Author: Editor
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै मन्त्री लम्सालले यस्तो जानकारी दिएका हुन् । उनले पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको र पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् । यस्तो छ उनको फेसबुक स्टाटस पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य अगाडि बढेको छ । – पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ। – पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएका…
काठमाण्डौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति टुंगो लगाउने विषयमा पार्टीभित्र छलफल तीव्र बनेको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ। काठमाडौँको चुनदेवीमा जारी देउवा समूहको बैठकमा महाधिवेशनको मिति र त्यसअघि सम्पन्न गर्नुपर्ने पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचनको कार्यतालिकाबारे प्रस्ताव प्रस्तुत गरिएको हो। प्रस्तावअनुसार असोज १५ गते वडा अधिवेशन गर्ने र त्यसपछि असोज २० गते पालिका तहको अधिवेशन गर्ने कार्यतालिका अघि सारिएको छ। त्यसैगरी असोज २३ गते प्रदेश निर्वाचन तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको निर्वाचन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको…
काठमाडौँ। प्रतिनिधिसभाको बुधबार बसेको बैठकले रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सभामुखद्वारा प्रस्तुत उक्त विशेष प्रस्तावमार्फत गत भदौ १० गते आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति संसद्ले गहिरो शोक व्यक्त गरेको हो। बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेंसी र बेत्रावती तथा नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी स्वदेशी तथा विदेशी नागरिकसमेत ठूलो सङ्ख्यामा बेपत्ता भएका छन् भने धेरैले ज्यान गुमाएका छन्। प्रतिनिधिसभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै…
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरीरहेका छन् । । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधि सभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकराी दिए । प्रतिनिधिसभाको बैठकमा सुरुमै प्रधानमन्त्री बालेनले सम्बोधन गर्नेछन् । प्रतिनिधिसभामा आजै सभामुख अर्यालले बाढीपछिको विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअगाडि यस अगाडि सभामा राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् । भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी,…
काठमाण्डौं । पर्यटनमन्त्री खड्कराज पौडेल ( गनेस ) ले भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको मूल्याङ्कन गरिएको बताएका छन्। बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रारम्भिक क्षतिबारे जानकारी गराउँदै उनले करिब ५० अर्ब बढीको क्षति भएको जानकारी दिएका हुन्। ‘हामीले पर्यटन क्षेत्रको प्रारम्भिक अनुमान अनुसार ५० अर्बभन्दा बढी क्षति भएको मूल्याङ्कन गरेका छौँ’, मन्त्री पौडेलले भने। उनले बाढीमा १४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट, १४१ वटा पर्यटन व्यवसायसँग सम्बन्धित सवारी साधन, २७ वटा सम्पदा, लाङटाङ, गोसाईंकुण्ड, पार्वती कुण्ड, नाचेली जस्ता प्रमुख पदमार्गमा क्षति पुगेको जानकारी दिए। यस्तै, उनले सबै व्यवसायीहरूलाई क्षतिको प्रतिवेदन पेस…
काठमाडौं । नेपाली कांग्रेसको नीति प्रतिष्ठानले विपद्को समयमा उद्धार र राहत अभियानमा सबै खाले राजनीतिक विमति भन्दा माथि उठेर सरकारलाई हरसम्भव सघाउने घोषित नीतिलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ। उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले पुनर्स्थापना सम्मको जिम्मेवारीलाई व्यवस्थित ढङ्गले अघि बढाउने निर्णय गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए। बैठकले उद्वारको कार्यमा अहोरात्र खटेका नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी लगायत अन्य प्रशासनिक निकायको भूमिकाप्रति बैठकले सह्राहना र सम्मान प्रकट गरेको छ। सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकारले प्रकट गरेको अदूरदर्शिता र अकर्मण्यताप्रति बैठकले गम्भीर रोष प्रकट गरेको मुख्यसचिव दुलालले बताए। सुरुङभित्र कयौँ होनहार इञ्जिनियर र मेहनती श्रमिकहरू फसेको संवेदनशील खबरसँग…
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद् व्यवस्थापनका लागि थप ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराइएको ६ करोड ७५ लाख रुपैयाँमा थप ६ करोड ७५ लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो। यससँगै प्रभावित स्थानीय तहका लागि उपलब्ध गराइने कुल रकम १३ करोड ५० लाख रुपैयाँ पुगेको छ। निर्णयअनुसार रसुवाका चार स्थानीय तहलाई ४ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइनेछ। उत्तरगया गाउँपालिकालाई १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकालाई २ करोड, कालिका गाउँपालिकालाई ६० लाख र आमाछोदिङमो…
काठमाडौं । चीनले रसुवगढी जोड्ने केरुङ नाका जाने स्थलमार्ग बुधबार बिहान १० बजेदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा आएको छ। यससँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी सडकमार्फत विपद्को मुख्य प्रभावित क्षेत्रमा पुगेर थप व्यापक उद्धार कार्य सञ्चालन गर्न सक्ने चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् । सडक खुलाउने काम विपद्को मुख्य प्रभावित क्षेत्रसम्म पुगेको छ। त्यहाँ भिन्न विधिको समन्वयमार्फत खोज तथा उद्धार कार्य भइरहेको छ। सीसीटिभीका अनुसार पानीका कारण अवरुद्ध भएको सडकको अन्तिम खण्डलाई अस्थायी रूपमा पुनः सञ्चालनमा ल्याइएको छ । जसले गर्दा भारी मेसिनरीसमेत आवतजावत गर्न सक्ने भएको छ। केरुङ नाकाको मुख्य विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय राजमार्ग सफा गर्ने…
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख डोलप्रसाद अर्यालको सचिवालयले जनाएको छ । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधि सभालाई प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकराी दिए । प्रतिनिधिसभाको बैठकमा सुरुमै प्रधानमन्त्री बालेनले सम्बोधन गर्नेछन् । प्रतिनिधिसभामा आजै सभामुख अर्यालले बाढीपछिको विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअगाडि यस अगाडि सभामा राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् । भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी,…
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ७ बजे सम्म १ हजार १ सय ३० जनाको शव फेला परेको छ । रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ गरी १ हजार १ सय २७ जनाको शव फेला परेको हो । फेला परेकामध्ये १ हजार १ सय १३ को लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ । पहिचान नभएका ९ सय ११ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क