रसुवा । माथिल्लो त्रिशूली १ को सुरुङ क्षेत्रमा शुक्रवार साँझ फेरि थप ५ वटा शव भेटिएसँगै एउटै सुरुङमा भेटिने शवको संख्या १८ वटा पुगेको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले एउटै सुरुङमा १८ वटा शव भेटिएको जानकारी दिए।
नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त उद्धार टोलीद्वारा निरन्तर खोजी कार्य गर्ने क्रममा अडिट ३ टनेलभित्र छडको जालीमा अल्झिएको अवस्थामा फेला परेका ६ वटा शव विहान रड काटेर निकालिएको थियो। त्यसपछि सोही टनेलमा खोजी कार्यका अपराह्न ७ वटा शव फेला पारिएकोमा त्यसपछि पुन ५ वटा शव देखिएको र ती शव निकाल्न भने बाँकी छ।
आयोजनाको ९.८ किलोमिटर लामो सुरुङमध्ये मैलुङबाट करिब साढे पाँच किलोमिटर उत्तरतर्फ दल्दुङ खोलास्थित अडिट–३ को करिब १०० मिटरभित्र सुरूङमा शव फेला परेको हो। बाढीका समयमा आयोजनाको सुरुङभित्र कामका लागि कति जना मजदुर प्रवेश गरेका थिए भन्ने एकिन विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ। अहिलेसम्म योबाहेक नै रसुवा बाढीबाट मृत्यु हुनेको संख्या एक हजार ४१० पुगिसेको छ।
