Author: Editor

धुन्चेबजार ( रसुवा ) । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनः स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ । सडक तथा स्थलमार्ग अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत पुर्‍याउन नेपाली सेनाका सात र निजी क्षेत्रका आठ गरी १५ वटा हवाई साधन निरन्तर परिचालन गरिएका छन् । नेपाली सेनाले बिहीबार साँझसम्म टिमुरे, स्याफ्रुबेँसी, धुन्चे र मैलुङ क्षेत्रबाट ११९ विदेशी नागरिकसहित ७०० जनाको हवाई उद्धार गरेको छ । सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले हालसम्म ११९ जना विदेशी नागरिकसहित ९०० भन्दा बढीलाई सुरक्षित स्थानमा पुर्‍याइएको जानकारी दिनुभयो । उहाँले खोज…

Read More

काठमाडौं । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले भदौ १३ गतेबाट सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको हो । भदौ १२ गतेका लागि निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूको लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ । देहायबमोजिम आवश्यक व्यवस्था गर्नरगराउन मन्त्रालयले यस्तो निर्देशन दिएको छ – १. सबै परीक्षा स्थगित गर्ने तथा स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्ने। २. अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य…

Read More

काठमाडौँ । देशभर नव यज्ञोपवीत ( जनै ) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ( रक्षासूत्र )  धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ…

Read More

काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढीप्रभावितको उद्धार र राहतको लागि तत्कालै आवश्यक पर्ने स्रोत र आवश्यतामा कमी नहुने गरी काम गरिरहेको बताएका छन्। भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अर्थमन्त्री वाग्लेले बाढीप्रभावितको उद्धार, राहत कार्यमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। ‘अहिले यो दुई–चार दिन हामी राहत र उद्धारमा नै खटिरहेका छौँ। अलपत्र पर्नुभएका धेरै नेपाली नागरिक एवं विदेशी पर्यटकहरू सबैको उद्धार चलिरहेको छ,’ उनले भने, ‘मौसमले साथ दिएसम्म उद्धारका गतिविधिहरू चलिरहेकै छन्।’ अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

Read More

रसुवा । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको विपद्‌पछि जोखिम अझै नटरेको र नेपालतर्फ बनेको नयाँ ताल फुट्न सक्ने भन्दै चीनको जलस्रोत मन्त्रालयले उच्च सतर्कताको चेतावनी दिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम ( सीसीटीभी )  ले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै जनाएअनुसार नेपालको चोजियान खोला र पुर्पुच्याङ्बु खोला मिसिने दोभान नजिकै पहिरोका कारण नदी थुनिएर ठूलो अवरोधित ताल बनेको छ। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र ताल भरिएर बाहिर बग्न थालेको चिनियाँ अधिकारीहरूले जनाएका छन्। आगामी तीन दिनभित्र तालमा थप करिब ३० लाख घनमिटर पानी प्रवेश गर्ने अनुमान गरिएको छ। र, जुनसुकै बेला बाँध फुटेर तल्लो तटीय…

Read More

काठमाडौं । नेपालको बाढी प्रभावितका लागि बेलायत सरकारले ५ मिलियन पाउण्ड (  अर्ब नेपाली रुपैयाँ )  सहयोग गर्ने प्रधानमन्त्री एन्डी बर्नह्यामले बताएका छन् । बाढीले नेपालमा पुर्‍याएको क्षतिलाई उनले बिडम्बनापूर्ण र हृदयविदारक भएको बताएका छन् । संकटको घडीमा नेपाल सरकारलाई सहयोग गर्न बेलायत सरकार सधैँ तयार रहेको बताउँदै उनले बाढीमा परी मृत्यु भएका नेपाली नागरिकप्रति समवेदना प्रकट गरेका छन् । अहिलेको कठिन परिस्थितिमा नेपाललाई विश्वका विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता उनको छ ।

