Author: Editor
काठमाडौँ । विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसक्रममा भएको मृत्युको जिम्मेवारी लिन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद गोपाल शर्माले सुनसरी घटनालाई लिएर गृहमन्त्रीको कडा आलोचना गरे । सदनमा विशेष समय लिएर बोल्दै सांसद शर्माले सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको बताए । सो घटनामा ओमप्रकाश मेहताको ज्यान गएको र दर्जनौँ घाइते भएको भन्दै उनले यस्तो संवेदनशील घडीमा पनि सरकार गम्भीर नभएको आरोप लगाए । गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुहुन्छ कि अरूलाई दिनुहुन्छ,’ शर्माले प्रश्न गर्दै भने, ‘उहाँ सार्वजनिक रूपमा भन्दै हिँड्नुहुन्छ– कसैलाई यो गृह मन्त्रालय चाहिएको छ…
काठमाडौं । नेकपा एमालेलेले सुनसरीको देवानगञ्ज गोलीकाण्ड र त्यसबाट उत्पन्त तनावप्रति सरकारको भूमिकामा प्रश्न उठाएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकार शान्ति सुरक्षा र दंगा नियन्त्रणमा भन्दा पनि आफैँ त्रास सिर्जना गर्नतिर लागेको आरोप लगाइन् । सबै सरोकारवाला, धार्मिक अभियन्तालगायतलाई धैर्य गर्न उत्तेजना, आबेग र प्रतिशोध नसाँध्न आग्रह गर्दै अर्यालले संयमता र शान्तिमा जुट्न आव्हान गरेकी छन् । प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विषयमा उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री(गृहमन्त्री थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भने सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि रााजीनामा दिनुपर्छ थुनामा बस्नुपर्नेछ । अरुलाई फौजदारी कसुर थोपर्नेहरू…
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना थापाले उक्त घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिन् । सम्बोधनका क्रममा प्रमुख सचेतक थापाले कप्तानगञ्जमा भएको घटनामा ओमप्रकाश गुप्ताको मृत्यु भएको र दर्जनौँ नागरिक घाइते भएको विषयमा सदनको ध्यानाकर्षण गराइन् । उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन् । ‘यत्रो ठुलो घटना हुँदा, एक जना नागरिकको ज्यान जाँदा र दर्जनौँ घाइते हुँदा पनि सरकार लाचार बनेको छ,’ थापाले भनिन्, ‘यो घटनाको जवाफ सरकारले दिनुपर्छ र…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । सभामुख आर्यालले विहिबार राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् । भेटमा सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । यसअघि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेका थिए । बुधबार सिंहदरवारमा भएको भेटमा सभामुख अर्यालले प्रधानमन्त्री बालेनलाई सदनमा उपस्थित भएर समसामयिक विषयलाई सम्बोधन गर्दा राम्रो हुने सुझाव दिए । भेटबारे जानकारी दिँदै सभामुख अर्यालले भनेका छन्, ‘मैले प्रधानमन्त्रीलाई समसामयिक विषयमा सदनमा सम्बोधन गर्दा राम्रो हुन्छ भनें ।’ सभामुख अर्यालका अनुसार प्रधानमन्त्री शाहले ‘विचार गर्छु’ भन्ने जवाफ दिएका छन् । त्यस…
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्रालय रहने गरी ‘प्रदेश सरकार ९कार्य विभाजन० नियमावली, २०८३’ स्वीकृत गरेको हो। भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गरिएको छ। लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री कार्यालय र आठ मन्त्रालय रहनेछन्। नयाँ संरचना अनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालय खारेज गरी उद्योग तथा यातायातको जिम्मेवारी आन्तरिक मामिला, कानुन मन्त्रालयमा समायोजन गरिएको छ। त्यसैगरी ऊर्जा,…
काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनका शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि तय भएको समितिको बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण हुनेछ । रासस
इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा भएको घटना पछि अशान्त बनेको ईटहरी जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । सुरक्षाकर्मीको निगरानी, स्थानीय समुदायको संयमता तथा विभिन्न पक्षबाट भएका सद्भाव र शान्ति स्थापनाका पहलका कारण छिटपुट घटनाबाहेक जिल्लाको जनजीवन सामान्य अवस्थामा फर्किन थालेको हो । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उपस्थितिबाट मात्र सुरक्षा स्थिति नियन्त्रणमा आउन नसकेपछि सशक्त रूपमा नेपाली सेनाको टोली परिचालन भएर प्रभावित क्षेत्रका बजार, बस्ती र सडक राजमार्गमा बाक्लो गस्ती गर्न थालेपछि जिल्लामा आज कुनै पनि अप्रिय घटना भएन । घटनापछि सरकारले गठन गरेको छानबिन समितिले आफ्नो काम तीव्र बनाएको छ । समितिले बुधबार दिनभर घटनामा ज्यान गुमाएका व्यक्तिको परिवार र…
काठमाडौँ । सरकारले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक,सङ्क्रामक रोग तथा पशु ऐन सम्बन्धी विधेयक पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, बैठकले राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक,मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक, बालश्रम निषेध तथा नियन्त्रण सम्बन्धी विधेयक,आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक,कर्मचारी सञ्चय कोष ऐन पनि संसद्मा पेस गर्न स्वीकृति दिएको हो ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट निर्वाचन आयोगका प्रमुख आयुक्तसहित अन्य २ जना आयुक्तको नाम अनुमोदन गरेसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । बुधबार बसेको सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा गुरुप्रसाद वाग्ले तथा डा. राजीव सुब्बाको नाम अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको बाटो खुला भएको छ । पाँच सदस्यीय आयोगमा हाल डा. जानकीकुमारी तुलाधर र सगुन शमशेरण जबरामात्र छन् । आगामी दिनमा हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहितमात्र होइन, प्रविधिमैत्री गराउन आवश्यक प्रबन्ध गर्नुपर्ने दायित्व आयोगका पदाधिकारीको काँधमा छ । त्यसका लागि आवश्यक कानुन निर्माणका लागि पहल गर्नेदेखि आर्थिक तथा…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को केन्द्रीय समितिको बैठक आजदेखि पार्टी केन्द्रीय कार्यालय ( घण्टीघर ) वनस्थलीमा सुरु भएको छ। हालै सम्पन्न महाधिवेशनपछि निर्वाचित नयाँ केन्द्रीय समितिको यो दोस्रो पूर्ण बैठक हो। केही समयअघि सुरु भएको बैठकमा महाधिवेशनको समीक्षा, आगामी दिनमा अपनाइने नीति तथा आवश्यक कार्यविधिहरूको तर्जुमा र परिमार्जनसम्बन्धी विषयमा छलफल भइरहेको छ। त्यसैगरी, साङ्गठनिक व्यवस्थापन, रिक्त पदहरूमा मनोनयन, आगामी अभियान तथा जनलक्षित कार्यक्रम सञ्चालन र अन्य समसामयिक विविध विषयहरू बैठकका मुख्य कार्यसूची रहेका छन्। बैठकको प्रारम्भमै पार्टी सभापति रवि लामिछानेले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा केन्द्रीय सदस्यहरूलाई ब्रिफिङ गरेका छन्। बैठकले साङ्गठनिक सुदृढीकरण र…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क