Author: Editor
रामेछाप । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–२, ठोसे बस्ने ३२ वर्षीय भगवान् कार्कीलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नेपाल सरकारद्वारा जारी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले ChatGPT को प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेका थिए। उक्त नक्कली स्टेटमेन्टमा आफ्नो QR कोडसमेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक…
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी रहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजेसम्मको अपडेट सार्वजनिक गर्दै बाढीबाट ठुलो मानवीय क्षति भएको जनाएको छ। प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी ७३४ जनाको शव फेला परेको छ। सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ भने नवलपरासी पूर्व, गोरखा, धादिङ, नुवाकोट, रसुवा, तनहुँ र नवलपरासी पश्चिममा समेत ठुलो क्षति भएको छ। चितवनमा २५९, रसुवामा १२, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ जनाको शव फेला परेको छ । यस्तै, दुई हजार ४९८ जना…
काठमाण्डौं । रसुवाको बाढीपहिरोका कारण देशका आठ जिल्लामा फेला परेका ६६९ शवको व्यवस्थापनका लागि नेपाल प्रहरीले १० बुँदे विशेष वैज्ञानिक कार्यविधि कार्यान्वयनमा ल्याएको छ। शव सड्न थालेपछि फैलन सक्ने सम्भावित महामारी रोक्न र भविष्यमा आफन्तले खोज्दा सहजै पहिचान खुल्ने गरी डीएनए, फोटो र जीपीएस लोकेसनसहितको ‘डिजिटल अभिलेख’ राखेर शव समाधिस्थ गर्न थालिएको हो। प्रहरीको पछिल्लो तथ्यांकअनुसार हालसम्म रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी ९पूर्व० मा १५८ र नवलपरासी ९पश्चिम० मा ७५ गरी कुल ६६९ जनाको शव फेला परिसकेको छ। अस्पतालका शवगृह भरिएपछि र सङ्क्रमणको जोखिम उच्च बनेपछि ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन…
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ‘थ्रि–ए’ आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धार गर्न खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ । सो टोलीले सुरुङमा सानो प्वाल पारी अक्सिजन पठाउन सुरु गरिएको गृहमन्त्री सुधन गुरुङले फेसबुकबाट जानकारी दिएका हुन् । उनका अनुसार अब सुरुङभित्र प्रवेश गर्ने मार्ग फराकिलो बनाएपछि उद्धार टोली पनि भित्र पठाइनेछ । उक्त आयोजनाको सुरुङभित्र ठूलो सङ्ख्यामा इन्जिनियर र मजदुर फसेको अनुमान गरिएको छ । अप्ठयारो भू–बनोटमा रहेको उक्त सुरुङमा फसेका व्यक्तिको उद्धार गर्न सरकारको आग्रहमा भारत र चीनबाट दक्ष उद्धारक आज नेपाल आएका थिए । अपराह्नबाट उनीहरूको सहयोगमा नेपाली सुरक्षा फौजले त्यस…
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोसी बाढीसम्बन्धी पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेको छ। शनिबार बिहान १० बजेसम्मको तथ्याङ्कअनुसार विभिन्न मानव अङ्गसहित हालसम्म ६ सय २६ जनाको शव फेला परेको छ। शव भेटिएका स्थानहरूको विवरण हेर्दा सबैभन्दा बढी चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १ सय ५८ तथा नवलपरासी पश्चिममा ४७ जनाको शव भेटिएको छ। नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्राधिकरणको तथ्याङ्क छ। बाढीमा परी अझै २ हजार ४ सय २६ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेमा ठुलो सङ्ख्या जलविद्युत् आयोजनाका कामदारहरूको…
काठमाडौं। दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से अन्तर्गत ग्यिरोङ जिल्लामा बनेको अवरोध ताल ( ब्यारियर लेक ) को आपत्कालीन मूल्याङ्कन गर्न उद्धार सहयोग टोली र विपद् विशेषज्ञहरू घटनास्थल पुगेका छन्। स्थानीय समयानुसार दिउँसो २ विशेषज्ञ टोली अवरोध तालको बाँधको विपरीत किनारमा पुगेको हो। टोलीले अहिले घटनास्थलमै तालको अवस्था र सम्भावित जोखिमको निगरानी तथा मूल्याङ्कन गरिरहेको सीजीटीएनले जनाएको छ। आपत्कालीन प्रतिकार्यका लागि वास्तविक समयको तथ्यांक संकलन गर्न ड्रोनबाट निगरानी तथा पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरिएको छ।
रसुवा । भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटिएको छ भने ९७७ जना सम्पर्कविहीन रहेका छन्। शुक्रबार दिउँसो विभिन्न जिल्लामा ५३८ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा २२१ जनाको शव भेटिएको हो। बाढीका कारण तीन दिनदेखि ९७७ जना सम्पर्कविहीन छन्। जसमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १ र, अध्यागमन कार्यालयका चार जना कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यससँगै रसुवाका १६१, नुवाकोटका एक र मकवानपुरका ६६ जना…
काठमाण्डौं । भोटेकोसी बाढी प्रभावितका लागि सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार सूर्य नेपालको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेको छ। सूर्य नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ जम्मा गरेको हो। भोटेकोसी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा जनधनको ठूलो क्षति पुर्याएको छ। जनधनको क्षतिप्रति सूर्य नेपालले दुःख प्रकट गरेको छ। यससँगै बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरिएको कम्पनीले जनाएको छ। भोटेकोसी बाढीमा शुक्रबार अपराह्नसम्म ५४१ जनाको शव भेटिएको छ। त्यस्तै, ९७७ जना सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोज तथा उद्धार…
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसहित मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले १ महिनाको तलब बाढी प्रभावितलाई सहयोग गर्ने भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकपछि प्रवक्ता सस्मित पोखरेलले एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताए। सरकारले बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति तथा व्यावसायिक संस्थाका लागि सहुलियत तथा पुनर्स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकपछि प्रवक्ता सस्मित पोखरेलले योसहित तीन निर्णय सार्वजनिक गरेका हुन्। यीलगायत अन्य निर्णय भएको जानकारी गराएपनि ३ वटा मात्रै जानकारी गराए। भदौ १० गते नेपाल–चीन सीमा रसुवागढी एवम् भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लाहरूमा क्षति…
पोखरा । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड प्रदान गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक अपिल जारी गर्दै भोटेकोशी बाढी प्रभावितका लागि ४ करोड सहयोग गर्ने निर्णय भएको जानकारी गराएका हुन्। कठिन परिस्थितिमा गण्डकी प्रदेशभित्रका उद्योगी व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक सङ्घसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोग कार्यमा सक्रिय सहभागिता जनाउन समेत अपिल गरेका छन् ।विपद्को संवेदनशील समयमा अपुष्ट सूचना, अफवाह तथा भ्रामक सामग्रीको प्रचारप्रसार नगर्न र आधिकारिक तथा विश्वसनीय स्रोतबाट प्राप्त सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरेका छन्। सम्पर्कविहीन आफन्तको अवस्थाबारे स्वाभाविक रूपमा चिन्ता हुने…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क