Author: Editor

काठमाडौँ । आज संविधान दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ । संविधान दिवसका अवसरमा शनिबार टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुनुहुनेछ । प्रदेश तथा स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दल, विभिन्न सङ्घसंस्था र नागरिकस्तरमा समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।

Read More

काठमाडौ । चालु आर्थिक वर्ष २०८३/ ८४ को पहिलो दुई महिना ( साउन–भदौ )  मा २५ अर्ब रुपियाँभन्दा बढीले सरकारको राजस्व बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको भदौसम्म एक खर्ब ८३ अर्ब २० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ जुन गत आवको सोही महिनाको तुलनामा २५ अर्ब ५३ करोड २७ लाख रुपियाँले बढी हो । गत आवको भदौसम्म एक खर्ब ५७ अर्ब ६७ करोड ३९ लाख रुपियाँ राजस्व सङ्कलन भएको थियो । चालु वर्षको भदौसम्म सङ्कलित राजस्वमध्ये एक खर्ब ७२ अर्ब ४२ करोड रुपियाँ कर राजस्व र १० अर्ब ७७ करोड रुपियाँ गैरकर राजस्व रहेको कार्यालयले जनाएको छ । यसबाहेक सरकारले अनुदान…

Read More

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गएको छ । सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसले असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका छ । तर, पूर्वसभापति शेर बहादुर देउवाले भने गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई अस्वीकार गर्दै संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन नेताकार्यकर्तालाई केहीदिन अघि आह्वान गरेका छन्। उनले आफू १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएकाले पार्टी नेतृत्व हस्तान्तरण गर्ने वैधानिक, राजनीतिक तथा नैतिक जिम्मेवारी आफूमा रहेको अपिलमा उल्लेख गरेका छन् । यता सभापति थापाले भने देउवालाई महाधिवेशनमा सहभागी हुन सार्वजनिक रूपमै निम्तो दिएका छन्। बिहीबार…

Read More

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ मा ४० हजार ५४२ वटा भ्रष्टाचारसम्बन्धी उजुरी प्राप्त गरेको जनाएको छ । आयोगले तीमध्ये ८० प्रतिशतभन्दा बढी उजुरी फर्स्योट गरेको छ । आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८२र८३ को ३६औँ वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन पेस गरेपछि आयोगका प्रवक्ताले सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रतिवेदनका प्रमुख तथ्य सार्वजनिक गरेका हुन् । ४६९ पृष्ठको प्रतिवेदनमा आयोगको परिचय, भ्रष्टाचारको प्रवृत्ति, आयोगले दिएका सुझाव तथा आगामी कार्यदिशालगायत विषय समेटिएका छन् । आयोगका अनुसार गत आर्थिक वर्ष प्राप्त कुल ४० हजार ५४२ उजुरीमध्ये ३३ हजार ५१९ वटा सोही वर्ष दर्ता भएका थिए भने…

Read More

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरोले १८ दिन सडक अवरुद्ध बनाएपछि राजधानी भित्रिने यातायातका साधन सहज रुपमा चल्न सकेका थिएनन् । ठूला सवारीसाधन बाटोमै रोकिएका थिए भने साना सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरेर काठमाडौँ ओहरदोहर गर्ने गरेका थिए । मालवाहक ठूला सवारीसाधन राजधानी प्रवेश गर्न सकेका थिएनन् । एलपी ग्यासका बुलेट तराईका उद्योगमा बोटलिङ गरेर लैजानुपर्ने बाध्यता थियो । ठूला मालवाहक ट्रक हेटौँडातर्फबाट गुडाउन चालकलाई निकै कठिन भएको थियो । कतिपय ठूला सवारीसाधन बाटोमै रोकिएका थिए । पर्यटकीय बस चल्न सकेका थिएनन् । सरकारले द्रुत गतिमा गरेका कामका कारण छोटो समयमा नै कृष्णभिरको सडक बनेपछि यातायात व्यवसायी उत्साहित भएका छन्…

Read More

काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि नेपाल आयल निगमले तोकेको प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गरेको हो । भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर १०५ रूपैयाँ ३८ पैसा ढुवानी भाडाबापत थप गरी उपभोक्तासँग लिँदै आएका थिए । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गत भदौ १४ गतेदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गरिरहेका उद्योगले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषामा…

Read More

काठमाडौँ । जेनजी शहीदका पिता एवम् जेनजी कल्याणकारी कोषका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेताहरूले शहीद परिवार र घाइतेहरूको अपमान गरेको भन्दै तत्काल माफी नमागे रास्वपा केन्द्रीय कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लबमा जेनजी शहीद परिवार र घाइतेहरूद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै चौलागाईंले रास्वपाका महामन्त्री विपिन आचार्यले संसद्‌मा आफूहरूलाई ‘अतिवादी र आतंकवादी’ जस्तो चित्रण गरेर घोर अपमान गरेको आरोप लगाए । शहीदको रगत र बलिदानकै जगमा रास्वपा आजको अवस्थामा आइपुगेको स्मरण गराउँदै उनले महामन्त्री आचार्यले संसद्‌मा बोलेका अपमानजनक शब्दहरू संसद्‌को रेकर्डबाट तत्काल हटाउनुपर्ने माग गरे । त्यस्तै, रास्वपा सचेतक क्रान्तिशिखा धितालले ‘जेनजी शहीद स्मृति…

Read More

काठमाडौँ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएको र ५ सय १५ वटा ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासङ्घले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनरको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ । भोटेकोशी बाढीबाट सार्वजनिक यातायात तथा ढुवानी क्षेत्रमा ठुलो क्षति पुगेकाले वास्तविक क्षतिको यकिन विवरण सङ्कलन गर्नुपर्ने महासङ्घको भनाइ छ । महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले…

Read More

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी र कामदारको परिवारका लागि तात्कालीन राहत प्याकेज घोषणा गरेको छ। बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति भएको छ भने थुप्रै आयोजनाको कर्मचारी र कामदारहरु बेपत्ता छन्।प्राधिकरणअन्तर्गतमात्रै ४७ जना कर्मचारी र कामदारको वेपत्ता छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता भएका कर्मचारीरकामदारहरुको आश्रित परिवारलाई बेपत्ता खोजी कार्य गर्न, आफ्नो कुल धर्म अनुसारको सामाजिक संस्कार गर्न र जिवनयापन गर्नको लागि राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले बताए। उनकाअनुसार राहतको पहिलो प्याकेजमा तत्कालका लागि राहतस्वरूप बेपत्ता…

Read More

मुस्ताङ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मुस्ताङको मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थप गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन् । घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ को उद्घाटन कार्यक्रममा सहभागी हुन मुस्ताङ आएकी मन्त्री चौधरीले बिहीबार घरपझोङ गाउँपालिका–२ मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रको अवलोकनका क्रममा यस्तो बताएकी हुन् । केन्द्रका प्रमुख प्रकाश पन्थले केन्द्रमा हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी आवश्यक रहेको भन्दै मन्त्री चौधरीको ध्यानाकर्षण गराएका थिए । उनले केन्द्रका गतिविधि, कार्यक्रम, समस्या तथा चुनौतीबारे पनि जानकारी गराए । जवाफमा मन्त्री चौधरीले फलफूलबाट उत्पादित मदिराको…

Read More