Author: Editor

काठमाडौं । रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । साउन १३ गते बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । बैठकमा चितवनमा सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन र आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायतका विषयमा छलफल हुने महामन्त्री आचार्यले बताएका छन् ।

Read More

काठमाण्डौं । मानव अधिकार आयोगले सरकारलाई सुनसरीमा देखा परेको कमजोर शान्तिसुरक्षालाई मजबुत बनाउन निर्देशन दिएको छ। आज ९बुधबार० एक विज्ञप्ति जारी गर्दै आयोगले शान्ति सुरक्षा मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न सरकारलाई निर्देशन दिएको हो। यस्तै आयोगले सामाजिक सद्भाव कायम राख्न अपिलसमेत गरेको छ। शान्तिपूर्णरूपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्‍याउन राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवम् सर्वसाधारणलाई आयोगले अनुरोध गरेको छ। साथै आयोगले घटनाको पनि अनुसन्धान गरिरहेको छ। ‘सुनसरीको…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देवानगञ्ज घटनालाई लिएर उत्तेजनामा नलाग्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। सभापति थापाले सोमबार प्रेस विज्ञप्ति जारी गरी अहिलेको अवस्थामा सद्भाव महत्त्वपूर्ण रहेको जनाएका छन्। ‘यस कठिन घडीमा संयमता र सदभाव महत्तवपूर्ण रहन्छ,’ थापाले भनेका छन्, ‘अतः कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न, परिस्थितिलाई थप प्रतिकूल हुन नदिन तथा सामाजिक सदभाव कायम राख्नको लागि योगदान गर्न सम्पूर्ण स्थानीयबासी, सामुदायिक संस्था, नागरिक समाज, राजनीतिक दललगायत सबैमा हार्दिक अपिल गर्दछु।’ उनले देवानगञ्जसहित आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। ‘हाम्रो आग्रह छ– अवस्था थप जटिल बन्न नदिन प्रभावित क्षेत्रमा शान्ति,…

Read More

काठमाण्डौं । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक ( डीआईजी )  विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक९एसपी० केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। यस्तै, सशस्त्र प्रहरी…

Read More

काठमाण्डौं । संघीय संसद्का सांसदलाई निजी स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग ‘कारण देखाऊ’ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै उक्त आदेश जारी गरेको हो। सरकारको निर्णयले राज्यकोषको चरम दुरुपयोग हुने तथा संविधानको मर्म र भावना विपरीत रहेको दाबी गर्दै अधिवक्ता डा। प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा सरकारको निर्णय र त्यससम्बन्धी नेपाल राजपत्रमा प्रकाशित सूचना उत्प्रेषणको आदेशमार्फत खारेज गर्न माग गरिएको छ। रिट निवेदनमा सांसदका निजी सहायक नियुक्तिका लागि कुनै स्पष्ट शैक्षिक योग्यता, क्षमता वा प्रतिस्पर्धात्मक परीक्षाको व्यवस्था नभएको उल्लेख गरिएको छ। साथै,…

Read More

काठमाण्डौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर  प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन्। आज बिहान त्रिभुवन विमानस्थलमा शर्मालाई कामु प्रधानन्यायाशीश सपना प्रधान मल्लले स्वागत गरेकी छन्। शर्मा भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही साउन ७ गते भारत गएका थिए।  सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार  भ्रमणका क्रममा प्रधान न्यायाधीश डा. शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी भएको छ। प्रधान न्यायाधीश डा शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्यायसम्पादका बारेमा जानकारी लिएका छन्। भ्रमण दलमा प्रधान न्यायाधीश डा शर्माकी धर्मपत्नी उमा शर्मा र सहरजिष्ट्रार अमित उप्रेती पनि सहभागी थिए।

Read More

बिरगंज । बिरामीको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट र तोडफोड भएपछि वीरगञ्जको नारायणी अस्पतालको सेवा अवरुद्ध भएको छ भने स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेका छन्। अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। चित्तरञ्जन शाहले जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्र पठाएर आक्रमण गर्नेहरूमाथि कारबाहीको माग गरेका छन्। चिकित्सकमाथि आक्रमणको घटनाले काम गर्ने वातावरण नभएको जनाइएको छ। ‘उक्त घटना पश्चात अस्पतालको चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मानसिक र शारीरिक रुपमा भयभित भई सेवा प्रवाह गर्न सक्षमता नदेखाइ रहेकोले अस्पतालको सम्पूर्ण विभागको सेवा अवरुद्ध भएको बेहोरा जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ। साउन ९ गते बिहान १० बजेतिर वीरगञ्ज महानगरपालिका–२५ का ५० वर्षीय राजकुमार पटेल अस्पताल भर्ना…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा पौडेलसँग आङ्देम्बेले भेटवार्ता गरेका हुन् । भेटमा समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ । यसबाहेक आङ्देम्बेले देशका विभिन्न स्थानमा गएको बाढीपहिरोको, प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । सो क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माणमा संसद्को प्रभावकारिता बढाउनुपर्नेमा जोड दिएका थिए । यस्तै, बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सबै पक्षबीच समन्वय र सहयोग आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका थिए…

Read More

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा र कर्फ्यु आदेश उल्लङ्घन गरी प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएपछि नेपाली सेना परिचालन गरिएको छ। आइतबार राति दुई समूहबिचको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागी एक २४ वर्षीय युवकको मृत्यु र नौ जना घाइते भएपछि उत्पन्न तनावका कारण जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। कर्फ्युका बाबजुद सोमबार बिहान करिब हजारौँको सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएर टायर बाल्दै तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। प्रदर्शनकारीले कप्तानगन्ज क्षेत्रमा पाँचवटा पसलमा तोडफोड गरी आगजनी गर्नुका साथै पूर्व पश्चिम लोकमार्ग समेत अवरुद्ध पारेका छन्। बढ्दो भिड नियन्त्रण गर्न नेपाल…

Read More

सुनसरी । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। यस्तै, घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। गृहमन्त्रीले साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको छ।अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। घटनापछि गृहमन्त्री गुरुङले नेपाल प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायतसँग छलफल गरेका थिए। सुनसरीको देवानगञ्जमा भएको घटनापछि अहिले जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय…

Read More