Author: Editor
काठमाण्डौं । सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीन सरकारी निकायबीच समझदारी भएको छ। पूर्वाधार विकास मन्त्रालयमा मंगलबार यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच यसबारे त्रिपक्षीय सम्झौता भएको हो। सम्झौताअनुसार अब यातायात व्यवस्था विभागले सञ्चालन गरिरहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणालीको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जोडिनेछ। प्रणालीमा डाटा पुगेसँगै लाइसेन्स छपाइको सम्पूर्ण काम सुरक्षण मुद्रण केन्द्रबाटै हुने व्यवस्था मिलाइएको छ। त्यस्तै, प्रणालीमार्फत छापिएका लाइसेन्सहरू सम्बन्धित प्रदेश कार्यालयहरूमा पठाएर वितरण गर्ने वा सेवाग्राहीले चाहेको ठेगानामा सिधै हुलाकमार्फत पुर्याउने कार्यलाई व्यवस्थित बनाइनेछ। यो सम्झौता कार्यान्वयनमा आएसँगै लामो समयदेखि अस्तव्यस्त…
काठमाडौँ। सांसदहरूले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद् व्यवस्थापन र अन्तरराष्ट्रिय सहकार्यका विषय विश्वसामु प्रस्तुत गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको विशेषमा भाग लिँदै उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसँग अपिल गर्नुपर्ने धारणा राखे । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीको भ्रमणमा अन्तरराष्ट्रिय समुदायसमक्ष नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विकासको आधारलगायतका विषय प्रस्तुत गर्नुपर्ने बताइन् । नेपाली कांग्रेसका सांसद सुशीला ढकाल ९आचार्य० ले महासभामा सम्बोधन गर्दा प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरबाट उत्पन्न पीडा विश्वसामु प्रमाणसहित राख्न सुझाव…
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र देखिएका समस्यालाई स्वीकार गरेर व्यवहारमा समेत सुधार गर्नुपर्ने बताएका छन् । समस्या रहेको महसुस गर्ने तर त्यसअनुसार नेतृत्वको व्यवहार परिवर्तन नगर्ने हो भने त्यसले सकारात्मक परिणाम नदिने उनको धारणा छ । मंगलबार जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व शैली तर्फ संकेत गर्दै पार्टीभित्रको समस्या समाधानका लागि आत्मसमीक्षा र व्यवहारिक सुधार आवश्यक रहेको बताएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार पोखरेलले आफूले ओलीलाई अध्यक्ष र नेताका रूपमा स्वीकार गरिरहेको स्पष्ट पारेका थिए । कुनै विषयमा आफूले असहमति राख्दैमा नेतृत्वलाई अस्वीकार गरेको अर्थ नलाग्ने उनको भनाइ…
काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष ( तेस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्। यस्तै, आज विभिन्न चार वटा संसदीय समितिको बैठक पनि बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।
काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ । बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसभित्रै आगो लाग्दा गम्भीर घाइते भएका २५ वर्षीय चालक लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको डाइरेक्टर निजिना ताम्राकारले जानकारी दिइन् । मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो। आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका लामाको उपचारकै क्रममा मृत्यु भएको हो । घटना हुनुभन्दा केही मिनेट अघि १२ः३७ बजे उनले ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको थियो । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका, सिस्नेरी स्थायी घर…
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत हुनुहुन्छ । प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई यही असोज ८ गते ९सेप्टेम्बर २४० मा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री शाहले नेतृत्व गर्नुहुने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहितको सहभागिता रहने छ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने…
काठमाडौँ । प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपत्सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबिचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो । समितिलाई आठबुँदे अधिकारक्षेत्र दिइएको छ । यसअघि २०७२ वैशाख १२ गतेको भूकम्पपछिको उद्धार, राहत र पुनर्निर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्कालीन संविधान सभारव्यवस्थापिकाले विशेष समिति बनाएको थियो । हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी–त्रिशूली विपत्को अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुनर्निर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानुनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो ।…
काठमाण्डौं । असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम विज्ञान विभागले सोमबार जारी गरेको विशेष मौसम बुलेटिनअनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ । त्यस्तै, कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित…
काठमाडौ। चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि रु एक करोड १० लाख प्रदान गरेको छ ।नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आज उक्त रकमको चेक हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री पोखरेलले विपद्को समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि नेपाल र चीनबीच आवश्यक समन्वय र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे । राजदूत चाङले बाढी प्रभावित बालबालिकालाई प्रत्यक्ष सहयोग पुग्ने गरी उक्त रकम उपलब्ध गराइएको जानकारी दिए ।
काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा उनीहरूले दन्त स्वास्थ्य सेवालाई प्राथमिकता दिन र स्थानीयस्तरसम्म विस्तार, चाडबाडको तथा विपद्को बेला महङ्गो हुने हवाई भाडादर नियन्त्रण गर्नुपर्नेलगायत माग राखे । सांसद अमृता धितालले दन्त स्वास्थ्यले अझै पनि ग्रामीण क्षेत्रसम्म प्राथमिकता पाउन नसकेको बताउँदै यस बारेमा सरकारको ध्यान जानुपर्ने उल्लेख गरिन् । उनले मुखको क्यान्सर नियन्त्रणका लागि पनि दन्त स्वास्थ्य प्रभावकारी बनाउनुपर्ने धारणा रादिन् । सांसद डा अच्युतम लामिछानेले भोटकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सरकारले गरेका कामको जानकारी सनदलाई दिनुपर्ने भन्दै अब पुनःसंरचनाका लागि कुनै कमी हुन नदिने कार्ययोजनासहित काम गर्न सरकारसँग…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क