Author: Editor

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत हुनुहुन्छ । प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते ९सेप्टेम्बर २४० मा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहने छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने…

Read More

काठमाडौँ । प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपत्सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबिचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो । समितिलाई आठबुँदे अधिकारक्षेत्र दिइएको छ । यसअघि २०७२ वैशाख १२ गतेको भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्कालीन संविधान सभारव्यवस्थापिकाले विशेष समिति बनाएको थियो । हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपत्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो ।…

Read More

काठमाण्डौं । असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम विज्ञान विभागले सोमबार जारी गरेको विशेष मौसम बुलेटिनअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ । त्यस्तै, कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित…

Read More

काठमाडौ। चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि रु एक करोड १० लाख प्रदान गरेको छ ।नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आज उक्त रकमको चेक हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे । राजदूत चाङले बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिए ।

Read More

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा उनीहरूले दन्त स्वास्थ्य सेवालाई प्राथमिकता दिन र स्थानीयस्तरसम्म विस्तार, चाडबाडको तथा विपद्को बेला महङ्गो हुने हवाई भाडादर नियन्त्रण गर्नुपर्नेलगायत माग राखे । सांसद अमृता धितालले दन्त स्वास्थ्यले अझै पनि ग्रामीण क्षेत्रसम्म प्राथमिकता पाउन नसकेको बताउँदै यस बारेमा सरकारको ध्यान जानुपर्ने उल्लेख गरिन् । उनले मुखको क्यान्सर नियन्त्रणका लागि पनि दन्त स्वास्थ्य प्रभावकारी बनाउनुपर्ने धारणा रादिन् । सांसद डा अच्युतम लामिछानेले भोटकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सरकारले गरेका कामको जानकारी सनदलाई दिनुपर्ने भन्दै अब पुनःसंरचनाका लागि कुनै कमी हुन नदिने कार्ययोजनासहित काम गर्न सरकारसँग…

Read More

काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको हो । आइतबारदेखि सुरु भएको सचिवालय बैठक निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको थियो । सोही बैठकको निरन्तरता स्वरूप आज सचिवालय बैठक बसेको हो । बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ । यसैगरी एमाले केन्द्रीय कमिटी बैठक बिहान ११ बजे ललितपुरको भैंसीपाटीस्थित रामवाग पार्टी प्यालेसमा बस्नेछ । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै सदस्यलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेको छ । बैठकमा अध्यक्ष ओलीले…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  ले भोटेकोशी बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा बेपत्ता भएकाहरूको द्रुत कानुनी प्रक्रिया पूरा गरी पीडित परिवारलाई सुविधा दिलाउन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय कार्यालय वनस्थलीमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले विपद् व्यवस्थापन, सांगठनिक पुनर्जागरण र कूटनीतिक मामिलामा केन्द्रित रहँदै विभिन्न निर्णयहरू गरेको हो । बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता जगदीश खरेलले विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण सांगठनिक गतिविधिहरू अविलम्ब पुनः सुचारु गर्ने निर्णय भएको बताए। भोटेकोशी बाढीका कारण उत्पन्न सङ्कटप्रति संवेदनशीलता दर्शाउँदै रास्वपाले बाढीमा ज्यान गुमाएका तर पहिचान हुन नसकेका शवहरूको तत्काल डिएनए ९म्ल्ब्० परीक्षण…

Read More

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न विभिन्न उपसमिति गठन गरेको छ। महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठित दस्तावेज निर्माण समितिको पहिलो बैठकले उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो। बैठकले सांसद मनिष खनाललाई समितिको सचिवको जिम्मेवारीसमेत दिएको छ। जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले ‘राइट टु रिकल’को अवधारणा अघि बढाइएको रास्वपाले जनाएको छ। यस अवधारणा अन्तर्गत निर्वाचित जनप्रतिनिधिलाई उनीहरूको कार्यसम्पादनप्रति मतदाताप्रति थप उत्तरदायी बनाउने विषय समेटिनेछ। बैठकले समिति मातहत रहने गरी विभिन्न विषयगत उपसमितिहरू गठनको निर्णय गरेको छ। १.  संवैधानिक तथा सम्बन्धित कानुनी प्रावधान अध्ययन समिति – सुलभ खरेल…

Read More

काठमाडौं । सोमबार संघीय संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १.०० बजे बस्ने गरी बोलाइएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी ( पहिलो संशोधन )  विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यस्तै, दिउँसो १स्१५ बजे…

Read More

काठमाडौं । काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न ९ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन् ।  काठमाडौँ महानगरपालिका को नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व बहन गर्नेगरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन् । रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने यसको उद्देश्यसहित संविधान दिवसको दिन पारेर स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका तथा…

Read More