Author: Editor

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका लागि प्रस्थान गरेका छन् । ​प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत सहभागी छन् । उनीहरू आज बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रहरूमध्ये एक, विदुरतर्फ प्रस्थान गरेका हुन् । बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति गरेको छ ।

Read More

काठमाडौं । सर्वदलीय बैठकमा राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति बनाउने प्रस्ताव प्रस्तुत भएको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले नै यस्तो प्रस्ताव राखेका हुन् । सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । उक्त बैठकमा सभापति लामिछानेले भनेका छन्, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं । जसले सरकारलाई निर्णय गर्न सहज होस् ।’ सरकारको राहत र उद्धार कोषलाई एकद्वार मानेर सबै दल एक ठाउँमा उभिएर सहयोग गर्ने पनि उनको आग्रह रहेको छ । सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट…

Read More

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर प्राकृतिक विपत्तिमा परेको बेला राजनीतिक मतभेद र आग्रह–पूर्वाग्रह त्यागेर सबै शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले संकटको घडीमा कसैलाई पनि एक्लो महसुस हुन नदिने गरी सबै दलहरू खोजी, उद्धार र राहत कार्यमा जुट्नुपर्ने बताए। बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘अहिले देश गम्भीर प्राकृतिक विपत्तिसँग जुधिरहेको छ। यस्तो अवस्थामा लामो राजनीतिक बहस र पूर्वाग्रहमा अल्झिने समय होइन। सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएर जनताको जीवन रक्षामा लाग्नुपर्छ।’ पछिल्ला विपत्तिहरू सामान्य मौसमी घटना मात्र नभएर…

Read More

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण व्यवस्थामार्फत विद्युत् सेवा पुनःसुचारु गरेको छ । बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमा चार्ज गर्ने र बालाजु–त्रिशूली ६६ केभीलाई ११ केभी लाइन चार्ज गर्ने काम भइरहेको छ । आवश्यक प्राविधिक कार्य पूरा गरी यी लाइनहरू पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको र साँझसम्म विद्युत सेवा सुचारु गर्ने प्रयास भइरहेको छ । त्रिशूली…

Read More

काठमाडौं । रसुवा बाढीका कारण देशका विभिन्न मुख्य सडक खण्डमा रहेका भौतिक संरचनामा ठुलो क्षति पुगेको छ। सडक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढीले विभिन्न जिल्लाका ३२ वटा पुलहरू पूर्णरूपमा बगाएको छ। विभागका अनुसार ३ वटा पुलमा आंशिक क्षति पुगेको छ भने ६ वटा पुलहरू उच्च जोखिमका बीच जोगिन सफल भएका छन्। विशेषगरी रसुवा, नुवाकोट र धादिङ जिल्लाका पुलहरूमा सबैभन्दा धेरै क्षति पुगेको छ। बाढीले ध्वस्त बनाएका मुख्य पुलहरू रसुवा, १३ पुल ध्वस्त रसुवामा बाढीले व्यापक क्षति पु¥याएको छ। यहाँका साना–ठुला गरी १३ वटा पुल पूर्ण रूपमा बगेका छन्। मितेरी पुल (रसुवागढी ) टिमुरे पुल १ र २ भोटेकोशी पुल…

Read More

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीका सम्बन्धमा जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनका अनुसार चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम अझै समाप्त भइसकेको छैन। महाशाखाले भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर अनुगमन आवश्यक रहेको औँल्याउँदै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ। घटनाको समयक्रमअनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४।४ रेक्टर स्केलको भूकम्प मापन गरिएको केही समयपछि ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। बिहान…

Read More

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेर अघि सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय गरेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । उनका अनुसार गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ । घाइतेको अवस्था अनुसार प्राथमिकीकरण ९वर्गीकरण० गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ । यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली…

Read More

काठमाण्डौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ ( आइएफआरसी ) ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल १८ करोड ९६ लाख २२ हजार रुपैयाँ ९१२ लाख अमेरिकी डलर० सहयोग गर्ने भएको छ। रेडक्रसको स्वयंसेवक आपत्कालीन प्रतिकार्य टोलीमार्फत सक्रिय भएर प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहत वितरण कार्यमा जुटिसकेका जनाउँदै आइएफआरसीले विपद् प्रतिकार्यमा निरन्तर जुट्न आग्रहसमेत गरेको छ। आइएफआरसीका महासचिव जगन चापागाईले भोटेकोशी बाढीको विपद् प्रतिकार्यलाई सुदृढ बनाउँदै तत्काल मानवीय सहायता पुर्‍याउन आर्थिक सहयोग प्रदान गरिएको बताए। आफ्नो सामाजिक सञ्जालमार्फत महासचिव चापागाईले भनेका छन्, “आइएफआरसी नेपाल रेडक्रस र राष्ट्रिय…

Read More

काठमाण्डौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १६२ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ५. ०० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्लामा बाढीका कारण ज्यान गुमाउनेको संख्या १६२ पुगेको हो। प्रहरीका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २०, चितवनमा ६४, गोरखामा २०, तनहुँमा नौ, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा दुई जनाको शव फेला परेको छ। प्रहरीका अनुसार बाढीमा परी ४१ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा प्रहरीले खोज तथा उद्धार कार्य जारी राखेको जनाएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने बेपत्ता तथा…

Read More

काठमाडौँ । अमेरिकाले रसुवामा आएको बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद् प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ । मन्त्रालयले विपद् प्रतिकार्यमा सहयोग गर्न एक जना विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउन लागेको जनाएको छ । अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहकार्यअन्तर्गत उक्त रकम उपलब्ध गराउने भएको हो । सहयोगबाट बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता उपलब्ध गराइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी दूतावास काठमाडौंले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे जानकारी…

Read More