Author: Editor
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा उद्धार र राहतमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै सभापति लामिछानेले प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै संयमित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका हुन् । लामिछानेले पार्टीको स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण सदस्यहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी स्वयंसेवी कार्यमा सहभागी हुन आह्वान गरेका छन् । उनले भनेका छन्, ‘विपद्को यस घडीमा हामी सबैको एउटै प्राथमिकता हो(नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग ।’ बाढी…
काठमाडौं । गृहमन्त्री सुधन गुरूङले भोटेकोशी नदीमा आएको बाढीको असर पृथ्वी राजमार्ग, गल्छी(नुवाकोट(रसुवा(स्याफ्रुबेंसी सडक, मुग्लिङ(नारायणगढ सडकमा पूर्ण रूपमा आवतजावत रोक लगाउन अनुरोध गरेका छन् । मन्त्री गुरूङले आपत्कालीन सार्वजनिक सूचना जारी गरेका छन् । उनले केही परेमा टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशूली नदीको तटिय क्षेत्र ९मुग्लिनसम्म० उच्च सतर्कता अपनाउनु अनुरोध गरेका छन् । उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा…
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीपंक्तिलाई स्थानीय प्रशासनसँग समन्वय गरेर बाढी प्रभावित क्षेत्रमा तत्काल उद्दार, राहत र मानवीय सेवामा जुट्न निर्देशन दिएका छन् । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट ठूलो बाढी आएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीपंक्तिलाई उद्दार, राहत र मानवीय सेवामा जुट्न निर्देशन दिएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका सम्पूर्ण पार्टीपंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्दार, राहत र मानवीय सेवामा जुट्न तथा स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गर्दछु,’ प्रचण्डले भनेका छन् । विपद्को घडीमा नागरिकको जीवनरक्षा पहिलो दायित्व भएको भन्दै उनले संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज र आमनागरिक सबै…
काठमाण्डौं । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ । साथै जोखिमयुक्त क्षेत्र ( तल्लो तटीय क्षेत्र ) का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ । साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह समेत गरिरहेको छ । बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन आग्रह समेत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएलगत्तै सरोकारवाला निकायहरुले आफ्ना संयन्त्रहरु परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन् ।…
रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक ठूलो बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले उद्धार, राहत तथा प्रभावित क्षेत्रका बासिन्दाको सुरक्षाका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री शाहको निर्देशनपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको छ। प्रभावित क्षेत्रको आवश्यकताअनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाइसकिएको जनाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई समेत सक्रिय बनाइएको छ। मेडिकल टोली, नेपाल स्काउट, रेडक्रसलगायतका संस्थासँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन भनिएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी पठाउने प्रक्रिया पनि अघि बढाइएको छ। प्रधानमन्त्री शाहले तल्लो…
रसुवा । रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट अचानक ठुलो बाढी प्रवेश गरेको बाढी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले बताएका छन्। उनका अनुसार बाढी नुवाकोट सदरमुकाम विदुरभन्दा केही तलसम्म पुगिसकेको छ। पराजुलीका अनुसार भोटेकोसीमा आएको बाढीले माथिल्लो क्षेत्रमा ठुलो क्षति गरेको सूचना आएको छ। यसको असर मुग्लिनसम्म पर्न सक्ने आकलन गर्दै नुवाकोट, धादिङ र चितवनका त्रिशुली नदी तटीय क्षेत्रलाई अति उच्च जोखिममा राखिएको उनले बताए। उनले त्रिशुली नदीसँग जोडिएका तादी, बुढीगण्डकीलगायत अन्य नदी तथा खोलामा समेत ‘ब्याक वाटर’को असर पर्न सक्ने भएकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरे। नदी तटीय क्षेत्रमा रहेका घर तथा बस्तीका बासिन्दालाई सुरक्षित…
काठमाडौं। नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत बुधबार अस्ट्रेलियन क्यापिटल टेरिटोरी ( एसीटी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ। खेल डार्विनस्थित मारारा क्रिकेट ग्राउन्डमा दिउँसो ३.१५ बजे सुरु हुनेछ। नेपालले प्रतियोगितामा तीन खेलबाट एक जित र दुई हारसहित दुई अंक जोडेको छ। नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो। अर्को खेलमा बंगलादेश हाइ प्रफरमेन्स ११ सँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो। तर, तेस्रो खेलमा भने होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्य देखाएको छ। यता एसीटीले तीनवटै खेलमा हार बेहोरेको छ। आजको खेलमा नेपाल जित निकाल्दै प्रतियोगितामा आफ्नो दोस्रो जित…
काठमाण्डौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो ९रसुल० को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले मोहम्मद जयन्तीका अवसरमा आज मुस्लिम धर्मालम्बीका लागि सार्वजनिक बिदा दिएको छ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। पछि उनी साउदी अरबको मदिनामा गए। उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो ९हिजरी संवत्० सुरु भयो। अहिले हिजरी संवत् १४४८ चलिरहेको छ। यस अवसरमा आज र्याली, सभालगायत कार्यक्रम गरिँदैछ। नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायत स्थानमा विशेष कार्यक्रम हुँदैछन्।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१–८२ प्रस्तुत गर्नेछन् । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नेछन् । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पेस गर्नेछन् । त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित…
काठमाण्डौं । नेपाली कांग्रेसको आन्तरिक विवाद र आगामी १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दिएको पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आवश्यक कानुनी प्रक्रिया र अध्ययन पूरा गरी उक्त पूरक निवेदन मंगलबार दर्ता गरिएको हो । निवेदन दर्ता भएसँगै यसको सुनुवाइका लागि यही भदौ ११ गतेका लागि पेशी तोकिएको छ । देउवा र खड्काका तर्फबाट दर्ता भएको पूरक निवेदनलाई सर्वोच्चमा विचाराधीन रहेको कांग्रेसको आधिकारिकता सम्बन्धी मूल मुद्दासँगै राखेर सुनुवाइ गरिने छ । उक्त मुद्दा यसअघि नै सर्वोच्चको पूर्ण इजलासमा विचाराधीन रहेकाले यो नयाँ पूरक…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क