Author: Editor
काठमाण्डौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र, राष्ट्रियता र समाजवादको संरक्षणका लागि कांग्रेस सदैव दृढ रहने प्रतिबद्धता व्यक्त गरेका छन्। बीपी कोइरालाको ४४औँ स्मृति दिवसमा देउवा देउवा पक्षका नेताहरूले आयोजना गरेको स्मृति सभाका लागि सन्देश पठाएका थिए। देउवाले पठाएको सन्देश कांग्रेस नेता मिन विश्वकर्माले पढेर सुनाएका थिए। उपचारका क्रममा विदेशमा रहेका देउवाले पठाएको सन्देशमा बीपी कोइरालाको मेलमिलापको नीति र जनताको सर्वोच्चताप्रतिको विश्वास आज पनि नेपाली राजनीतिको मुख्य मार्गदर्शक सिद्धान्त रहेको उल्लेख छ। बीपी कोइरालाको नेतृत्वबाट राजनीतिक यात्रा सुरु गरेको ६ दशकभन्दा लामो अनुभव स्मरण गर्दै देउवाले लोकतान्त्रिक संस्कार र मूल्य(मान्यता नै आफ्नो राजनीतिको प्रेरणा स्रोत रहेको बताएका…
काठमाडौँ । व्यवसायी शंकर अग्रवाललाई पक्राउ परेका छन् । अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) का एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए । शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि पनि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका थिए । अग्रवाललाई प्रहरीले बुधबार नै उच्च अदालत पाटनमा थुनछेक प्रयोजनका लागि उपस्थित गराएको छ। उक्त मुद्दाको अभियोग पत्रमा अग्रवाललाई फरार प्रतिवादीका रूपमा उल्लेख गरिएको थियो।
काठमाण्डौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्कमा पूरै छुट दिने निर्णय गरेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बुधबार लगेको उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकले सदर गरेको हो। आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को ९१० बमोजिम पूर्ण रूपमा छुट दिने अर्थमन्त्रीको मन्त्रीस्तरीय निर्णय आजको मन्त्रिपरिषद्मा पेस भएको थियो। त्योसँगै मन्त्रिपरिषद् बैठकले दुवै शुल्कमा पूर्ण छुट दिने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० सँगको परामर्शपछि वाग्लेले बुधबार मन्त्रीस्तरीय निर्णय गरेर हाललाई उक्त शुल्क छुट दिने निर्णय गरेका थिए। आर्थिक वर्ष…
काठमाडौँ । विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्रीले मुलुकको हस्तकला उद्योग, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासङ्घका प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् । छलफलमा महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाक्ख्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुने बताइएको छ ।
काठमाण्डौं । राष्ट्रिय सभामा दलहरूले जरूरी ध्यानाकर्षण प्रस्ताव दर्ता गरेका छन्। मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रस्तावमा विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० र जनता समाजवादी पार्टी ( जसपा ) नेपालको समर्थनमा आज प्रस्ताव दर्ता भएको हो। जरूरी सार्वजनिक महत्त्वको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन आज बिहान ११ बजे राष्ट्रिय सभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गराइएको दलहरूले जनाएका छन्। नेपाली जनताको जीउधनको क्षति हुने सक्ने अत्यावश्यक र संवेदनशील विषयहरूमा सदनलाई तत्काल जानकारी गराउन तथा सरकारलाई आवश्यक निर्देशन दिन अपरिहार्य रहेकोले यो ध्यानाकर्षण प्रस्ताव पेस गरिएको दलहरूको भनाइ छ। यस्ता छन् मुख्य सवाल– १. मनसुन पूर्वतयारी तथा…
काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले भोलि ९बिहीबार०देखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । दार्चुलाबाट आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण डा।केसीले २२ औँ पटकको अनशन बस्ने घोषणा गरेका हुन् । यसअघि सरकारलाई माग सम्बोधनका लागि साउन ५ गतेसम्मको समयसीमा दिइएको भए पनि कुनै सुनुवाइ नभएपछि अनशन सुरु गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवारी वर्तमान सरकारले नै लिनुपर्ने चेतावनी दिएका छन् । विज्ञप्तिमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक क्षेत्र हुनुपर्नेमा जोड दिँदै ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’…
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज रु एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत रु एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको हो। बोलकबोल आज अपराह्न ३ः०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ भने निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिनेछ। सूचनाअनुसार निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। साँवा तथा ब्याज २०८३ असोज २७ गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम रु १० करोडदेखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एउटै सहभागीले…
काठमाडौँ । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजनीनामा दिएका हुन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा ( २ ) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ। बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा थिए।…
काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा असम्बन्धित अश्लील भिडियो प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा आज एक पोष्ट साझा गर्दै शाहीले यस्तो गतिविधि आफ्नो चरित्रहत्या गर्ने नियतले गरिएको उल्लेख गरेका छन् । ‘यदि संसारको कुनै पनि ठाउँको असम्बन्धित अश्लील भिडियो ल्याएर ‘यो तिम्रो हो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरियो भने, त्यसपछि तिम्रो परिवारका सदस्यहरूले तिमीलाई कसरी हेर्थे रु’ शाहीले फेसबुकमा लेखेका छन् । उनले आफ्नो चरित्रहत्या गरेर प्रश्न सोध्नबाट नरोकिने र सत्यको पक्षमा लड्नबाट पछि नहट्ने पनि बताएका छन् । ‘चरित्रहत्या गरेर ज्ञानेन्द्र शाही…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क