काठमाण्डौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकहरूमा राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न १३ मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो। परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिए।
सरकारले सिफारिस गरेका प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाइका लागि पठाइने छ। संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ। अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्ने छन्।
प्रस्तावित राजदूतहरू—
१. डा. निश्चलनाथ पाण्डे — भारत
२. डा. कल्याणराज शर्मा — चीन
३. चिरनजंग थापा — संयुक्तराज्य अमेरिका
४. पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (युके)
५. जिग्यान कुमार थापा — जापान
६. सुरेशकुमार कर्ण — इसराइल
७. प्राप्ति शेरचन — स्पेन
८. शारू जोशी — जर्मनी
९. डा. पद्माक्षी राणा — ओमान
१०. चूडामणि खरेल — मलेसिया
११. प्रा. डा. संगम श्रेष्ठ — दक्षिण कोरिया
१२. डा. मंचला झा — श्रीलंका
१३. गिरीबहादुर सुनार — साउदी अरेबिया
