Author: Editor
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यस्तै, आजै विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
काठमाडौँ । बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा बूढानीलकण्ठ नगरपालिका–५ मा रहेको अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ ( इस्कोन ) का आठ पदाधिकारी निलम्बनमा परेका छन् । परमेश्वर अच्युत दास भनी चिनिने अध्यक्ष प्रदीप भण्डारीबाहेकका केन्द्रीय पदाधिकारी एवं क्षेत्रीय सचिव पत्री दाससहितलाई सेप्टेम्बर १४ को निर्णयले निलम्बन गरिएको इस्कोनले जनाएको छ । त्यहाँ केही महिनाअघि आश्रित बालबालिकामाथि हिंसा तथा यौन दुर्व्यवहारको घटना भएको थियोे । घटनामा भक्तिवेदान्त गुरुकुलका प्रधानाचार्य सुन्दरगोपाल दास भनिने सुरजकृष्ण श्रेष्ठ पक्राउ परेका थिए । इस्कोनको अन्तर्राष्ट्रिय समितिले भदौ २८ गते ९सेप्टेम्बर १४० गरेको निर्देशनबमोजिम अन्य पदाधिकारी पनि निलम्बनमा परेका हुन् । निलम्बित हुनेमा क्षेत्रीय सचिव इगोर ओबोलोन्कोभ ९पत्री…
काठमाण्डौं । भोटेकोशी बाढीमा परी निधन भएकामध्ये हालसम्म एक हजार ४०३ जनाको शव फेला परेको छ। बाढीपश्चात् छ हजार १५० जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको छ। उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये १०५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचानका लागि ‘डिएनए’ परीक्षणलगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३…
काठमाडौँ । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ । आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको…
दमौली ( तनहुँ ) ,। वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला भन्ने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका–१ का भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीका लागि बुधबारको दिन विशेष रह्यो। लामो समयदेखिको प्रतीक्षा टुङ्गिएर हातमा जग्गाधनी प्रमाणपुर्जा परेपछि उनीहरूको मुहारमा खुसी छायो। जमिन थियो तर आफ्नो नाममा थिएन। वर्षौँदेखि त्यही जमिनमा घर बनाएर, खेतीपाती गरेर जीवन बिताउँदै आएका उनीहरूका लागि जग्गाधनी प्रमाणपुर्जा केवल कागजको एउटा टुक्रा थिएन, आफ्नो बसोबास र भविष्यको कानुनी आधार थियो। पुर्जा हातमा परेपछि उनीहरुले वर्षौँदेखिको चिन्ता हटेको अनुभूति गरे। देवघाट गाउँपालिका–१ को कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समिति तनहुँले भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई…
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहीबार बिहान ७ः३५ बजेको उडानमा काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणक्रममा विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्यबारे छलफल हुने बताइएको छ । भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसैगरी, भ्रमणको दोस्रो दिन शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनी सहभागी हुनेछन्। सोही दिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा। एस जयशंकरसँग भेटवार्ता तय गरिएको छ…
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनलगायत विविध विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
काठमाण्डौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको दाबी गरेको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै विभागले चिनीको सहज तथा पर्याप्त आपूर्ति भइरहेकोले उपभोक्तालाई आवश्यकताभन्दा बढी चिनी सञ्चय नगर्न अनुरोध गरेको छ। हालै भोटेकोशी नदीमा आएको बाढीपहिरो तथा पृथ्वी राजमार्गको विभिन्न खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको र भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको विषयलाई लिएर चिनीको अभाव हुन सक्ने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित गरेपनि अभाव नरहेको विभागको भनाइ छ। भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायतका बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको विभागले जनाएको छ। यस्तै, चिनीको आपूर्ति…
काठमाडौँ। सरकारले धितोपत्र बजारमा सूचीकरण भएका निकायको शेयर निसर्गबाट प्राप्त हुने लाभमा लाग्दै आएको अग्रिम करको दर घटाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले धितोपत्र विनियम बजारमा प्राकृतिक व्यक्तिको हकमा करको दर घटाइएको बताएका हुन्। नयाँ निर्णयअनुसार धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हित निसर्गबाट प्राप्त लाभमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको ७.५ प्रतिशत अग्रिम करलाई घटाएर ३.५ प्रतिशत कायम गरिएको छ। त्यस्तै ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा लाग्दै आएको १० प्रतिशत अग्रिम करलाई घटाएर…
काठमाण्डौं । राष्ट्रिय सभाका सदस्यहरूले दशैँ, तिहारजस्ता महत्त्वपूर्ण पर्व नजिकिएका बेला खाना बनाउने ग्यासलगायत उपभोग्य वस्तुको अभाव हुन नहुने बताएका छन्। सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिक आइपुग्दा पनि ग्यास नपाइने, उपभोग्य वस्तुको मूल्य वृद्धिजस्ता समस्या समाधान हुन नसकेको बताए। सदस्य विष्णुबहादुर विश्वकर्माले प्रसव वेदनाले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन लागेका प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्यायको विषयलाई उठाउनुपर्ने बताए। सदस्य सम्झना देवकोटाले भौगोलिक अवस्थाको याद नगरी नदी किनारमा ठूला बस्ती बसाउँदा समस्या भएकाले अब त्यसमा पुनर्विचार गर्नुपर्ने बताइन्। सदस्य वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जेनजी आन्दोलन भएको उल्लेख गर्दै त्यो मुद्दालाई अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क