Author: Editor

नारायणगढ ( चितवन )  । भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको तस्बिर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ । डिस्प्ले बोर्डमा राखिएका तस्बिरका आधारमा अहिलेसम्म दुई शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । उनका अनुसार बाँकेको कोहलपुर नगरपालिका(११ निवासी २३ वर्षीय कबिरलाल चौधरीको शव दाजु सुग्रिन थारूले पहिचान गरेका छन् । त्यसैगरी, रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका(४ नेवारपानी निवासी ४३ वर्षीय रामकाजी पौडेलको शव उनका दाजु सुवास पौडेलले सनाखत गरेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । प्रहरी उपरीक्षक पौडेलका अनुसार हालसम्म बाढीका कारण त्रिशूली तथा…

Read More

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम सङ्कलन भएको छ। बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ । विभिन्न १० वाणिज्य बैठकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेको हो । यस्तै, व्यक्तिगततर्फको नगद सहयोग रकम दाताहरूले मन्त्रालयमै आएर प्रदान गर्न सकिनेछ । यससँगै कोषमा बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार पुगेको छ । यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत…

Read More

काठमाडौं । भोटेकोशी बाढीमा सम्पर्कविहीननहरुको आज पनि बिहानैदेखि खोजि कार्य सुरु गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानिय समेतको सहभागितामा आज पनि खोजि, राहत तथा उद्धारको कार्यक्रम जारी राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यका लागि हालसम्म नेपाल प्रहरीका मात्रै ४,३४८ जना प्रहरी परिचालन गरिएको छ। प्रहरीले आज बिहान सार्वजानिक गरेको पछिल्लो विवरण अनुसार रसुवा विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या ४६९ पुगेको छ। प्रहरीका अनुसार ४६९ शवहरूमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जनाको फेला परेको छ। नवलपरासी पूर्वमा ११०, गोरखामा ४४ जना ९विभिन्न मानव अङ्गसहित०, नुवाकोट ३७, धादिङमा ३३, जना तनहुँमा २८ जना, नवलपरासी पश्चिममा…

Read More

काठमाडौँ । नेपाल प्रहरीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित सर्वसाधारण, प्रभावितको खोज, उद्धार र राहतमा संलग्नलाई सुरक्षित स्थानतर्फ जानका लागि अनुरोध गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै तिब्बततर्फ ड्याम फुटेकाले पुनः बाढी आउने सम्भावना रहेको हुँदा सुरक्षित स्थानतर्फ जानका लागि अनुरोध गरेको हो । तिब्बतर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्ती तथा सर्वसाधारणहरूलाई तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानरजानकारी गराउन अनुरोध छ, नेपाल प्रहरीले भनेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारीले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ताल फुटेको जानकारी आएको बताएका थिए…

Read More

काठमाण्डौ । नेपालसँग सिमाना जोडिएको भारतीय राज्य उत्तर प्रदेशस्थित महाराजगन्जमा गण्डक ( नारायणी )  नदीमा चार शव र कुशीनगरमा तीन शव फेला परेका छन्। अधिकारीहरूका अनुसार ती शवमा पाँच महिला र दुई पुरुषका छन्। नेपालमा आएको भीषण बाढीले ती शव बगाएर भारत पुर्‍याएको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ। सशस्त्र सीमा बल ९एसएसबी० को उद्धार टोलीले नदीको निगरानी गर्दा तैरिरहेको अवस्थामा ती शव फेला परेका हुन्। टोलीले मोटरबोट प्रयोग गरेर नदीबाट शव निकालेर महाराजगन्ज र कुशीनगर जिल्ला सदरमुकाम पठाएको छ। शव अझै पहिचान हुन सकेको छैन। निचलौल तहसिलका उपजिल्ला मजिस्ट्रेट सिद्धार्थ गुप्ताले बीबीसी हिन्दीसँग भनेका छन्, ‘बिहीबार दिउँसो गण्डक नदीबाट…

Read More

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । प्रजिअ परियारले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । रसुवाको भोटेकोशीमा फेरि ठुलो बाढी आउन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले भोटेकोशीमा अस्तिको जस्तै बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका हुन्। उनका अनुसार स्याफ्रु क्षेत्रमा बाढी आइसकेको छ। यसैबिच नेपाल प्रहरीले पनि तिब्बततर्फ पानीको ड्याम फेरि फुटेको जानकारी प्राप्त भएको भन्दै सतर्क रहन आग्रह…

Read More

काठमाडौं । नेपाली सेनाले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ३५० जनाको उद्धार गरेको छ । ​रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ती मानिस सुरुङभित्र फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, चुनौतीपूर्ण उद्धार कार्य गर्दै सेनाले उनीहरूलाई सफलतापूर्वक उद्धार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अझै पनि सो टनेलभित्र १०० जनाभन्दा बढी मानिस फसेको सेनाको अनुमान छ । उनीहरूलाई पनि उद्धारको काम चलिरहेको छ । नेपाली सेनाले मात्रै रसुवाका विभिन्न प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरेको जनाएको छ ।

Read More

काठमाडौं । रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको हो । अष्ट्रेलियाली सरकारका अनुसार बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ । उनीहरूको अवस्था यकिन गर्न तथा प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउन अष्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख छ । अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले प्रभावित अष्ट्रेलियाली नागरिकलाई सहयोग गर्न थप कर्मचारी परिचालन गरेको छ । नेपालस्थित अष्ट्रेलियाली दूतावासका कर्मचारीसँगै संकट प्रतिकार्य टोली…

Read More

विराटनगर । कोशी प्रदेश सरकारको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को यस घडीमा प्रदेश सरकारको तर्फबाट राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । मन्त्री शेर्पाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै विपद्को घडीमा कोशी प्रदेश सरकार प्रभावित नागरिकसँगै रहेको बताए ।

Read More

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो। सरकारका मन्त्रीहरूको एक एक महिनाको पारिश्रमिक पनि सहयोग गर्ने निर्णय गरिएको छ । बैठकले बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीको उपचारका लागि स्वास्थ्य टोलीसमेत पठाउने निर्णय गरेको छ। बाढीका कारण प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा आवश्यक औषधि व्यवस्थापनका लागि स्वास्थ्य टोली परिचालन गरिने सरकारले जनाएको छ। यस्तै, मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट तथा…

Read More