Author: Editor
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले असोज २१ गते सातै प्रदेशको अधिवेशन गर्ने भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सात वटै प्रदेशको अधिवेशन एकैदिन गर्ने मिति तय भएको छ । प्रदेश अधिवेशनका लागि राप्रपाले सातै प्रदेशमा केन्द्रीय निर्वाचन प्रतिनिधि खटाइसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार राप्रपाले कोसीमा भरत पाठक, मधेशमा राजाराम श्रेष्ठ, बागमतीमा प्रा।डा। जयन्तनाथ खनाल, गण्डकीमा अमृत पुडासैनी, लुम्बिनीमा तोरणबहादुर गुरुङ, कर्णालीमा रमानन्द न्यौपाने र सुदूरपश्चिममा श्यामबहादुर शाहीलाई खटाएको हो। राप्रपाले आउँदो मंसिरको २६ देखि २८ गतेसम्म काठमाडौंमा महाविधेशन गर्ने तय गरेको छ। राप्रपाले स्थानीय तह र जिल्लाको अधिवेशन यसअघि नै सम्पन्न गरिसकेको छ । जुम्ला र…
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्। मौसम विज्ञान विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। प्रधानमन्त्री शाहले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय र…
काठमाडौँ। आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश भू(भागमा भारी वर्षाको सम्भावना देखिएपछि सम्भावित बाढी, पहिरो तथा मौसमी विपद्को जोखिम न्यूनीकरणका लागि सरकारले उच्च सतर्कता अपनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित क्षति न्यूनीकरणका लागि अनुगमन, निगरानी तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने भएको छ। प्राधिकरणका अनुसार नदीको जलसतह, वर्षाको मात्रा र सम्भावित जोखिमको ‘रियल टाइम’ निगरानी गर्दै सर्वसाधारणलाई हरेक घण्टा पूर्वसूचना तथा अद्यावधिक विवरण उपलब्ध गराइनेछ। प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरी कुन नदीमा बाढीको सतह कहिले खतराको तहमा पुग्न सक्छ र त्यसको सम्भावित प्रभाव कुन…
काठमाण्डौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन्। पछिल्लो मौसम प्रणाली र सम्भावित जोखिमको अवस्थाबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङसहित जल तथा मौसम विज्ञान विभाग पुगेका मन्त्री श्रेष्ठले पूर्वतयारी र पूर्वसूचनामा एकीकृत रुपमा परिचालित हुन निर्देशन दिएका हुन्। ‘पूर्वतयारी र पूर्वसूचनामा एकीकृत भएर उच्च समन्वयमा काम गर्नुस्,’ उनले मौसम विभागका अधिकारीलाई निर्देशन दिए। मन्त्री श्रेष्ठले गृहमन्त्री मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा एकीकृत समन्वय भई पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिनुपर्ने बताए।प्रभावित क्षेत्रमा अहिले नै…
काठमाण्डौं । सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएपछि सरकारले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले देशका ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै दलको गतिविधिमा संलग्न शिक्षकहरूलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो। पछिल्ला केही दिनयता बैतडी, बाग्लुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भइरहेको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचारहरू सार्वजनिक भएका थिए। शिक्षकहरूको यस्तो संलग्नता प्रचलित ‘शिक्षा नियमावली, २०५९’ को नियम १३३ को उपनियम ९१० को खण्ड ९ग० विपरीत रहेको मन्त्रालयले बताएको छ। मन्त्रालयको विद्यालय शिक्षा…
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको पदभार सम्हालेपछि यो उनको पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा उनले यही असोज ८ गते राष्ट्रसङ्घ महासभाको उच्चस्तरीय सत्रलाई नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका छ।न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। महासभाका विभिन्न सत्र तथा छलफलमा सहभागी भई उनी यही असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको भ्रमण दलमा उनका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी…
काठमाण्डौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनःस्थापनाका लागि सम्भावित जग्गा पहिचानसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरेको हो। समितिका अनुसार पहिचान गरिएका २७७ कित्ता जग्गाको कुल क्षेत्रफल ३,२७९ रोपनी दुई पैसा रहेको छ। जिल्लागत रूपमा रसुवामा १७७ कित्ता, नुवाकोटमा ९४ कित्ता र धादिङमा ६ कित्ता जग्गा पहिचान गरिएको छ। क्षेत्रफलका आधारमा भने नुवाकोटमा सबैभन्दा धेरै २,६६५ रोपनी ६ आना १ पैसा १ दाम, रसुवामा ५९१ रोपनी ९ आना…
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) ले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ। मंगलबार बसेको पार्टीको संयोजन समिति बैठकले सदस्यता वितरण तथा नवीकरण, संगठन निर्माणलगायत विषयलाई अभियानसँग जोडेर अघि बढाउने निर्णय गरेको हो। पार्टीले अभियानका क्रममा संगठन निर्माण तथा बाँकी रहेका संगठनात्मक कामको समायोजन, सदस्यता वितरण र नवीकरण अभियानलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ। अभियानको विस्तृत कार्ययोजना दसैँअघि बस्ने सचिवालय बैठकले पारित गर्ने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। बैठकले रसुवालगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका काममा सक्रियतापूर्वक लाग्ने निर्णयसमेत गरेको छ। बाढीपहिरोमा ज्यान गुमाएका…
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवावारी दिएका छन्। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन अमेरिका जाने भएपछि वाग्लेलाई कार्यवाहकको जिम्मा दिइएको हो। महासभामा भाग लिन प्रधानमन्त्री शाह आज मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने तालिका छ। उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनी असोज १० गते स्वदेश फिर्ता हुनेछन्।
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ। हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खाताहरूमा गरी कुल १५ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार दैवी प्रकोप उद्धार कोषअन्तर्गत नेपालका नौ वटा वाणिज्य बैंकहरूमा सञ्चालित खाताहरूमा रु। ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ जम्मा भइसकेको छ। यसैगरी विदेशी सहायता तथा सद्भावस्वरूप प्राप्त हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका डलर खाताहरूमा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर सञ्चित रहेको छ। स्वदेशी तथा विदेशी मुद्रा खाताहरूको कुल हिसाब…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क