काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
भोलि बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले बताए ।
बैठकमा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने र राहत तथा पुनःस्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुनेछ।
