Author: Editor
लुम्बिनी । जनता समाजवादी पार्टी ( जसपा ) नेपालले लुम्बिनी प्रदेशका तीन जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएको भन्दै कारबाही तयारी गरी फेरि ३ बुँदे स्पष्टीकरण सोधेको हो । पार्टीले मंगलबार संसदीय दलका नेता तथा मन्त्री सन्तोषकुमार पाण्डेय, सांसदहरू हेमा बेल्बासे केसी र भण्डारीलाल अहिरलाई पत्र पठाउँदै वर्तमान सरकारलाई समर्थन नगर्न तथा सरकारको विपक्षमा मतदान गर्ने निर्देशन दिएको थियो । तर पार्टीको निर्देशन विपरीत कार्य गरेकाले अनुसन्धानात्मक कारबाही गर्ने गरी स्पष्टीकरण सोधिएको महासचिव डा. सुरेन्द्रकुमार झाद्वारा जारी पत्रमा भनिएको छ । जसपाका चार जना सांसदमध्ये पाण्डेय,…
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी ( बर्दघाट–सुस्ता–पश्चिम ) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीले पदीय मर्यादा विपरीत कार्य गरेर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोपत्रपत्र दायर गरेको छ । आयोगले सर्भेक्षक सुडीले २०४६ देखि २०८१ सम्मको अवधिमा तीन करोड ७१ लाख ८४ हजार ५५१ गैरकानुनी रुपमा आम्दानी गरेको र सोको स्रोत देखाउन नसकेको भन्दै आरोपपत्र दायर गरेको हो । सुडीले २०४६ सालदेखि २०८१ सम्मसम्म वैध आम्दानीतर्फ छ करोड तीन लाख पचासी हजार ३० वैधानिक आय आर्जन गरेको जनाएको छ । सर्भेक्षक सुडीले सबैतर्फ गरेर नौ करोड ७५ लाख ६९…
काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले विद्यमान श्रम ऐन संशोधन गरेपछि धेरै श्रमिकका समस्या सम्बोधन हुने विश्वास व्यक्त गरे। उनले विदेशी मात्रै होइन, देशभित्र कार्यरत घरेलु श्रमिकको समेत अवस्था जोखिमपूर्ण भएकाले यसलाई व्यवस्थापन गरिने बताए। समितिको बैठकमा ‘आउटसोर्सिङ’का माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल’ गरिएको थियो। सभापति रहबर अन्सारीले श्रमिकको अधिकार र श्रम आउटसोर्सिङको विकृति हटाउन समिति संवेदनशील रहेको बताए। उनले सार्वजनिक तथा निजी दुवै क्षेत्रमा खरिद ऐनको सहारा लिएर श्रम ‘आउटसोर्सिङ’ गर्ने…
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करणको मंगलबार उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका हुन् । उपराष्ट्रपति यादवले भने, “नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ ।”उनले जलविद्युतको धनी देश नेपालले पेट्रोलियम पदार्थको आयात घटाई विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे । उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको बताए । …
बुटवल। लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले नवनियुक्त मन्त्रीहरूलाई मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपाबाट दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य तथा बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ। केन्द्रमा भएको सहमतिअनुसार एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना तीन मन्त्रीको नाम सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मुख्यमन्त्री आचार्यले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। अब लुम्बिनी मुख्यमन्त्रीसहित…
काठमाण्डौं । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। आजका लागि तय भएको बैठक सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो। मंगलबार दिउँसो १ बजेका लागि बैठक तय थियो। आजको बैठकमा प्रधानमन्त्रीले संसदहरुका प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार १ बजेसम्मका लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरेका छन्। निर्धारित समय र मितिमा बैठक बस्न नसक्ने भएको सूचनामा लेखिए पनि ठोस कारण खुलाइएको छैन। संघीय संसद सचिवालय स्रोतका अनुसार सभामुख डोलप्रसाद अर्यालको स्वास्थ्यमा देखिएको समस्याले पनि बैठक सारिएको हो। ‘सभामुखज्यूको स्वास्थ्यमा पनि केही समस्या देखिएको छ, हिजो…
काठमाण्डौं । नेपाली कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ। केन्द्रीय कार्यालय सानेपामा भदौ ११ गते सम्मेलन हुनेछ। महिलाको आर्थिक सशक्तिकरण, उद्यमशीलताको प्रवर्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ। सम्मेलनले उद्यमीहरूबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका लागि साझा मञ्च उपलब्ध गराउने लक्ष्य राखेको छ। सम्मेलनसँगै कांग्रेस केन्द्रीय कार्यालय परिसरमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी आयोजना गरिने छ। प्रदर्शनीमार्फत महिला उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रत्यक्ष रूपमा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त…
काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ । सोमबार गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा कानुनमन्त्री सोबिता गौतम, प्रतिनिधिसभाका सदस्य तथा सहिद परिवारबीच छलफल भएको थियो । उक्त छलफलपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सहसचिवको अध्यक्षतामा गठित सहजीकरण समितिलाई जेनजीसम्बन्धी विषय मात्र कार्यान्वयन गर्ने विशेष कार्यदलका रूपमा जिम्मेवारी तोक्ने निर्णय भएको छ । छलफलमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेका माग कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट गत मंसिर २४ गते स्वीकृत १० बुँदे सम्झौता तथा गत असार १८ गते स्वीकृत २४ बुँदे प्रस्ताव कार्यान्वयनको…
काठमाडौँ । धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो । उक्त क्षेत्रमा सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकाय पनि लाभान्वित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए । दूरसञ्चार सेवा पु¥याउन निरन्तर खटिने नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत सामग्री ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा कार्यमा समन्वय र सहकार्य गर्ने…
काठमाण्डौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक आज बिहान १०ः१५ बजे बस्ने भएको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क