काठमाण्डौं । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा प्रधानमन्त्री बालेन शाह सहभागी भएका छन्। संविधान जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै शनिबार राष्ट्रपति निवासमा उक्त विशेष कार्यक्रमको आयोजना गरिएको हो।
राष्ट्रपतिको कार्यक्रमअघि आजै सरकारको तर्फबाट काठमाडौंको टुँडिखेलमा पनि संविधान दिवसको मूल समारोह आयोजना गरिएको थियो।
टुँडिखेलको औपचारिक कार्यक्रम सम्पन्न भएपछि शीतलनिवासमा विशेष समारोह राखिएको हो।
