Author: Editor

काठमाडौं। काठमाडौं सामाखुसीकी सानु थापाले सौन्दर्यकर्मीहरूको सौन्दर्य प्रतियोगिता ब्युटिसियन नेपाल –२०२६ को ताज पहिरिन सफल भएकी छन्। आइतबार राजधानीको ज्यापु एकेडेमीमा सन्पन्न प्रतियोगीतामा दर्जनबढी प्रतियोगीलाई पछि पार्दै थापाले ताज पहिरिएकी हुन्। ताजसँगै उनले नेफा अवार्ड २०२६ लण्डनको लागि इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन्। हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रमको फस्ट रनरअप अन्जली गोले र सेकेण्ड रनरअप सरिता श्रेष्ठ बन्न सफल भए। ब्युटिसियन नेपाल कार्यक्रमको उक्त बाह्रौं संस्करणमा पेशागत सीपका साथै ब्युटिसियनहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। सौन्दर्य कर्म अरुको शृङ्गारमा मात्र सीमित हुनु हुँदैन,आफू पनि भित्री र बाहिरी सुन्दरतालाई निखारता ल्याउँदै मञ्चमार्फत प्रस्तुत हुनुपर्छ भन्ने उद्देश्य बोकेको सो कार्यक्रमको फाइनलमा…

Read More

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । पार्टीको केन्द्रीय संयोजन समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी निकट जनवर्गीय सङ्गठनलाई व्यवस्थित बनाउन आगामी जेठ मसान्तभित्र सङ्घीय, प्रदेश, पालिका, वडा सङ्गठनको समायोजन सम्पन्न गर्ने कार्यसूची छ । आगामी कात्तिक १५ भित्र सबै प्रदेशका अधिवेशन पूरा गर्ने बैठकले निर्णय गरेको छ । उक्त निर्णयलाई पार्टीको माथिल्लो बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

Read More

काठमाण्डौं । सरकारले सुकुम्बासी बस्ती भत्काएपछि आफ्नो घरजग्गा नभएको भन्दै नाम टिपाउने पीडितको संख्या बढ्दै गएको छ। सोमबार अपराह्नसम्म ८९१ परिवारले विवरण टिपाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नदी तथा खोला किनारका सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएपछि शनिबार र आइतबार काठमाडौँका पाँच बस्तीमा डोजर चलेको थियो। बस्तीबाट हटाइएका सुकुम्बासीलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण संकलन गर्न थालिएको थियो। रंगशालामा आएर सोमबार अपराह्नसम्म ८९१ परिवारले विवरण टिपाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ती परिवारमा दु ३ हजार ७९२ जना रहेका छन्। नाम टिपाउने क्रम जारी रहेको छ। ‘आफ्नो जग्गा, घर, आयस्रोत नभएको र सहयोग गर्ने कोही नभएको भनेर सरकारको सम्पर्कमा आउने क्रम बढेको छ,’…

Read More

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजाने बताएका छन् ।सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङ्देम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको बताए । संसदीय दलको नेताका लागि लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनमै जान सकिने भए पनि केन्द्रीय समितिमा रहेका र नरहेका सबैको सहमतिमा धेरैको चाहनाअनुसार सहमतिबाट नेतृत्व छनोट गरिएको सभापति थापाको भना थियो । “संसदीय दलको नेता चयनमा समय लागे पनि अन्तिममा सहजतापूर्वक सहमतिबाट नेतृत्व निर्विरोध निर्वाचित भएको छ, यसमा आदरणीय नेता अर्जुननरसिंह केसी र मोहन आचार्यको सहमति छ”, उनले भने…

Read More

काठमाडौं। सर्वोच्च अदालतले काठमाडौंका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विषय विरूद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश शान्तिसिंह थापाको एकल इजलासले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकालाई लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त विषयमा दुवै पक्षको छलफलका लागि यही वैशाख २२ मा बोलाउने आदेश भएको छ । गोपाल रन पहलीसमेत ११ जनाले यही वैशाख ११ गते सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्ध रिट निवेदन दर्ता गरेका थिए । काठमाडौंका नदी किनाराका सुकुम्वासी बस्ती खाली गर्न…

Read More

काठमाडौं । सशस्त्र प्रहरी बलको १३ औँ महानिरीक्षक ( आईजीपी )  मा नारायणदत्त पौडेल नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १९ गतेदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो । सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी वैशाख १८ गते अवकाश पाउँदैछन् । उनी २०७९ वैशाख १८ गते आईजीपी नियुक्त भएका थिए । सशस्त्र प्रहरी सेवा नियमावलीले सेवा प्रवेश गरेको ३० वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरेको छ । त्यसमध्ये विभिन्न पदका पदावधि तोकिएको छ । आईजीको पदावधि चार वर्ष तोकिएको छ । अर्याल ३० वर्षे सेवाअवधि पूरा हुनुभन्दा २३ महिनाअगावै पदको अवधि पूरा गरी…

Read More

काठमाण्डौं । नेपाली कांग्रेस पार्टी स्थापनाको ८० वर्षमा पहिलो पटक जनजाति समुदायबाट संसदीय दलको नेता चयन गर्ने भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबरमा सोमबार बस्ने बैठकले पार्टी नेता भीष्मराज आङ्देम्बेलाई सर्वसहमतिबाट दलको नेता चयन गर्न लागेको हो। सोमबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनलाई दलको नेता बनाउने सहमति भएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा दोस्रो दलमा खुम्चिएको कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको थिएन।  अन्य सबै दलले संसदीय दलको नेता चयन गरिसके पनि आन्तरिक किचलोका कारण कांग्रेसले दलको नेता चुन्न सकेको थिएन। प्रत्यक्ष र समनुपातिकतर्फ गरी जम्मा ३८ सिटमा खुम्चेको कांग्रेसमा दलको नेताका लागि अर्जुननरसिंह केसी,…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन्। थापाथलीस्थित वागमती नदी किनाराको निरीक्षणपछि उनले वागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वयमा तारबार लगाउने काम थाल्न निर्देशन दिएकी हुन्। शनिबार काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा अतिक्रमण गरी निर्माण गरिएका १४३ घरटहरा भत्काइएको थियो। जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएका ती संरचना भत्काइएपछि घरबारविहीन बनेका ३४ परिवारका ११५ सदस्यलाई महानगरपालिकाको सहयोगमा राधास्वामी सत्सङ्ग भवन कीर्तिपुरमा राखिएको छ। काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमित गरेर बनाइएका एक हजार २७२ घरटहरा भत्काइएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी…

Read More

नवलपुर । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने सडक एकतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार पूर्वी खण्डमा अब २०० मिटर लम्बाइमा मात्र सडक ढलानको काम गर्न बाँकी रहेको छ। २०० मिटर ढलानको काम सकिएपछि एकतर्फी ढलानले सडक जोडिनेछ। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा दाउन्नेको लम्बाइ तीन दशमलव नौ किलोमिटर पर्दछ। जसमध्ये अब २०० मिटर सडक ढलानको काम सकिँदा एकतर्फी काम सकिनेछ। उक्त कार्य अब चाँडै सकिने सूचना अधिकारी खनालले बताए। एकतर्फी ढलानको काम सकिएपछि यात्रा गर्न सहज हुने उनको भनाइ छ। अहिले दाउन्नेको पूर्वी खण्डमा करिब ३३ मिटर…

Read More

काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह ( बालेन ) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बैठक बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकको एजेन्डाबारे भने कुनै जानकारी गराइएको छैन।

Read More