Author: Editor

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु ५० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्‍यापिड याक्सन टिम ९र्‍याट० मार्फत सक्रिय परिचालन गर्ने निर्णय गरेको छ । रास्वपा सचिवालयको आज बसेको बैठकले विपद्का कारण प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासीलगायत जिल्लाका नागरिकको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकता दिँदै छ बुँदे निर्णय गरेको हो । पार्टीले बेपत्ता तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, सुरक्षित बासस्थान, खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था गर्न सरकारसँग आग्रह…

Read More

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ। नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ। नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ। धादिङमा ११ महिला, ५ पुरुष, २ ९पहिचान नखुलेको० गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। गोरखामा एक महिला, ४ पुरुष र एक बालक र १० जना ९पहिचान नखुलेको०को शव फेला…

Read More

काठमाण्डौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले बाढीका कारण ज्यान गुमाएकाहरूलाई नेपाल सरकार र व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु। आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिले सिंगो देशलाई नै स्तब्ध र मर्माहत बनाएको छ। प्राकृतिक विपदको यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ। उनले उद्धार, उपचार, खोजतलास तथा राहत कार्यलाई सरकारले…

Read More

काठमाडौँ। बाढीबाट उत्पन्न परिस्थितिका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ । बिहीबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । बुधबार चीनतर्फबाट आएको बाढीबाट उत्पन्न विपद्को अवस्थामा सरकारका साथै प्रतिनिधि सभाका सदस्यहरू समेत राहत तथा उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ( ३ )  बमोजिम सभामुखको निर्देशानुसार बैठक स्थगित गरिएको महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ । बाढीबाट रसुवा, नुवाकोट र धादिङका त्रिशुली नदीका तटीय क्षेत्रमा व्यापक क्षति भएको छ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । भोलि बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले बताए । बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुनेछ।

Read More

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट बगेर चितवनसम्म आइपुगेका ४८ जना मानिसको शव चितवनको सुरक्षा निकायले भेटेको जनाएको छ । चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार आज चितवनको सिमानाभित्र पर्ने त्रिशूली नदी र नारायणी नदीमा खटिएका सुरक्षाकर्मीले ४८ जनाको शव बाहिर निकालेको हो । एसपी पौडेलका अनुसार आज बाढी त्रिशूली नदी हुँदै नारायणीमा आइपुगेपछि हराइरहेका व्यक्तिहरुको खोजी तथा उद्दारमा प्रहरी प्रशासन तयार थियो । जसले देवघाट भन्दा माथि र तल नारायणी नदीबाट ४८ जना मानिसको शव बाहिर निकालेको हो । आज नदीमा बाढीको बहाब धेरै छ । त्यसैले बेलुका भएपछि खोजी कार्य रोकिएको छ । भोलि बिहान उज्यालो…

Read More

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

Read More

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्। बुधवार बिहान ९ बजे भोटेकोशीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो व्यक्त गरेसँगै सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफलमा यस्तो सहमति जुटेको हो। छलफलपछि नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपद्को यस घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर जनताको जिउधनको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिए। नेता आङदेम्बेकाअनुसार बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि हालसम्म आठवटा हेलिकप्टर परिचालन गरिसकिएको छ। उद्धार कार्यलाई तीव्रता दिन नुवाकोटको धुन्चे र त्रिशूलीमा रहेका हेलिप्याडहरूलाई पूर्ण रूपमा प्रयोगमा ल्याइएको…

Read More

रसुवा । रसुवामा आएको भीषण बाढीको प्रभाव नुवाकोटमा समेत परेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख एवं एसपी विपिन रेग्मीका अनुसार बाढीले बेत्रावती बजार पुरै ध्वस्त पारेको हो । बाढीले केही पूलहरू समेत बगाएको उनले जानकारी दिए । एसपी रेग्मीका अनुसार नुवाकोट कारागारभित्र समेत पानी पसेको छ । कारागार जाने बाढो बाढीले बगाएपछि अहिले कैदीबन्दी सार्ने विषयमा छलफल चलिरहेको छ । उनले लोकान्तरसँग भने,‘बाढीले वितण्डा मच्चाएको छ, पुलहरू बगाएका छन्, बेत्राबती बजार पुरै बगाएको छ। हामी खोज तथा उद्धारमा जुटिरहेका छौँ ।’

Read More

काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका सम्बन्धमा सरकारले हालसम्म चारवटा काम र तयारी गरेको छ । गृह म्नत्री सुधन गुरुङ्गले मनत्रालयमा सरोकारवाला पक्षलाई बोलाएर छmलफल गरी ततकाल उद्धारमा जुट्न आग्रह समेत गरेका छन् । १.  उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन । २. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय । ३. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सिडिओलाई निर्देशन । ४. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यी चार काम र तयारी भएको जनाएको हो । साथै, भोटेकोशी नदीमा बाढी आएका…

Read More