काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।
केहीबेरमा बैठक सुरु हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।