Author: Editor
काठमाण्डौं । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ। तीमध्ये १२९ वटा लिङ्ग पहिचान नभएको जनाइएको छ। सनाखत हुन नसकेका ती शवलाई भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा मङ्गलबार रातिसम्म व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ। एउटाको व्यवस्थापन गर्न बाँकी छ। जिल्लामा शव व्यवस्थापन गर्न कठिन भएपछि डिएनए सङ्कलन गरेर शनिबारदेखि जङ्गलमा लगेर खाडलमुनि शव राख्न थालिएको हो। प्रहरीले शनिबार ९६ शवको व्यवस्थापन गरेको थियो।…
काठमाडौं । बाढी प्रभावित धादिङ, नुवाकोट र रसुवा जिल्लामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपालले १२ वटा अस्थायी बेस स्थापना गरेको छ। सशस्त्र प्रहरीका अनुसार धादिङमा २, नुवाकोटमा ६ र रसुवामा ४ वटा अस्थायी बेस स्थापना गरिएको हो। धादिङको मलेखु र गल्छी, नुवाकोटको देवीघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावती र तारुका तथा रसुवाको त्रिशूली हाइड्रो ३ए, त्रिशूली हाइड्रो ३बी, स्याफ्रुबेंसी र बोगटिटारमा बेस स्थापना गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन धादिङको मलेखु र नुवाकोटको तारकेश्वरमा मेडिकल टोलीसमेत परिचालन गरिएको छ। प्रत्येक अस्थायी बेसमा १५ देखि ३५ जनासम्मको उद्धार टोली खटाइएको सशस्त्र प्रहरीले जनाएको छ। ती टोलीमा…
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो १ बजेका लागि डाकिएको छ । सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव प्रस्तुत’ गर्ने सम्भावित कार्यसूची छ । बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नेछन् । विशेष प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनाका साथै ठूलो सङ्ख्यामा मृत्यु…
काठमाडौं । बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्रलाई तल्लो तहसम्म गठन गर्ने सहमति जुटेको छ । सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रदेखि स्थानीय तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति जुटेको एमालेको नेता प्रदीप ज्ञवालीले बताए। उनले भने, केन्द्रमा हामीले जसरी सर्वदलीय संयन्त्र बनाएर छलफल गरिरहेका छौँ त्यसैगरी नै प्रदेश, जिल्ला र स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर जाने कुरा भएको छ। पालिकामा पालिका अध्यक्ष, प्रदेश मुख्यमन्त्रीको नेतृत्वमा संयन्त्र बनाएर जान सरकारलाई सुझाव दिएको बताए । उनले सर्वदलीय बैठक प्रधानमन्त्रीले राख्नु राम्रो हुने भए पनि रास्वपाले पहल गरेको बताए । सर्वदलीय बैठकका लागि सरकारले चासो लिनुपर्ने उनको भनाइ छ…
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसेर एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणकर भट्टले आज बसेको कोषको बैठकले एक अर्ब रुपैयाँ गृह सचिवको नेतृत्वमार्फत परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृह सचिवले व्यवस्थापन गर्छन् । प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ कोषमा पठाइएको…
काठमाडौं । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गरेका छन् । आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकपछि भोलि बस्ने गरी सभामुखले बैठक तय गरिएको हो । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले भोलि दिउँसो १ बजे बैठक बस्ने सूचना सार्वजनिक गरिसकेका छन्। भोलिको बैठकमा भोटेकोशी बाढीले निम्तिएको संकट र प्रतिकार्यलगायतका विषयमा विशेष प्रस्ताव पेस गर्ने र दलीय आधारमा सबै दलका नेताहरूले बोल्ने तय भएको छ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनमा योगदान गर्नेहरू नै विपद् प्रतिकार्यका लागि जिम्मेवार हुनुपर्ने बताएका छन् । मंगलबार फेसबुकमार्फत विपद् व्यवस्थापनबारे ब्रिफिङ सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । ”जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो,” उनले भनेका छन् । भटेकोशीमा आएको बाढी पनि जलवायु परिवर्तनका कारणले भएको उनले बताएका छन् । “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १।८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन,” उनले भनेका छन् ।
काठमाण्डौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेको बताएका छन्। भोटेकोशी बाढी सम्बन्धमा सरकारले गरिरहेको खोजी, उद्धार तथा राहत कार्यलगायत विषयमा जानकारी दिन मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा सचिव राईले भने, ‘नेपाली सेनासँगको समन्वयमा विशेषगरी सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार गर्न भारत, चीन र गणतन्त्र कोरियाबाट केही सुरुङ उद्धार विशेषज्ञहरू पनि परिचालन गरिएको छ।’ बाढीपछि नेपाल सरकारले खोजी, उद्धार, राहत तथा पुनःप्राप्ति कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै उपलब्ध स्रोतसाधन तथा प्रयास परिचालन गरेको परराष्ट्र सचिव राईले बताए। तत्कालीन राष्ट्रिय प्राथमिकता जीवन बचाउने, बेपत्ता व्यक्तिहरूको खोजी गर्ने,…
काठमाण्डौं । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ ९२० लाख अमेरिकी डलर० को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँ बराबर ९२ लाख अमेरिकी डलर० को नगद पनि हस्तान्तरण गरे। राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए। नेपालको विपत्तिमा चीन सधैँ साथमा रहेको सन्देश चीनका…
काठमाण्डौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ ( आईटीयू ) ले बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहजै स्थापित गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई २० थान स्याटलाइट फोन सहयोगस्वरुप पठाएको छ। प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले शनिबार आईटीयूले पठाएको २० थान स्याटेलाइट फोन आफूहरूले बुझेको जानकारी दिए। ‘हिजो हामीले २० थान स्याटलाइट फोन आईटीयूबाट प्राप्त गरेका छौं। अब सरकारसँगको समन्वयमा रसुवा, नुवाकोटसहित बढी प्रभावित क्षेत्रहरूमा यी फोन पठाउनेछौं। यो फोन चलाउन टेलिकम कम्पनीहरूको टावरमा भर पर्नुपर्दैन। बाढीले क्षति पुर्याएका स्थानमा सोझै स्याटेलाइटबाटै यी फोन प्रयोग गरेर चलाउन सकिन्छ’, अर्यालले भने। आईटीयूले प्राधिकरणलाई तीन महिनाका लागि यो फोन उपलब्ध गराएको छ। तीन महिनापछि फिर्ता…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क