Author: Editor
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श ( एजुकेसन कन्सल्टेन्सी ) क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा आज सरोकारवालासँग छलफल गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलको उपस्थितिमा मन्त्रालयमा हुने छलफलमा शैक्षिक परामर्श क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । मन्त्रालयका अनुसार शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको छलफलमा कन्सल्टेन्सी व्यवसायको वर्तमान अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या तथा चुनौती, गुणस्तरीय शैक्षिक परामर्श सेवाको प्रवद्र्धन, नीतिगत सुधार र नियामकीय व्यवस्थाबारे विस्तृत छलफल हुनेछ । छलफलमा नेपाल शैक्षिक परामर्श संघ ( इक्यान ) , स्वतन्त्र शैक्षिक परामर्श संघ ( फेकन…
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा ९एमाले०, नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनुभएको थियो । उहाँ सहिद गङ्गालालको भाइ हुनुहुन्छ । पुष्पलालले कार्लमाक्स र फेडरिक एङगेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्नुभएको थियो । विसं २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी,…
काठमाडौं । विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन्।भेटघाटमा चिया उद्योगीहरुले भोग्दै आएका समस्या र समाधानका उपायबारे छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीले आज विहान ११ बजे भेटघाटको समय राखेको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ। प्रधानमन्त्री बालेनले हिजो मात्रै हस्तकला महासंघका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए। त्यसअघि उनले उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि भेटघाट गरेका थिए। तर यी छलफलहरुमा अर्थ मन्त्री र अन्य सम्बन्धित मन्त्रीहरुलाई भने सहभागी गराइएको थिएन। प्रधानमन्त्री बालेनले आज अर्गानिक…
काठमाण्डौं । डिजिटल’ रूपान्तरण, कृत्रिम बौद्धिकता ( एआई ) , साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले सूचना प्रविधिसम्बन्धी मेलाको आयोजना हुने भएको छ। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेसले आयोजना गर्ने उक्त मेलाको नाम ‘एनएएस आइटी एक्स्पो’ राखिएको छ। मेला आगामी मङ्सिर ५ र ६ गते ( नोभेम्बर २१–२२ ) आयोजना हुनेछ। मेलामा नेपालको प्रविधि क्षेत्र, व्यवसायी, नीतिनिर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी र प्रविधिप्रेमीलाई एकै स्थानमा ल्याएर नवप्रवर्तन, सहकार्य र व्यावसायिक अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस वर्षको मेलाले प्रविधि कम्पनीलाई आफ्ना नयाँ समाधान प्रस्तुत गर्ने, व्यवसायसँग प्रत्यक्ष जोडिने र…
चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन । सङ्क्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले नियन्त्रित अवस्थामा छ । बर्डफ्लु देखिएका क्षेत्रको वरिपरिका नमूना ल्याएर परीक्षण गर्दैछौँ ।” विभागको तथ्याङ्क अनुसार चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा…
काठमाडौँ । पूर्वराष्ट्रपति डा। रामवरण यादवले लोकतन्त्रको मर्म नबुझ्ने व्यक्तिहरू अहिलेको शासन सत्तामा रहेको टिप्पणी गरेका छन्। बुधवार काठमाडौँमा चक्रप्रसाद बाँस्तोला बौद्धिकता र विद्रोह नामक पुस्तक विमोचन समारोहमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले अर्थमन्त्रीले संघीयता नराख्ने भनेर बोल्ने गरेको भन्दै आपत्ति जनाए। पूर्वराष्ट्रपति यादवले संघीयता खारेज गर्नुपर्ने अभिव्यक्तिले देशलाई पछाडि धकेल्ने बताए। अन्ताराष्ट्रिय निकायमा काम गरेको र देशको आर्थिक–सामाजिक रूपान्तरण गर्ने अपेक्षा गरिएका विद्वान व्यक्तिहरूबाटै संघीयता विरोधी धारणा आउनु दुर्भाग्यपूर्ण रहेको उनको दावी छ। उनले लोकतन्त्रको मर्म र संविधानको भावना नबुझ्नेहरूले वर्तमान व्यवस्थालाई कमजोर बनाउन खोजेको आरोप लगाए। यादवले भने, ‘अहिलेको शासन व्यवस्थामा लोकतन्त्रको मर्म नबुझ्ने मानिसहरू छन्। संविधानको…
सुनसरी। सशस्त्र प्रहरी बल नेपालको सुनसरीमा रहेको नं. १ बराह बाहिनी मातहतका इकाईबाट एक आर्थिक वर्षको अवधिमा ३० करोड बढीको भन्सार छलीको सामान बरामद गरेको छ । उक्त बाहिनीमाततहका इकाईबाट आर्थिक वर्ष २०८२/ ०८३ मा ३० करोड ३ लाख ३३ हजार ८४९ रुपैयाँ बराबरको चोरी पैठारी तथा निकासीको सामान बरामद गरी राजश्व तथा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । जसमा लत्ताकपडा, खाद्यान्य लगायतका विभिन्न प्रकारका सामान रहेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । सोही अवधिमा बाहिनीमातहतका कार्यालयबाट २ वटा पेस्तोल, १ वटा म्यागजिन, ४ राउन्ड गोली र २ वटा भरुवा बन्दुकसहित २ जना व्यक्ति पनि पक्राउ परेको उनले…
काठमाडौँ । यही साउन १ गते मिटरब्याज ( अनुचित लेनदेन ) पीडितसँग सरकारले गरेको सहमति अनुमोदन गर्दै उनीहरूसँग सम्बन्धित फर्जी लिखतहरू तत्काल लागू हुनेगरी अवैध घोषणा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो । त्यसैगरी बैठकले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई…
काठमाण्डौं । आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने र नेपाललाई ‘आयुर्वेदिक स्वास्थ्य पर्यटन’ को प्रमुख गन्तव्यका रूपमा विकास गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा आयोजित छलफलमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार र नीतिगत व्यवस्थापनबारे छलफल भएको हो। मन्त्री मेहताले नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्न सरकार आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताइन्। छलफलमा पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका…
काठमाण्डौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय भेला बोलाएको छ भने यससँगै कांग्रेस औपचारिक रुपमा विभाजनको दिशातिर गएको छ।कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसर काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय भेलाको घोषणा भएको हो। कार्यक्रमका संयोजक तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला बोलाएको घोषणा गरेका हुन्। हाम्रो राष्ट्रिय भेला साउन २९ गते हुन्छ। काठमाडौंमा हुन्छ। यो थ्रेट होइन। काम गरेर देखाउने हो। हिजो पनि देखाएको हो,’ उनले भने। यस्तै, कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजनीतिबाट निष्क्रिय नबस्ने भन्दै युवालाई अघि सारेर हिँड्न तयार रहेको बताए। ‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ। हामी युवालाई अघि…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क