काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपश्थितिमा प्रश्न गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी हुन पुगेका कांग्रेस सभापति थापाले प्रधानमन्त्री र सरकारको अनुपश्थितिमा प्रश्न गरेका हुन् ।
उनले सुनसरी घटनाकाबारेमा रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेर समस्या समाधानको सामुहिक पहल गरेकामा धन्यवाद दिए । थापाले भने, ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ? सरकार स्ट्याटसमा सीमित छ । सरकारले अरुलाई विश्वास गर्नुपर्छ ।’ ‘यतिखेर त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बेलाउने, राष्ट्रपति भेट्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास गर्नु पर्ने हो,’ उनले भने, ‘विगतका विपत्तिमा पनि राजनीतिक दलहरु तिक्तता त्यागेर एक भएका थिए ।’
उनले यसलाई राज्यको असफलताको परिणाम भएको बताए । सुनसरी घटनालाई कांग्रेसले आन्तरिक हिसाबले छानबिन गर्ने तर सरकारलाई अप्ठेरोमा नपार्ने उनले बताए । उनले भने, ‘यस्तो बेला पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने, ठालू बनेर बस्ने रु’ प्रधानमन्त्रीले यस्तो बेला सकारात्मक हिसाबले काम गर्नु पर्ने सन्देश सभापतिमार्फत पुर्याउन भनिएको थापाले बताए । तर यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने होरु ठालु भएर बस्ने होरु सबैसँग सम्पर्क गर्ने, सबै पक्षलाई जोड्ने र सबैलाई समेटेर अगाडि बढ्ने प्रयास गर्नुपर्दैनरु हामीलाई लाग्छ(गर्नुपर्छ।
प्रधानमन्त्रीले तत्काल यस्तो पहल गरून् भन्ने हाम्रो चाहना र माग हो। यही सन्देश हामीले माननीय सभापतिमार्फत राखेका छौँ। बैठकमा हामीले सरकारसमक्ष हाम्रो कुरा पुर्याइदिन आग्रह गरेका छौँ। उनले कांग्रेस पार्टीका जनप्रतिनिधि, नेताहरुलाई पनि बैठक राखेर समस्या समाधान प्रयत्न गर्न भनिएको बताए । उनले सुनसरीलगायतका प्रभावित जिल्लाहरुमा पनि यस्ता घटना नहुन दिन कांग्रेसको भूमिका निभाउन आग्रह गरिएको बताए ।
सभापति लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङ अनुपश्थित छन् । यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि बैठकमा गएका छैनन् ।
