Author: Editor

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतवार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने छन्। साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ६ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले महासभामा असोज ८ गते सम्बोधन गर्ने छन्।

Read More

काठमाण्डौं । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भएका छन्। संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै शनिबार राष्ट्रपति निवासमा उक्त विशेष कार्यक्रमको आयोजना गरिएको हो। राष्ट्रपतिको कार्यक्रमअघि आजै सरकारको तर्फबाट काठमाडौंको टुँडिखेलमा पनि संविधान दिवसको मूल समारोह आयोजना गरिएको थियो। टुँडिखेलको औपचारिक कार्यक्रम सम्पन्न भएपछि शीतलनिवासमा विशेष समारोह राखिएको हो।

Read More

काठमाण्डौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकहरूमा राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिए। सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाइका लागि पठाइने छ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ। अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्ने छन्। प्रस्तावित राजदूतहरू— १.⁠ ⁠डा. निश्चलनाथ पाण्डे — भारत २.⁠ ⁠डा. कल्याणराज शर्मा — चीन ३.⁠ ⁠चिरनजंग थापा — संयुक्तराज्य अमेरिका ४.⁠ ⁠पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त…

Read More

काठमाडौँ । संविधान दिवसको अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेकपा एमालेका अध्यक्षसहित, पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ । सो क्रममा नेताहरूले संविधानको रक्षाका लागि सङ्घर्ष गर्न आवश्यक रहेको धारणा राखेका छन् ।

Read More

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी कार्यभार पूरा गर्नु आजको मुख्य दायित्व भएको बताएका छन् । संविधान दिवस २०८३का अवसरमा आज शुभकामना दिँदै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन पूरा गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताए । संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने प्रयत्न स्वीकार्य नभएको उल्लेख गर्दै संयोजक दाहालले संविधानका मूल्य र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्छ ।…

Read More

रसुवा । माथिल्लो त्रिशूली १ को सुरुङ क्षेत्रमा शुक्रवार साँझ फेरि थप ५ वटा शव भेटिएसँगै एउटै सुरुङमा भेटिने शवको संख्या १८ वटा पुगेको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले एउटै सुरुङमा १८ वटा शव भेटिएको जानकारी दिए। नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीद्वारा निरन्तर खोजी कार्य गर्ने क्रममा अडिट ३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा फेला परेका ६ वटा शव विहान रड काटेर निकालिएको थियो। त्यसपछि सोही टनेलमा खोजी कार्यका अपराह्न ७ वटा शव फेला पारिएकोमा त्यसपछि पुन ५ वटा शव देखिएको र ती शव निकाल्न भने बाँकी छ। आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये…

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्। उनले संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने भन्दै सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। संविधान दिवसको अवसरमा शनिबार जारी शुभकामना सन्देशमा आङ्देम्बेले संविधान संशोधनलाई सत्ता स्वार्थको विषय बनाउन नहुने बताएका छन्। उनले बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गरी राष्ट्रिय सहमतिका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनको भनाइमा, ‘त्यसैले त्यस्तो प्रतिवेदनलाई खारेज गरौँ। संविधान संशोधनलाई सत्ता स्वार्थको विषय नबनाऔँ।…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा समाजको पिँधमा रहेका मानिसहरूलाई केन्द्रमा राखिनु पर्ने बताएका छन् । संविधान दिवसको अवसरमा सभापति लामिछानेले जारी गरेको शुभकामना सन्देशमा उनले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने कार्य अझै पूरा हुन नसकेको बताएका छन् । ‘संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बनेमा मात्र लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता सिद्ध हुने छ,’ उनले भने, ‘संविधानलाई जीवन्त दस्तावेज हो, राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसका अन्तर्वस्तु परिस्कृत र संशोधन हुन सक्छन् ।’ उनले संविधानमा नै लेखिएको व्यवस्थाले समीक्षा मागेको र अबको समीक्षा पिँधमा रहेका…

Read More

काठमाडौँ । संविधानसभाबाट नयाँ संविधान जारी भएको ११ वर्ष पूरा भएको छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको नेपालको संविधान जारी भएको थियो । हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । संविधान दिवसको अवसरमा शनिबार संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत सहभागी हुनुभएको छ । समारोहमा नेपाली सेना, सशस्त्र प्रहरीलगायतका सुरक्षा निकायले मार्चपास गरेका थिए भने शान्तिको प्रतीक परेवासमेत उडाइएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.…

Read More

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सहिदका रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्छौं भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोर्‍याउँछु । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।” जनताले सुशासन, विकास, समृद्धि र सामाजिक न्याय मागेका बताउँदै उहाँले सरकारको हरेक कदम त्यही…

Read More