन्दोलन गरिरहेका छन्।
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सह(संयोजक माधव कुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । एक सन्देश जारी गर्दै नेता नेपालले पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान आजको समयमा पनि उत्तिकै सान्दर्भिक, प्रेरणादायी र मार्गदर्शक रहेको बताए । विज्ञप्तिमा भनिएको छ, वि.सं. २०३५ साल साउन ७ गते उहाँ भौतिक रूपमा हामीबाट बिदा भए पनि नेपाली कम्युनिष्ट आन्दोलनमा उहाँले दिनुभएको योगदान अमूल्य छ । नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि उहाँले प्रारम्भ गर्नुभएको संघर्षको यात्रा निरन्तर अघि बढिरहेको छ र यसले महत्वपूर्ण उपलब्धिहरू…
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् । पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रान्ति विरुद्ध नयाँ अभियान चलाउन संकल्पको रुपमा लिनुपर्ने बताएका हुन् । ‘देशमा जुन प्रति क्रान्तिको हावा चलिराखेको छ । जसले गणतन्त्रका उपलब्धिमाथि या कमरेड पुष्पलालको शिक्षा अनुसार भएका परिवर्तनमाथि हमला गरेको छ । त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने संकल्पको दिनको रुपमा रहेको छ’, उनले भने, ‘वैचारिक र राजनीतिक रुपमा पुष्पलालले विचार निमार्णमा धेरै मेहनत गर्नुभएको छ । सामन्तवाद र साम्राज्यवादको विरुद्ध वैचारिक हतियार निर्माणको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क