Author: Editor

सिरहा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । कर्फ्यू आदेशबीच दुई पक्षबीच झडप बढ्दै जाँदा यहाँको अवस्था तनावग्रस्त बनेको छ । सिरहाका सहायक सीडीओ चेतराज बरालका अनुसार मृत्यु हुने व्यक्ति गणेश यादव रहेको खुलेको छ । अहिले यस क्षेत्रमा सेना परिचालन गरिएको छ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहले सदनलाई उपेक्षा गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै अहिलेसम्म प्रधानमन्त्री ७ दिनमा लगभग २ देखि ३ घण्टा संसद्मा उपस्थित भएको बताए। उनले भने, ‘स्पष्टीकरणको माग निरन्तर उठ्दा भ्रमको उपेक्षाले संसद्को चरम अपमान, अत्यधिक बहुमत र ठूलो आशा, भरोसासाथ बहुमतमा आएको सरकारको नयाँपन भनेको संसदीय प्रक्रियाबाट होइन, फेसबुक स्टाटस बाट चल्ने होरु यो बारेमा अहिले आम जनता पनि जान्न चाहन्छन्।’ नागरिकप्रति राज्यको चरम उपेक्षा, आत्मदाह र आत्महत्याको बढ्दो क्रम, कप्तानगन्जको गोली काण्ड र सेना परिचालनको स्थिति हेर्दा धर्म, सम्प्रदाय र संस्कृति बीचको एकता र विशिष्टतालाई गम्भीर चुनौती बनेको बताए। उनले…

Read More

बिराटनगर । सुनसरीमा भएको घटनामा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। गत आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडपको क्रममा गोली लागेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए। मृतक कप्तानगन्जका २१ वर्षीय जयप्रकाश मेहता हुन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको थियो। उपचारको क्रममा आज मृत्यु भएको डिआइजी काफ्लेले जानकारी दिए। डिआइजी काफ्लेका अनुसार उनको पेटमा गोली लागेको थियो। घटनामा घाइते अवस्थामा रहेका ८ जनाको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मृतक मेहता सिटी सफारी चलाउँथे। यसअघि आइतबारको घटनामा स्थानीय देवानगञ्ज(३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले सुनसरी घटनामा सरकारले जिम्मेवारी लिनुपर्ने बताएकी छन्। बिहीबार प्रतिनिधि सभामा बोल्दै यादवले यत्रो घटना हुँदा गृहमन्त्री भने हराएको भन्दै प्रश्न गरिन्। सुनसरीमा यत्रो घटना घट्दा गृहमन्त्रीजी कता हराउनुभोरु,’ उनले भनिन्, ‘सरकार सुरक्षाकर्मीको दोष देखाएर उम्किन खोज्दैछ। सुरक्षाकर्मी राज्यको आदेश, नीति र कमाण्ड अनुसार परिचालित हुन्छन्। सुरक्षाकर्मीबाट त्रुटि भए त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ।’ नेपाली कांग्रेसले कुनै पनि किसिमको हिंसा, धार्मिक र सामुदायिक द्वेषमा राजनीति नगर्ने तर सरकारले लापरबाही गरे मौन पनि नबस्ने उनले बताइन्। उनले सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहतालाई हार्दिक श्रद्धान्जली दिँदै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेर आफ्नो मन्तव्य सुरू गरेकी थिइन्। सुनसरी…

Read More

काठमाडौँ । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका गतिविधिप्रति कडा आलोचना गर्दै देशको राजनीति अझै सहज भइनसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार गठन भएको केही समय बितिसक्दा पनि जनताको अपेक्षा अनुसार काम हुन नसकेको टिप्पणी गरे । सम्बोधनका क्रममा प्रचण्डले सरकारका पछिल्ला क्रियाकलापहरू जनअपेक्षा विपरीत रहेको बताए । ‘सरकारप्रति जनताको जुन अपेक्षा थियो, यो बिचका क्रियाकलाप त्यस्तो रहेनन्,’ उनले भने, ‘बरु सरकारका कामहरू एकपछि अर्को गर्दै नकारात्मक उदाहरण बन्दै गएका छन् । यसले राजनीतिलाई झन् जटिल मोडतर्फ धकेल्ने सङ्केत गरेको छ ।’ अध्यक्ष प्रचण्डले सुकुमबासी , ट्रेड युनियन र विद्यार्थीका समस्या…

