काठमाण्डौं । विश्व स्वास्थ्य संगठनले नेपालका बाढी पीडितको अत्यावश्यक स्वास्थ्य तथा अन्य आवश्यकताहरू पूरा गर्न दक्षिण(पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष बाट एक लाख ५० हजार अमेरिकी डलर दिने घोषणा गरेको छ। यो आपत्कालीन कोषले तत्कालका प्रतिक्रियात्मक प्राथमिकताहरूलाई सहयोग पुर्याउनेछ। विश्व स्वास्थ्य संगठन सम्वोधन तथा पुनर्उत्थानका प्रयासहरूमार्फत नेपाललाई सहयोग गर्न प्रतिबद्ध छ,ु संगठनको दक्षिण(पूर्वी एसिया क्षेत्रीय कार्यालयका कायममुकायम प्रमुख डा। निलेश बुद्धले बताए।
यसअघि २६ अगस्टमा बाढी आएको केही घण्टाभित्रै विश्व स्वास्थ्य संगठनले तीन महिनासम्म करिब १० हजार मानिसको स्वास्थ्य आवश्यकता पूरा गर्न सक्ने ुइन्टरएजेन्सी इमर्जेन्सी हेल्थ किटु र बहुउद्देश्यीय टेन्टहरूलगायत अत्यावश्यक आपत्कालीन चिकित्सा सामग्रीहरू परिचालन गरी पठाएको क्षेत्रीय कार्यालयले आइतबार एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ।
अत्यावश्यक आवश्यकताका आधारमा, संगठनले प्रभावित क्षेत्रका लागि सर्जिकल मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजर र अन्य चिकित्सा सामग्रीहरू थप परिचालन गरेको छ। विज्ञप्तीका अनुसार संगठन स्वास्थ्य प्रतिकार्यको समन्वय गर्न, रोगको निगरानीलाई सुदृढ बनाउन, अत्यावश्यक स्वास्थ्य सेवाहरूलाई निरन्तरता दिन र निम्तिन सक्ने नयाँ स्वास्थ्य जोखिमहरूको पहिचान तथा सम्बोधन गर्न सरकार र साझेदारहरूसँग निकट रहेर काम गरिरहेको छ।
यी जोखिमहरूमा डुब्ने, चोटपटक लाग्ने, झाडापखला र श्वासप्रश्वाससम्बन्धी बिरामीहरू, पानी तथा खानाजन्य रोगहरू, र किटजन्य ९कीटाणु वा लामखुट्टेबाट सर्ने० रोगहरूलगायत अन्य समस्याहरू रहेका छन्। आफ्ना प्रियजन, घर र जीविकोपार्जनका साधन गुमाउनुपर्दाको पीडा, र विस्थापन अनि अनिश्चितताले गर्दा प्रभावित समुदायहरूको मानसिक स्वास्थ्य र मनोसामाजिक कल्याणमा पनि गम्भीर असर पर्न सक्ने संगठनले जनाएको छ।
