Author: Editor

काठमाडौँ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोइरालाको वि.सं. २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाले नेपालको राजनीतिक परिवर्तन र नेपाली साहित्यको श्रीवृद्धिमा पुर्‍याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूले देशभर श्रद्धाञ्जली सभा, विचार गोष्ठी तथा अन्य रचनात्मक कार्यक्रमहरूको आयोजना गरेका छन् । वि।सं।२०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले आफ्नो कार्यकालमा बिर्ता उन्मूलन र ‘जमिन जोत्नेको’ भन्ने क्रान्तिकारी…

Read More

काठमाडौं । नेपाली कांग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको केही हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ । बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको जानकारी दिएका हुन् । उनका अनुसार कोषयमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको छ । उक्त रकम हाल विस्थापित भएका सुकुमवासी परिवार, विशेषगरी एकल महिला र स्कुल जानबाट बन्चित बालबालिकामा खर्च गरिने उनले बताए । पार्टीका साथीहरूले सदस्यता शुल्कका रूपमा पार्टीको कोषमा जम्मा गर्नुभएको रकमबाट आजदेखि हामीले मानव सहायता कल्याण कोष स्थापना गर्ने निर्णय गरेका छौं,’ थापाले कार्यक्रममा भने । कोषको रकम परिचालनका…

Read More

काठमाण्डौ. । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट ( ३० वटाको )  रु ४५० बाट ५०० पुगेको छ । मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ। सानो अण्डा रु ४१५ पुगेको छ। सबैमा प्रतिक्रेट रु ५० बढेको हो। नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए। दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँको माइतीघर क्षेत्रमा भएको डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएकी छन्। मंगलवार साँझ डुवान हुने क्षेत्रको अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई उनले डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन्। अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी सहभागी थिए। माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ। निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ। अनुगमनका क्रममा डुबानको प्रारम्भिक…

Read More

बागलुङ। जैमिनी नगरपालिका–८, छिस्तीको बेलबगरमा खसेको पहिरोले कालीगण्डकी कोरिडोर सडकको बागलुङ खण्ड पाँच दिनदेखि ठप्प छ । निरन्तरको वर्षाले पहिरो पन्छाउन समस्या भएपछि शुक्रबारदेखि अवरुद्व सडक अझै खुल्न सकेको छैन । सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएको छ । बागलुङबाट गुल्मी, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीसम्म यात्रुवाहक सवारी र खाद्यान्न बोकेर आएका मालवाहक ट्रक बेलबगरमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको समन्वयमा जेसिबी मेसिन परिचालन गरी पहिरो हटाउने कार्य भइरहे पनि निरन्तरको वर्षाले काम प्रभावित भएको छ । पहिरो ठुलो तथा जटिल प्रकृतिको भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन समय लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । पहिरो…

Read More

जनकपुरधाम । सरकार र मिटरब्याज पीडितबिच भएको नौबुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै ऋण लगानी गर्ने साहु–महाजनहरू आन्दोलनमा उत्रिएका छन्। मङ्गलबार जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि प्रदर्शन गर्दै उनीहरूले सरकारसँग उक्त सहमति तत्काल खारेज गर्न माग गरेका हुन्। पीडित लेनदेन संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले ‘नौबुँदे सम्झौता खारेज गर’ र ‘गृहमन्त्री राजीनामा दे’ लगायतका नाराबाजी गरेका थिए। समितिका संयोजक विजय यादवले सरकारले कानुनी प्रक्रिया तथा सरोकारवालासँग पर्याप्त छलफल नगरी मिटरब्याज पीडितसँग एकतर्फी सहमति गरेको आरोप लगाउनुभयो। उहाँले उक्त सहमतिका कारण कानुनी रूपमा ऋण लगानी गर्ने साहु–महाजनहरू थप समस्यामा परेको दाबी गर्नुभयो। यादवले नौबुँदे सहमतिको पुनरावलोकन गर्दै…

Read More

काठमाडौँ । नेपाली कांग्रेसले जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ कार्यक्रम आयोजना गरेको छ। बुधबार बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापासहित पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो। जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमअन्तर्गत कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘ग्रीन रन’ आयोजना गरेको हो। काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले आज आयोजना गरेको ग्रीन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ। ललितपुरको युएन पार्कबाट सुरु भएको ग्रीन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेस…

Read More

नयाँदिल्ली । भारतमा चिकित्सा शिक्षा प्रवेश परीक्षा ( नीट )  को पेपर लीक प्रकरणलाई लिएर राजनीतिक तनाव उत्कर्षमा पुगेको छ। संघीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रधानमन्त्री निवास बाहिर प्रदर्शनमा उत्रिएका लोकसभाका विपक्षी दलका नेता राहुल गान्धी, कांग्रेस नेता प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलाई दिल्ली प्रहरीले हिरासतमा लिएको छ। कांग्रेस र विपक्षी सांसदहरूले मंगलबार दिउँसो ७ लोक कल्याण मार्गस्थित प्रधानमन्त्री निवास बाहिर आकस्मिक धर्ना सुरु गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका विपक्षी नेताहरूलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको हो। कांग्रेस प्रवक्ता पवन खेराले प्रहरीले राहुल…

Read More

काठमाडौँ । नागरिकको चर्को आलोचना र विरोधपछि सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने भएको छ । प्रधानमन्त्री बालेन शाहले मंगलबार फेसबुकमार्फत सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरेको जानकारी गराएका हुन् । तर रमाईलो त के छ भने अर्थमन्त्री डा.स्वर्णिम वाग्ले कर लगाउने प्रधानमन्त्री हटाउने ? यो कस्तो तालमेल हो । फेसबुकमा उनले लेखेका छन् ,‘निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३५ समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क…

Read More

काठमाण्डौं । नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणको बोलपत्र आह्वान गर्दा भ्रष्टाचार गरेको र श्रीमतीको नाममा जग्गा खरिद गरेको भन्दै एक करोड ७१ लाख रुपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो। अधिकारीले प्राधिकरणबाट आह्वान गरेको बोलपत्रमा सहभागी भएका कम्पनी तथा कम्पनीका सेयरधनी लगायतका व्यक्तिहरू समेतको खाताबाट जग्गा बिक्रेतालाई रकम भुक्तानी गरी श्रीमतीको नाममा जग्गा खरिद गरेको खुलेको थियो। यसरी १ करोड ७१ लाख रूपैयाँ घुस बापत गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालसमेतबाट लिएको पुष्टि भएको अख्तियारको दाबी छ। यसरी लिएको रकमबाट श्रीमतीको नाममा…

Read More