रसुवा । रसुवामा आएको भीषण बाढीको प्रभाव नुवाकोटमा समेत परेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख एवं एसपी विपिन रेग्मीका अनुसार बाढीले बेत्रावती बजार पुरै ध्वस्त पारेको हो । बाढीले केही पूलहरू समेत बगाएको उनले जानकारी दिए । एसपी रेग्मीका अनुसार नुवाकोट कारागारभित्र समेत पानी पसेको छ ।
कारागार जाने बाढो बाढीले बगाएपछि अहिले कैदीबन्दी सार्ने विषयमा छलफल चलिरहेको छ । उनले लोकान्तरसँग भने,‘बाढीले वितण्डा मच्चाएको छ, पुलहरू बगाएका छन्, बेत्राबती बजार पुरै बगाएको छ। हामी खोज तथा उद्धारमा जुटिरहेका छौँ ।’
