Author: Editor

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा बैठक आरम्भ भएको हो। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरु सहभागी छन्।

Read More

काठमाडौं । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सामूहिक आक्रमण र अस्पतालमा तोडफोडको घटनामा संलग्नमाथि कडा कानुनी कारबाही नभएको भन्दै संघले मंगलबार आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। आज बिहान १० बजे काठमाडौँको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरिएको छ। काठमाडौँ बाहिरका जिल्लामा भने प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउने र आफ्ना कार्यस्थलमा धर्ना तथा विरोध प्रदर्शन गरिने जनाइएको छ। चिकित्सक संघले घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। मंगलबारदेखि आन्दोलन भएको हो।

Read More

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार उनको आज उपचारका क्रममा निधन भएको हो । पूर्वउपसभापति समेत रहेका नेता श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरबाट पीडित श्रेष्ठको स्वास्थ्य गम्भीर बनेको थियो ।नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिने भएको छ। भोलि बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने सभापति गगन थापाले बताएका छन्। उनका अनुसार पार्टी कार्यालयबाट अन्तिम दाहसंस्कारका लागि पशुपति आर्यघाट लगिनेछ। नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति श्रेष्ठले खेलेको अविचलित भूमिका सधैँ प्रेरणादायी रहने सभापति…

Read More

काठमाडौं। भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई भ्रमणको निमन्त्रणा दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिक निमन्त्रणा पठाएको बताएका हुन्। साप्ताहिक मिडिया ब्रिफिङका क्रममा जैसवालले भने ‘हामिले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेका छौं।’ प्रधानमन्त्री नियुक्त भएपछि शाह कुनैपनि वैदेशिक भ्रमणमा गएका छैनन्।

Read More

कर्णाली । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा )  कर्णाली प्रदेशसभा दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा ( २ )  बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिए । नेकपा ( एमाले ) को समर्थनमा आज अपरान्ह ५ः०० बजे शाहीले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । काउचाका अनुसार मुख्यमन्त्री शाहीको बुधबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०बीच यही साउन ९ गते सत्ता समीकरणका लागि…

Read More

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक विज्ञप्ति जारी गर्दै संयमता अपनाउन आग्रह गरेको हो । प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालबाट विज्ञप्ति जारी गर्दै सरकारले घाइते हुनेहरूको निस्शुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गर्ने प्रबन्ध मिलाएको जानकारी पनि गराएको छ । उक्त घटनाको सम्बन्धमा सत्यतथ्य छानबिन गरी आगामी दिनमा यस किसिमका घटना हुन नदिन अवलम्बन गर्नु पर्ने उपायहरू सहित सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरी उक्त समितिले कार्य प्रारम्भ गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘उक्त…

Read More

काठमाडौं । नेपाल भ्रमणमा रहेका जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ( जाइका  )  का अध्यक्ष डाक्टर तानका अकिहिले आज अर्थ मन्त्रालयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । उक्त भेटवार्ताका क्रममा अकिहिले नयाँ सरकारका प्राथमिकताका सम्बन्धमा चासो व्यक्त गर्दै लामो समयदेखि जापान नेपालको असल मित्र र विकास साझेदारको रुपमा रहेको स्मरण गराए । साथै उनले नयाँ सरकारसँग काम गर्न जापना सरकार इच्छुक रहेको बताए । जवाफमा अर्थमन्त्री डा। वाग्लेले सरकारले हालै तर्जुमा गरेको बजेटमा व्यक्त प्राथमिकताहरुको चर्चा गरे । सुशासनमार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार गर्दै निजी क्षेत्रको लागि व्यवसायिक वातावरण अनुकूल बनाउनु नयाँ सरकारको उच्च प्राथमिकता भएको अर्थमन्त्री डा। वाग्लेले…

Read More

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सुनसरी घटनालगायत विषयमा छलफल गर्न लामिछानेले बिहीबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको महामन्त्री विपिन आचार्यले जानकारी दिए । आचार्यका अनुसार बिहान ८ बजे लेखा समितिको बैठक कक्षमा छलफल हुनेछ । छलफलमा संसद्‌मा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको छ । सबै दललाई पत्राचार गरिएको र नेताहरूलाई लामिछानेले फोन गरेर पनि आमन्त्रण गरेका उनको सचिवालयले जानकारी दिएको छ । असहज अवस्थामा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम…

Read More

सुनसरी । सुनसरीका ९ स्थानीय तहमा मङ्गलवार बेलुका ९ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रमुख जिल्ला सुनसरीको धरान बराहक्षेत्र र इटहरीको १८ वटा वडा बाहेकका सबै स्थानीय तहमा कर्फ्यु आदेश भएको हो । समितिले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६( क )  बमोजिम कर्फ्यु आदेश जारी गरेका हो । कर्फ्यू इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गत महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका…

Read More

काठमाडौं । सार्वजनिक खरिद ऐन संशोधन विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले उक्त ऐनविरुद्ध रिट दर्ता गराएका हुन् । संशोधित व्यवस्थाले गर्दा टेण्डर आह्वान गर्दा पत्रपत्रिकामा सूचना निकाल्नुपर्ने व्यवस्था हटेको, जसका कारण मिडियाहरू आर्थिक संकटमा पर्नसक्ने लगायतका जिकिर गर्दै उनीहरूले रिट दर्ता गराएका हुन् । उक्त रिटले कानुनी व्यवस्थामाथि प्रश्न उठाइएको निवेदन सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

Read More