Author: Editor
काठमाण्डौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफ्ना सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गर्दै परिवार र आफन्तहरूलाई स्वकीय सचिव नराख्न भनेको छ। रास्वपाले स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्ड भन्दै पठाएको निर्देशनमा नातावाद र परिवारवादको पूर्ण निषेध भनिएको छ। ‘नातावाद र परिवारवादको पूर्ण निषेध( स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ,’ रास्वपा महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार जारी गरेको निर्देशनमा उल्लेख छ, ‘यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।’ सरकारले हालै सांसदहरूका लागि स्वकीय सचिव सुविधा दिने निर्णय गरी राजपत्रमा प्रकाशनसमेत गरिसकेको छ।
जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख हेक्टरभन्दा बढी क्षेत्रमा भएको रोपाइँ हो । मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन ७ गतेसम्म प्रदेशकोे तीन लाख ५८० हेक्टरमा धान रोपाइँ भएको हो । सबैभन्दा बढी सिरहामा ९४ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ५५ रोपाइँ भएको छ । यस वर्ष पर्याप्त वर्षा भएकाले उत्साहका साथ किसान रोपाइँमा जुटेका छन् । किसानले यस वर्ष उन्नत जातका धानका बिउ प्रयोग गर्नुका साथै रासायनिक र प्राङ्गारिक मलको व्यवस्थापनमा पनि ध्यान दिएका निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले बताए । यसैबीच, केही स्थानमा सिँचाइ पूर्वाधार र…
काठमाण्डौं । सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३र८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ। सो समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ। विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ। बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ। समितिको बैठक अपराह्न २ः३० मा बस्नेछ।
काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी ( बेटिङ ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ। सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमै अनलाइन सट्टेबाजी र ठगी ९स्क्यामिङ० रोकथामको विषय समेटेको थियो। कार्यसूचीको ४२ औँ बुँदामा भनिएको छ, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने।’ सोही निर्णयअनुसार त्यतिखेर नेपालमा सञ्चालित सबै सट्टेबाजी वेबसाइट बन्द गरिएको थियो। यस्ता वेबसाइट बन्द भएपछि पनि नयाँ नाममा खुल्ने क्रम जारी रहन्छ। यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता…
काठमाण्डौं। नेपाली बजारमा स्मार्टफोनको माग झन् महँगा र प्रिमियम मोडलतर्फ सर्दै गएको देखिएको छ। गत आर्थिक वर्ष २०८२र८३ मा नेपालले ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरका २२ लाख ६७ हजार ४ सय १९ थान स्मार्टफोन आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा स्मार्टफोन आयातको संख्या सामान्य मात्र बढे पनि आयात मूल्य भने उल्लेख्य रूपमा बढेको छ। स्मार्टफोन आयातबाट सरकारले गत आर्थिक वर्षमा ९ अर्ब ८ करोड २३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१र८२ मा २१ लाख ८४ हजार ६ सय ९४ थान स्मार्टफोन आयात हुँदा ३५ अर्ब ५४ करोड ७३…
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा पुगेको छ । सभापतिमा गगनकुमार थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितले पुनरवलोकन निवेदन दिएका हुन् । उक्त निवेदन अब ३ न्यायाधीशको इजलासमा पेसी तोकिन्छ । तीन न्यायाधीशको इजलासले निस्सा दिएमा अघि बढ्छ भने नदिएमा टुङ्गो लाग्ने छ । महाधिवेशन नजिकिँदै गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बुधबार दिएको पुनरवलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । गत वैशाख ४ मा सर्वोच्चले थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला गरेको थियो । उक्त निर्णय त्रुटिपूर्ण भएको दाबी गर्दै शेरबहादुर देउवा…
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा ओसार पसार सम्बन्धी व्यवस्था परिमार्जन गर्दै नेपालमा २०० र ५०० दरका भारतीय रुपैयाँ ९भारु० नोट प्रयोग गर्न सकिने व्यवस्था स्पष्ट गरेको छ। राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था अनुसार भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार भारतीय रुपैयाँसम्मका प्रचलनमा रहेका २०० र ५०० दरका नोट नेपालमा ल्याउन, लैजान तथा सटही गर्न सक्नेछन्। यद्यपि सन् २०१६ नोभेम्बर ९ भन्दा अघि जारी भएका ५०० र १००० दरका भारतीय नोट भने प्रतिबन्धित नै रहनेछन्। यस्तै, भारतीय नागरिकबाहेक अन्य विदेशी तथा नेपाली नागरिकले प्रतिव्यक्ति ५ हजार अमेरिकी डलरसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी…
काठमाडौँ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनै पनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने स्पष्ट पारेका छन्। बिहीवार आन्तरिक राजस्व विभागमा आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अर्थमन्त्री वाग्लेले वर्तमान सरकार र प्रधानमन्त्री स्वयंले नतिजामुखी कार्यशैलीलाई प्राथमिकता दिएको उल्लेख गर्दै व्यक्तिगत चिनजान वा पहुँचका आधारमा नभई क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए। प्रधानमन्त्री बालेन्द्र साहले आफूलाई पात्रभन्दा पनि कामको प्रकृति र नतिजाको सरोकार रहेको बताएको अर्थमन्त्री वाग्लेले जानकारी दिए। प्रधानमन्त्रीले विधिपूर्वक काम गर्न र नतिजा देखाउन निर्देशन दिएको उल्लेख गरे। सरुवा र बढुवाका लागि राजनीतिक दल वा शक्ति केन्द्रको…
काठमाण्डौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारततर्फ गएका छन्। भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा शर्मा बिहीबार एयर इन्डियामार्फत भारततर्फ गएको प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। शुक्रबार उनले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय व्यापार कानुन सम्बन्धी आयोगको ६० औं वर्ष पुगेको अवसरमा आयोजना गरिएको सम्मेलनमा सहभागी हुनेछन्। नयाँ दिल्लीमा रहेको सर्वोच्च अदालतको प्रशासकीय भवनमा हुनेछ। उनले भारतको सर्वोच्च अदालतको समेत अवलोकन गर्ने कार्यक्रम छ। यही कार्यक्रममा भारतका कानुन तथा न्याय मन्त्री अर्जुन राम मेघवाल, विदेश मन्त्री एस जयशंकर र प्रधानन्यायाधीश सूर्य कान्तले मन्तव्य राख्नेछन्। कार्यक्रम आइतबार ( साउन १० गते ) सम्पन्न हुनेछ। प्रधानन्यायाधीशकी पत्नी उमा शर्मा र स्वकीय सचिव…
सर्लाही । मधेस प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सर्लाहीको बागमती नगरपालिकाबाट २०७८ मंसिर २६ गते प्रकाशित ठेक्का प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। पूर्वमन्त्री साहसहित मधेसका अर्थमन्त्रालयका पूर्वसचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, प्रदेश अर्थमन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज न्यौपाने, बिकोई धुलिखेल जेभी र उक्त कम्पनीका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई प्रतिवादी बनाइएको छ। मन्त्री, सचिवलाई ३५र३५ करोड बिगो दाबी गरिएको छ। मेयर, उपमेयर, प्रशासकीय अधिकृत र निर्माण कम्पनीलाई ३९ करोड, ३९ लाख ६६ हजार ३३३…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क