Author: Editor

काठमाण्डौं । पूर्वअर्थमन्त्री रामशरण महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ। मंगलबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मुलतबीमा राख्न अस्वीकार गरेको हो। ‘प्रस्तुत मुद्दामा प्रतिवादी रामशरण महत यी निवेदक रोशना महतका साथ अदालतमा उपस्थित भएका बखत निजको स्वास्थ्य अवस्था समेतलाई दृष्टिगत गरी इजलासबाट कानुनबमोजिम उपयुक्त आदेश हुन सक्ने नै हुँदा प्रस्तुत निवेदन माग बमोजि हाल मुलतबी राख्न मिलेन। कानुनबमोजिम गर्नू,’ आदेशमा भनिएको छ। यसअघि अदालतले अस्पतालसँग स्वास्थ्य जाँचको प्रतिवेदन माग गरेको थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री महतसहित ५ जना मन्त्रीहरू र १० जना पूर्वसचिवसहित ५५ जना…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सरकारले लोकतान्त्रिक संस्थामाथि दबाब सिर्जना गर्दै प्रतिशोधको राजनीति अघि बढाएको आरोप लगाएका छन्। जननायक विपी कोइरालाको स्मृति दिवसका अवसरमा जारी दुई पृष्ठ लामो सन्देशमार्फत देउवाले लोकतन्त्र, संविधान र राष्ट्रियताको रक्षा अहिलेको प्रमुख आवश्यकता भएको बताएका हुन्। देउवाले स्वतन्त्र न्यायपालिका, संवैधानिक निकाय तथा लोकतान्त्रिक प्रणालीमाथि दबाब सिर्जना गर्ने संकेत देखिएको उल्लेख गर्दै कार्यकारी नियन्त्रणमार्फत प्रतिपक्षलाई आतंकित बनाउने प्रयास भइरहेको दाबी गरेका छन्। यस्तो अवस्थामा नेपाली कांग्रेसको जिम्मेवारी केवल प्रतिपक्षको भूमिका निभाउनेमा सीमित नरही लोकतन्त्र, संविधान, राष्ट्रियता र जनताको अधिकारको रक्षा गर्ने ऐतिहासिक दायित्वसमेत थपिएको उनको भनाइ छ। उनले लोकतन्त्रभन्दा ठूलो कुनै विकल्प नरहेको उल्लेख…

Read More

काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् । आर्थिक वर्ष २०८३र८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा मंगलबार सबै मन्त्रालयका सचिवहरूसँगको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन्। ‘प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरू सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ,’ छलफलमा मन्त्री वाग्लेले भने। ‘एउटा स्पष्ट सोच त आएको छ। एउटा सुशासन। यो हाम्रो एकदमै जिरो टोलरेन्स हैन यो इन्टेग्रिटी, जिरो टोलरेन्स टु करप्सनका मान्यतामा हामी कडा छौँ’, अर्थमन्त्री वाग्लेले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरु यसमा वी आर हेल्ड एकाउन्टेबल बाइ नेपाली जनता, बाइ आवर…

Read More

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका(१ मा रोकिराखेको बा ५ च ३०३८ नम्बको कारमा आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिए। उनका अनुसार उक्त कारभित्र एक जना व्यक्ति समेत थिए। आगलागी कसरी भएको हो भन्ने खुलेको छैन। कारमा एक व्यक्ति समेत रहेको खुलेको छ। उनको भित्र जलेर मृत्यु भएको खबर प्राप्त भएको छ,’ उनले भने। अहिले आगलागी नियन्त्रणमा लिइएको उनले बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

Read More

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुनेछन्। छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुनेछ। प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी९व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै उहाँहरूले भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिँदै आएका छन्।

Read More

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ। यस सिरिजमा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुन लागेको हो। आठ टोली सहभागी सिरिजमा हाल पाँचौँ स्थानमा रहेको नेपाललाई शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल छनोट हुन अबका खेलहरु जित्दै जानुपर्ने छ। एक समय सिरिजमा निराश देखिएको नेपालले गत जेठमा घरेलु मैदान कीर्तिपुरमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलिएको सिरिजका आठ खेलमध्ये ६ खेलमा जित निकाल्दै आफुलाई पाँचौँ स्थानमा उभ्याएको थियो। नेपाल घरेलु मैदानमा दुई सिरिज खेल्नुअघि सातौँ स्थानमा थियो। अब नेपालले…

Read More

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गरेका कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ । असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिस गरेको थियो । सोही बैठकले निर्वाचन आयुक्त पदमा डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय समितिबाट प्रस्तावित ती पदहरुको नाम अनुमोदन…

Read More

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न भागमा अविरल वर्षा, बाढीपहिरोलगायत विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ। मन्त्रालयको पत्रअनुसार विपद्को अवधिभर कर्मचारीहरूले कार्यालय नछोडी समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख छ। हाल बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याइ सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी पूरा गर्न मन्त्रालयले निर्देशन दिएको हो। मन्त्रालयले विपद्सम्बन्धी सूचना सङ्कलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण र अन्य आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा सङ्घीय निकायसँग निरन्तर सम्पर्क र…

Read More

काठमाण्डौं । सरकारले संघीय संसद्का सदस्यहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था राजपत्रमा प्रकाशित गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार नेपाल राजपत्रमा प्रकाशित व्यवस्थाअनुसार संघीय संसद्का सदस्यहरूले राजपत्राङ्कित तृतीय श्रेणी ( रा.प. तृतीय )  को एक जना स्वकीय सचिव राख्न पाउनेछन्। यस्तै, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले राजपत्राङ्कित प्रथम श्रेणी ( रा.प.प्र. )  सरह का एक जना प्रमुख स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ। उनीहरूले यसबाहेक एक–एक जना द्वितीय श्रेणी र तृतीय श्रेणी का स्वकीय सचिवसमेत नियुक्त गर्न सक्नेछन्। राजपत्रमा विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, प्रमुख सचेतकहरू तथा संसदीय समितिका सभापतिले पनि द्वितीय श्रेणी का स्वकीय…

Read More

काठमाडौँ । कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीले अब बच्चा जन्माउन पाउने भएका छन् । मन्त्रिपरिषदले कारागार नियमावली संशोधन गर्दै कैदीबन्दीको सुविधा विस्तार गर्ने व्यवस्था गरेको हो । कारागार नियमावली २०८३ अनुसार कैदीबन्दीले कारागारमा नैसर्गिक मानवीय अधिकार तथा सन्तान उत्पादन गर्ने ( प्रजनन )  अधिकार पनि पाउने उल्लेख गरिएको छ । मन्त्रिपरिषद्ले असार ३२ मा स्वीकृत गरेको नियमावली अनुसार कारागारमा पति र पत्नी भेटघाट सुविधा उपलब्ध गराइने छ । कारागार ऐन २०७९ को दफा २३ मा भएको प्रजनन अधिकार उपलब्ध गराउनुपर्ने सुविधा कार्यान्वयन गर्न निमायवलीले व्यवस्था गरेको हो । प्रजनन अधिकार उपलब्ध गराउन पति–पत्नी निश्चित समय कारागारमा सँगै बस्न पाउने छन्…

Read More