काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को केन्द्रीय समितिको बैठक आजदेखि पार्टी केन्द्रीय कार्यालय ( घण्टीघर ) वनस्थलीमा सुरु भएको छ। हालै सम्पन्न महाधिवेशनपछि निर्वाचित नयाँ केन्द्रीय समितिको यो दोस्रो पूर्ण बैठक हो।
केही समयअघि सुरु भएको बैठकमा महाधिवेशनको समीक्षा, आगामी दिनमा अपनाइने नीति तथा आवश्यक कार्यविधिहरूको तर्जुमा र परिमार्जनसम्बन्धी विषयमा छलफल भइरहेको छ। त्यसैगरी, साङ्गठनिक व्यवस्थापन, रिक्त पदहरूमा मनोनयन, आगामी अभियान तथा जनलक्षित कार्यक्रम सञ्चालन र अन्य समसामयिक विविध विषयहरू बैठकका मुख्य कार्यसूची रहेका छन्।
बैठकको प्रारम्भमै पार्टी सभापति रवि लामिछानेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका छन्। बैठकले साङ्गठनिक सुदृढीकरण र भावी रणनीतिबारे महत्त्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ।
