Author: Editor
काठमाण्डौं । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए। ‘सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ, सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ, खोज तथा उद्धार परिणाममा केन्द्रीत हुनुपर्छ, हाम्रो क्षमताले भ्याएन भने अन्तर्राष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ’, उनले भने। प्रवक्ता चालिसेले पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पुर्याउन आग्रह गरे। उनले…
चितवन। पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ । सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो । नौबिसे मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनिय प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन । विसं २०५६ मा पहिरो झरेको ठाउँमा सडक भासिएर चर्किएको हो । त्रिशूली नदीमा आएको बाढीले तलबाट कटान हुँदा सडक भासिएको उनले बताए । त्रिशूली नदीमा शनिबारभन्दा तीन मिटर पानीको सतह बढेको छ । पानीको सतह घटेपछि जगबाटै पर्खाल लगाएर माथिसम्म सडक ल्याउने वा कसरी मर्मत गर्ने भन्ने बारेमा विज्ञ…
काठमाडौं । रसुवा बाढीबाट ज्यान गुमाएर पहिचान नखुलेकाहरूको डिएनए परीक्षणका लागि भारतबाट फरेन्सिक विशेषज्ञहरू आएका छन्। १८ जना फरेन्सिक विज्ञहरूको टोली आईपुगेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । मृत शरीरहरूको व्यवस्थापनका लागि हावा नछिर्ने एयरटाइट शव थैलीहरू प्राप्त भएको र थप आपूर्ति हुन लागेको राईले बताए । भदौ १० गते आएको भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाउनेहरूको शव प्राप्त हुने क्रम जारी छ ।
काठमाडौं । बागमती प्रदेश सरकारले विपद् व्यवस्थापन, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा सर्वदलीय छलफल गरेको छ। मुख्यमन्त्री किरण थापामगरको आह्वानमा आज सर्वदलीय बैठक बसेको हो। बैठकले उद्धार र राहतसँगै दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्ने निष्कर्ष निकालेको छ। बैठकले तत्कालीन उद्धार र राहतसँगै प्रभावित बस्तीको दीर्घकालीन पुनर्निर्माण, पुनर्स्थापना गर्न प्रदेश सरकार दृढतापूर्वक अघि बढ्ने निर्णय गरेको मुख्यमन्त्री थापामगरले जानकारी गराएका छन्। उनले भनेका छन्, ‘विपद्मा सम्पूर्ण राजनीतिक दलको ऐक्यबद्धता, राज्यका सबै संयन्त्रको प्रभावकारी परिचालन र जनताले प्रत्यक्ष महसुस गर्ने राहत आजको आवश्यकता हो।’ आजको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल, बहादुर सिंह लामासहित विषयगत मन्त्रालयका मन्त्री तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक…
काठमाण्डौं । विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीडितको अत्यावश्यक स्वास्थ्य तथा अन्य आवश्यकताहरू पूरा गर्न दक्षिण(पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष बाट एक लाख ५० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ। यो आपत्कालीन कोषले तत्कालका प्रतिक्रियात्मक प्राथमिकताहरूलाई सहयोग पुर्याउनेछ। विश्व स्वास्थ्य संगठन सम्वोधन तथा पुनर्उत्थानका प्रयासहरूमार्फत नेपाललाई सहयोग गर्न प्रतिबद्ध छ,ु संगठनको दक्षिण(पूर्वी एसिया क्षेत्रीय कार्यालयका कायममुकायम प्रमुख डा। निलेश बुद्धले बताए। यसअघि २६ अगस्टमा बाढी आएको केही घण्टाभित्रै विश्व स्वास्थ्य संगठनले तीन महिनासम्म करिब १० हजार मानिसको स्वास्थ्य आवश्यकता पूरा गर्न सक्ने ुइन्टरएजेन्सी इमर्जेन्सी हेल्थ किटु र बहुउद्देश्यीय टेन्टहरूलगायत अत्यावश्यक आपत्कालीन चिकित्सा सामग्रीहरू परिचालन गरी पठाएको क्षेत्रीय कार्यालयले…
काठमाण्डौं । माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसको उद्धारका खटिएको टीम सुरङभित्र प्वाल पारेर प्रवेश गरेको छ ।उद्धार टोलीले आज दिउँसो २.०० बजे सुरुङको मुख्य भाग ( क्राउन हेड) मा पुगेर २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाउन सफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । उद्धार टोलीले त्रिशूली ३ ए सुरूङ भेटेको छ। भोटेकोशी बाढीका कारण पुरिएको यो सुरूङको पोर्टसम्म उद्धार टोली पुगिसकेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ। अहिले पोर्टको मुख सफा गर्ने काम भइरहेको उल्लेख छ। पोर्ट सफा गरेपछि अक्सिजनसहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी भइरहेको सचिवालयको भनाइ छ। उद्धारकर्मीले…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पालिका प्रमुखसँग उद्धार तथा राहत व्यवस्थापन बारे छलफल गरेका छन्। आइतबार पार्टीका तर्फबाट उद्धार तथा राहतमा सहजीकरण गर्न गठन गरिएको परिचालन संयन्त्रको बैठकअघि लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित पालिकाका प्रमुखसँग छलफल गरेका हुन्। छलफलका क्रममा पालिका प्रमुखहरूले प्रभावित क्षेत्रमा देखिएका समस्या, शव व्यवस्थापन, बाटो, पुल, विद्युत् तथा अन्य कनेक्टिभिटीका विषय उठाएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । खरेलका अनुसार लामिछानेले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनका काममा सरकारी निकाय र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पार्टीले गठन गरेको परिचालन…
काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीले रसुवामा बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद जम्मा गर्ने निर्णय गरेको छ। पार्टीले बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्रीसमेत पठाउने निर्णय गरेको जनाएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद र आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। ज्वालाका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पार्टीले आफ्नो तर्फबाट सहयोग गर्ने निर्णय गरेको हो। पार्टीले आवश्यक राहत सामग्री सम्बन्धित जिल्लामा पठाउने तयारीसमेत गरेको जनाएको छ।
काठमाण्डौं । रसुवामा आएको बाढीपछि चीन सरकारले नेपाललाई ५० टन राहत सामग्री उपलब्ध गराएको छ। राहत सामग्रीसहित चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमान आइतबार बिहान काठमाडौं आइपुगेका छन्। चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान उक्त विमान काठमाडौं आइपुगेका हुन्। काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको छ। राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट तथा प्राथमिक उपचार किटलगायत सामग्री छन्। राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आएका छन्। नेपालमा बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार तथा प्रतिकार्यमा…
काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली ‘३ ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य सरकारले रातभरि निरन्तर सञ्चालन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको जलसतह अत्यधिक बढेपछि आयोजनाको क्षेत्र आसपासको किनार तीव्र रूपमा कटान हुन थालेको छ। त्यसपछि सरकारले आयोजना क्षेत्रमा थप क्षति हुन नदिन उच्च सतर्कता अपनाउँदै समग्र अवस्थाको निरन्तर अवलोकन गरिरहेको जनाएको छ। बाढी र पहिरोका कारण आयोजनाको क्षेत्रमा थुप्रिएको माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण पुनः परिचालन गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क