Author: Editor
काठमाण्डौं । गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै प्रदेश सभामा फिर्ता पठाएका हुन्। गण्डकी प्रदेशमा प्रमाणीकरणका लागि प्रदेश प्रमुखकोमा पठाइएको विधेयक फिर्ता भएको सम्भवतः पहिलो घटना हो। गण्डकी प्रदेश सभाले गत असार २६ गते औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो। सर्वसम्मत पारित सो विधेयक प्रमाणीकरणका लागि असार ३० गते प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो। विधेयक अध्ययनपछि प्रदेश प्रमुख भट्टले नेपालको संविधान र सङ्घीय कानुनसँग मेल नखाएको भन्दै शुक्रबार फिर्ता पठाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण…
कैलाली । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा. गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँगको समन्वयमा वार्ता तथा संवादमार्फत समाधान खोज्ने उद्देश्यले उनी आज धनगढी पुगेका थिए । सचिव पौडेलले आजै डा. केसीसँग उपचाररत सेती प्रादेशिक अस्पतालमा पुगेर भेटघाट गरेका थिए । त्यस क्रममा डा केसी र त्यसपछि उनका सहयोगीसँग अनौपचारिक संवाद गरी धारणा बुझिएको र आइतबार उनले उठाएका मागबारे औपचारिक संवाद हुने सचिव पौडेलले जानकारी दिए । “आज डा केसी र उहाँका सहयोगीसँग संवाद भएको छ । उहाँको धारणा र स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छौँ । आइतबार प्रधानमन्त्रीका…
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा बोल्दै राजीनामा दिएको घोषणा गरेका हुन्। मुख्यमन्त्री कँडेलविरुद्ध कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। कँडेल एमालेबाट मुख्यमन्त्री बनेका हुन्। एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डबीच सत्ता सहकार्य सहमतिको लागि छलफल चलिरहेको बेलामा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।आजै ओली र प्रचण्डबिच ३ बुदे सहमती भए अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमती भएको छ ।
काठमाडौँ । आर्थिक कूटनीतिलाई सघन रूपमा सञ्चालन गर्न सरकारले हालसम्म २० देशसँग ‘देश केन्द्रित रणनीति’ तयार गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै यसका लागि सम्बद्ध निकायसँग समन्वय गर्दै आएको छ । उनका अनुसार आर्थिक कूटनीतिलाई थप सशक्त बनाउन सबै नेपाली नियोगमा ‘फोकल प्वाइन्ट’ तोक्ने कार्यसमेत अगाडि बढाइएको छ । गत असार २६ पछि विकास भएका घटनाक्रम तथा मन्त्रालयका प्रमुख कार्य सम्पादनसम्बन्धी जानकारी दिँदै प्रवक्ता पौडेलले आर्थिक कूटनीतिसम्बन्धी कार्यक्रम निर्देशिका, २०७१ लाई समयसापेक्ष सुधार गर्ने कार्य भइरहेको बताए । यस्तै, नेपाल–अष्ट्रेलिया द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौँमा सम्पन्न भएको छ ।…
काठमाडौं । नेकपा एमाले र नेकपाबीच सातै प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ। आज एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। संयुक्त सरकारमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्ने र कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिस्ट पार्टीले गर्ने सहमति भएको छ। मधेश र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय सहमति पत्रमा उल्लेख छ। यसअघि नेकपा बनाउने बेलाका मुख्य साक्षी एमालेका विष्णुप्रसाद पौडेल र नेकपाका वर्षमान पुन यो हस्ताक्षरमा साक्षी देखिएका छन् । प्रचण्डले श्रीलंका जानुअघि…
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका –५ स्थित पुलु बजारमा पहिरोले घर पुरिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ। स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आएका छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र तीन वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा पहिरोले घर पुरेको थियो । गए राति ढुङ्गासहित आएको पहिरोमा परेर तीन वर्षीय रमेशको मृत्यु भएको प्रहरीले जनाएको छ । बुवा(आमा जगनाथ र सृजनालाई पनि सामान्य चोट लागेको छ। उनीहरूले पुलु स्वास्थ्य चौकीमा उपचार गराइरहेका छन् । पहिरोमा पुरिएका बालक रमेशलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी…
धनगढी । २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा। गोविन्द केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगिएको छ । केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि त्यहाँबाट अस्पताल लगिएको हो । धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं. कोठामा अनशनरत केसीको शनिबार बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले परीक्षण गरेका थिए । परीक्षणका क्रममा डा. केसीको रक्तचाप ११०/ ९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको थियो । सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन् । चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए । सोही…
रसुवा । सडकको एकछेउ त्रिशूली सुसाइरहन्छ। अर्कोपट्टि अजङ्गको भीर छ। त्यही भीरबाट उर्लिन्छ– भाङ्गे झरना। नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केही बेर अड्याउँछ। पानीको बहाव बढेसँगै उत्तरगया गाउँपालिका–२ स्थित झरनाको चमक यतिबेला झनै बढेको छ। सडकसँगै रहेको र सहज पहुँचका कारण नुवाकोट, काठमाडौँ, धादिङलगायत विभिन्न स्थानबाट पर्यटक भाङ्गे झरनाको अवलोकन गर्न पुग्ने गरेका छन्। यो झरना चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्डमा पर्छ। यो झरनाको उचाइ १ सय ८१ मिटर छ। ०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो। सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदी बताउँछन्। दैनिक ३ देखि सय जनाको हाराहारीमा पर्यटक झरना हेर्न…
काठमाडौँ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ, चतुव्र्युह नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो छ । भगवान् विष्णुलाई पूजा आराधनासहित दर्शन गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो बढेको हो । आजका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वास छ । उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज र हरि बोधिनी एकादशीमा एकैदिन पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढाटाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर…
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि सङ्कट आएको बताएका छन् । आज नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । संयोजक दाहालले अहिले कम्युनिस्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिस्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । कम्युनिस्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको बताए । देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी रहेको उनले बताए । संयोजक दाहालले देशमा निरङ्कुश…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क