Author: Editor

बिराटनगर । सुनसरीको देवानगञ्जमा साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य पार्न कोसी प्रदेश सरकारले बोलाएको सर्वदलीय बैठकले मृतक र घाइतेलाई राहत सहयोगको घोषणा गरेको छ। घटनापछि सो क्षेत्रमा शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न कोसी सरकारको आयोजनामा बसेको सर्वपक्षीय बैठकले आठबुँदे निर्णय गरेको हो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले घटनाका मृतकका परिवारलाई राहत दिनेसहित साम्प्रदायिक एकता जोगाउन विभिन्न महत्त्वपूर्ण कदमहरू चाल्ने सहमति गरेको हो। बैठकले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताको परिवारलाई प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ भने आगजनीबाट क्षति व्यहोरेका परिवार तथा घाइतेहरूलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले सहायता रकम…

Read More

सुर्खेत । कर्णाली प्रदेशमा मंगलबहादुर शाहीले मुख्यमन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । नेकपा प्रदेश संसदीय दलका नेता शाही एमालेको समर्थनमा हिजो मुख्यमन्त्री नियुक्त भएका थिए । ४० सदस्यीय कर्णाली सभामा एमालेका ९ ( सभामुखबाहेक )  जना र नेकपाका १४ गरी २३ सांसदको शाहीलाई समर्थन छ । शाहीले यसअघि भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । केन्द्रमा नेकपा र एमालेबीचको ३ बुँदे सहमतिसँगै ७ प्रदेशमध्ये कर्णालीबाट सत्ता फेरबदर सुरू भएको छ । यसअघि एमालेबाट मुख्यमन्त्री रहेका यामलाल कँडेलले ओली९प्रचण्डबीचको सम्झौताको संघारमा राजजीनामा दिएका थिए ।

Read More

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका छन्। सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

Read More

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समिति बुधबार घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा रहेको पाँच सदस्यीय टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दा, सरोकारवाला निकाय र पीडित परिवारसँग छलफल थालेको छ। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपीसमेत सदस्यका रूपमा रहेका छन्। टोलीले झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका ३० वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरी घटनाबारे जानकारी लिएको छ। परिवारले उठाएका माग र चासोलाई पनि समितिले अभिलेखीकरण गरेको जनाएको छ। समितिका संयोजक थापाले घटनाको सबै पक्षको अध्ययन गरी प्राप्त तथ्य, स्थानीयको…

Read More

काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ । बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरी लगायतका स्थानमा भड्किएको शान्ति कायम गर्न सबै दलले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको बताएका हुन् । सर्वदलीय बैठकमा दलका नेताहरूले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना भएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेको छ । नेता आङ्देम्बेले यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत छलफल गरेर अघि बढ्नुपर्नेमा त्यसतर्फ ध्यान नदिइएको बताए । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय…

Read More

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) ले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने बताएका छन् । उनले यस्तो बेला प्रधानमन्त्रीले नै पहलकदमी लिन पर्ने बताए । सुनसरी घटनाबारे रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी संयोजक प्रचण्डले विगतमा भूकम्प, बाढी–पहिरोजस्ता विपद्का बेला होस् वा संविधान निर्माणजस्तो जटिल प्रक्रियामा दलहरुले साझा सहमति र राष्ट्रिय एकताको उदाहरण प्रस्तुत गरेका उनले बताए । उनले भने, ‘आज पनि त्यही राजनीतिक परिपक्वता, संवाद र जिम्मेवारी आवश्यक छ।’ उनले भने, ‘राष्ट्रिय महत्त्वका संवेदनशील विषयमा राष्ट्रिय स्वतन्त्र…

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपश्थितिमा प्रश्न गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका कांग्रेस सभापति थापाले प्रधानमन्त्री र सरकारको अनुपश्थितिमा प्रश्न गरेका हुन् । उनले सुनसरी घटनाकाबारेमा रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामुहिक पहल गरेकामा धन्यवाद दिए । थापाले भने, ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ?  सरकार स्ट्याटसमा सीमित छ । सरकारले अरुलाई विश्वास गर्नुपर्छ ।’ ‘यतिखेर त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बेलाउने, राष्ट्रपति भेट्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास गर्नु…

Read More

काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे सरकारमाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन गर्न र देशमा शान्ति तथा सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन्। मंगलबार सार्वजनिक भिडियो सन्देशमा प्रसाईंले देवानगञ्जको घटना योजनाबद्ध रूपमा गराइएको दाबी गर्दै त्यसको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। साथै उनले घटनामा सुरक्षा निकाय र सरकारको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। प्रसाईंले भने, ‘सुनसरीको घटना आफैँ भएको होइन, नियोजित रूपमा घटाइएको हो। सरकारले यसको सत्यतथ्य सार्वजनिक गर्नुपर्छ र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।’ उनले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको हिंसा र द्वन्द्वबाट…

Read More

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको बताइन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ। यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ। यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुब्रह्मा गुरुविष्णु गुरुदेवो महेश्वरः। गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः।। माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ। गुरु…

Read More

काठमाडौं । सुनसरीका विभिन्न स्थानमा कफ्र्यु आदेश यथावत छ। मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै अर्को आदेश नआउँदासम्मका लागि कफ्र्यु कायम रहने जनाएको छ। कफ्र्यु इटहरी उपमहानगरपालिका ( वडा नं. १६ र १७ क्षेत्र अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र ) रामधुनी नगरपालिका ९वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र०, इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र, दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लगाइएको छ। कोसी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, गढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र, हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कफ्र्यु लगाइएको  जिल्ला…

Read More