Read More

काठमाडौँ । रसुवाको भीषण बाढीका कारण ज्यान गुमाएका २७० जनाको शव देशका विभिन्न जिल्लाहरूबाट फेला परेको छ। नेपाल प्रहरीका अनुसार बाढीले बगाएका तथा विपद्का क्रममा मृत्यु भएका नागरिकहरूको शव नदी तटीय क्षेत्र तथा आसपासका जिल्लाहरूबाट बरामद गरिएको हो। जिल्लागत रूपमा फेला परेका शवको विवरण यसप्रकार छ– चितवन– १०८ जना, नवलपरासी ( बर्दघाट सुस्ता पूर्व )  ६२ जना, धादिङ– २७ जना, गोरखा– २० जना, रसुवा– १७ जना, नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) १५ जना, नुवाकोट– १२ जना र तनहुँमा ९ जना छन् । बाढी र पहिरोका क्रममा घाइते भएका ६६ जनाको देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उपचाररत मध्ये १४…

Read More

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा त्यस आसपासका क्षेत्रको स्थलगत निरीक्षण सम्पन्न गरेका छन्। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित आज बिहान ९.३० बजे सडकमार्ग हुँदै नुवाकोट प्रस्थान गरेका प्रधानमन्त्री शाह प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको अवलोकन पश्चात् काठमाडौँ फर्किएका हुन्। हिजो रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीले नदी तटीय क्षेत्रहरूमा ठूलो क्षति पुर्‍याउनासाथ प्रधानमन्त्री शाह उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहँदै आएका छन्। बाढीलगत्तै उच्चस्तरीय बैठकहरू आह्वान गरी मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिएका उनले आज विदुर क्षेत्रमा पुगी क्षतिबारे प्रत्यक्ष जानकारी लिएका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट पुगेको भौतिक क्षतिको अनुगमन…

Read More

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकाहरुको खोजी तथा उद्दारलाई आज पनि निरन्तरता दिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान १२३ जना सुरक्षित रुपमा निस्किएका छन् । टिमुरे क्षेत्रबाट ९५ जना, हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका ७ जना तथा हराइरहेका २१ जना भारतीय पर्यटकको जीवितै उद्धार गरिएको हो । अन्य टनेलहरूमा खोज तथा उद्धार कार्य निरन्तर जारी छ। आज बिहान नेपाली सेना, श्री १ सैन्य तालिम केन्द्र त्रिशूलीमा उच्चस्तरीय बैठक सम्पन्न भएको थियो । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्रीसहित सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिना, बागमती प्रदेशका आर्थिक मामिलामन्त्री, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतको बैठकले उद्दार कार्यलाई…

Read More

काठमाण्डौं । चीनको तिब्बतबाट आएको ठूलो बाढीका कारण भएको क्षति व्यवस्थापन गर्न सरकारले तत्काल परिचालन गर्न सकिने गरी करिब २० अर्ब रुपैयाँ बजेट छुट्याएको छ। प्रधानमन्त्री राहत कोष, गृह मन्त्रालयलगायतबाट आवश्यकताअनुसार रकम परिचालन गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्रालयले जानकारी दिएको हो। त्यस्तै विश्व बैंकबाट २५ अर्ब रुपैयाँ बराबरको सहयोग जुटाउने प्रक्रिया अघि बढाइएको छ। ‘हामी विपद् व्यवस्थापन गर्न र स्रोत व्यवस्थापन गर्न केन्द्रित छौँ। दातृ निकायसँग निरन्तर संवाद गरिरहेका छौँ,’ अर्थसचिव डा. घनश्याम उपाध्यायले भने। विपद् व्यवस्थापनका लागि १० वटा बैंकमा खाता खोलेर आवश्यक समन्वय मिलाइएको हो। सरकारले तत्काल आवश्यक पर्ने उद्धार, राहत र अन्य व्यवस्थापनका काममा यही स्रोत परिचालन गर्ने…

Read More