Author: Editor
काठमाण्डौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरिएको हो। सुरुङमार्गमा राखिएको नयाँ शिलालेखमा मन्त्री लम्सालको नाम लेखिएको छ। शिलालेखमा लेखिएको छ, ‘माननीय पूर्वाधार विकासमन्त्री श्री सुनिल लम्सालज्यूद्वारा नेपालको पहिलो आधुनिक सडक सुरुङमार्गको समुद्घाटन सम्पन्न भयो ।’ यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ। सुरुङमार्ग निर्माणमा जापान सरकारको रु २१ अर्ब बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको रु छ अर्ब बराबरको लगानी रहेको छ। केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइनेछ। सुरक्षा…
काठमाडौँ । सङ्घीय संसद् मातहतका तीनवटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । कार्यसूचीअनुसार अपराह्न २ बजे बस्ने शिक्षा समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ । यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘समितिको आर्थिक वर्ष २०८३–८४ को वार्षिक कार्ययोजना’ सम्बन्धमा विस्तृत छलफल हुनेछ । यो समितिको बैठक बिहान ११ बजे बस्नेछ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका पदाधिकारीसँग’ छलफल…
काठमाडौँ । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य समस्या पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेस भएको छ। झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलको नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो। अनुगमनपछि कार्यवाहक प्रमुख डङ्गोलले प्राविधिक प्रतिवेदन पेस गर्न संयुक्त टोलीलाई निर्देशन दिनुभएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले सो स्थलगत प्रतिवेदन तयार पारेको हो। टोलीमा काठमाडौँ…
काठमाडौँ। सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङमार्गमार्फत पूरा हुँदै छ । मुलुकको भौतिक पूर्वाधारको इतिहासमा ‘सुरुङ युगको प्रस्थानविन्दु’ का रूपमा लिइएको बहुप्रतीक्षित यो सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आउँदै छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपनिर्देशक ई। सञ्जय पन्थीले सोमबार बिहान सुरुङमार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० का केन्द्रीय अध्यक्ष डा। तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो । सुरुङमार्ग सुरुमा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिने स्पष्ट पार्दै उहाँले सुरुङमार्गभित्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । ट्रायल ओपनिङ पिरियड आयोजनाका उपनिर्देशक…
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न निषेध गरिएको छ। प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम एक हजार रुपियाँसम्म जरिवाना…
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कारबाही गर्ने बताएका छन्। मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले सो घटनामा संलग्न दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिए। प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढाएको उनले जानकारी दिए। मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिएको भन्दै यसपटक तत्कालै कारबाही प्रक्रिया अघि बढाएको दाबी गरे। प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ…
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम आन्दोलनमा सत्ता केन्द्रित राजनीतिले कमजोरी ल्याएको अभिव्यक्ति दिएको एक दिनपछि नेकपा एमालेसँग प्रदेश सरकारमा सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर गरेका छन्। पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनपछि वामपन्थी दलहरू विचार र संगठन निर्माणभन्दा सत्ता केन्द्रित राजनीतिमा बढी केन्द्रित हुँदा आन्दोलन कमजोर बनेको बताएका थिए। उनले सरकार गठन, मन्त्री चयन र सत्ता समीकरणलाई रणनीतिक विषय बनाउनु वाम आन्दोलनको प्रमुख कमजोरी भएको धारणा राखेका थिए। तर त्यसको भोलिपल्ट एमाले र नेकपाबीच प्रदेश सरकार सञ्चालनसम्बन्धी तीनबुँदे सहमति भएको छ। सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी…
काठमाण्डौं । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षले आइतबार राजधानीमा विरोध प्रदर्शन गरेका छन्। किसान मजदुर आन्दोलन नेपालको आयोजनामा पीडितहरूले काठमाडौंका विभिन्न क्षेत्रमा ‘राजधानी मार्च’ गरेका हुन्। लघुवित्त संस्थाहरूबाट मारमा परेका सर्वसाधारणले आफ्नो हकहित र न्यायको माग गर्दै विगत लामो समयदेखि सङ्घर्ष जारी राखेका छन्। सोही सङ्घर्षको निरन्तरता स्वरूप आईतवार काठमाडौँको सडकमा उत्रिएका प्रदर्शनकारीहरूले वित्तीय शोषण बन्द गर्नुपर्ने माग राख्दै दबाब दिएका छन्। किसान तथा मजदुरहरूको समेत सहभागिता रहेको उक्त विरोध कार्यक्रममार्फत पीडितहरूले राज्यको ध्यानकर्षण गराउन खोजेका छन्।
काठमाडौँ । फेरिएको राजनीतिक समीकरण अनुसार कतिपय प्रदेशहरूमा नयाँ सरकार गठन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) को समेत आवश्यकता देखिए पनि अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको विषय आफ्नो पार्टीको प्राथमिकतामा नपरेको बताएका छन् । प्रदेशमा एमाले कांग्रेस समीकरण भत्किएर एमाले र नेकपाबिच नयाँ समीकरण बने पनि केही प्रदेशमा नयाँ सरकार गठन गर्न राप्रपाको समेत आवश्यकता पर्ने देखिएका बेला अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । साथै, उनले प्रदेश सरकार गठनबारे एमाले र नेकपाले आफूसँग कुनै छलफल समेत नगरेको बताएका छन् । केही छैन, हामीसँग कसैले कुराकानी पनि गरेको छैन र अहिले हाम्रो प्राथमिकतामा सरकार परेको छैन’, अध्यक्ष लिङदेनको भनाइ छ…
धनगढी । कैलालीको धनगढीमा अनसनरत डा। गोविन्द केसी पक्षसँग नेपाल सरकारका प्रतिनिधिको वार्ता जारी छ। प्रधानमन्त्री बालेन्द्र ( बालेन ) शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटा र शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलसहितको टोलीले वार्ता गरिरहेको छ। डा। केसीलाई उपचारका लागि राखिएको सेती प्रादेशिक अस्पतालमै उनका प्रतिनिधि डा. अमृत जैसी र पवन थापासँग वार्ता जारी रहेको शिक्षा सचिव पौडेलले जानकारी दिए। पहिलो चरणमा डा। केसीका प्रतिनिधिसँग छलफल गरी सहमतिको प्रयास भइरहेको र त्यहाँ हुने निष्कर्षअनुसार डा। केसीसँग थप वार्ता हुने उनले बताए। डा।केसी विभिन्न पाँच बुँदे माग राखेर गत बिहीबारदेखि…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क