Read More

काठमाण्डौ. । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सांसद बुद्धिप्रसाद पन्तले सरकारको कार्यसम्पादनप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पन्तले जनआन्दोलनको जग र परिवर्तनको नारासहित गठन भएको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे। उनले सरकारमा सहभागी दलकै सांसद भएर पनि आफूले परिवर्तनको कुनै ठोस अनुभूति गर्न नसकेको बताए। ‘परिवर्तनको नारामा बनेको यो सरकारमा स्वयम् मैले त परिवर्तन महसुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको अनुभूति गर्न पाउनुरु, उनले प्रश्न गरे। सांसद पन्तले अस्पतालमा चिकित्सकमाथि भएको हातपात र देशभरका स्वास्थ्यकर्मी आन्दोलित हुँदा सर्वसाधारणले उपचार नपाएको विषयमा संसद्को ध्यानाकर्षण गराए। गत…

Read More

काठमाडौं । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक बसिरहेको छ । परिषद्का अध्यक्ष प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री बनेपछि पहिलोपटक आज बैठक डाकेका हुन् । सुनसरीको देवानगञ्ज गोलीकाण्ड र विभिन्न जिल्लामा उत्पन्न परिस्थिति र समसामयिक विषय बैठकको मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनवाएको छ । बैठकमा सदस्यहरू गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, मुख्य सचिव गोविन्द कार्की, प्रधान सेनापति अशोक सिग्देल र रक्षा सचिव सहभागी छन् ।

Read More

काठमाडौँ । श्रम संस्कृतिका सांसद आरेन राईले देश सङ्कटमा परेको बेला सरकार नदेखिएको तथा बेखवर भएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सुनसरी लगायतका जिल्लामा तनावको अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि सरकार बेखबरजस्तै भएकाले अव सरकार बाहिर निस्कनुपर्ने बताए । ‘देशमा हिंसा हुने अवस्था छ । तर सरकार बेखवर छ तर अब निस्कनुपर्छ दूरबिन लगाएर हेरेर भित्रबाट ठिक छ भनेर हेरर हुँदैन’, उनले भने, ‘सरकार बेखबर भयो भन्दैमा हामी मूर्ख हुनुहुँदैन ।’ राईले उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै नागरिकलाई संयमित हुन आग्रह गरे । साथै उनले प्रधानमन्त्री बालेन शाहले २ महिना अघि सिमासम्बन्धी अभिव्यक्ति अलपत्र परेको भन्दै संसदबाट…

Read More

काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रहरी र सेना फिल्डमा उतारेर, ड्रोन आकाशमा उडाएर सुनसरी घटना समाधान नहुने बताएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै देशले प्रधानमन्त्रीको अभिभावकत्व खोजिरहेको बताइन्। उनले भनिन्, ‘योभन्दा डरलाग्दा घटनाहरू आएका थिए। तर ती समयमा प्रधानमन्त्रीहरूले सम्बोधन गर्थे, राष्ट्राध्यक्षका रूपमा रहेका राजाले सम्बोधन गर्थे। तर आज उहाँ कुन खोपीमा बसिरहनुभएको छ। आफ्नो फेसबुकको प्रशासन प्रणालीमार्फत गोली प्रहारबाट चलेका ज्यान गएको स्वीकार गर्नुभएको छ। यदि गोली प्रहरीले चलाएको हो भने, त्यसको आदेश कसले दियो ? ’ उनले सुनसरीमा गोली कसले चलाएको थियोरु भन्ने आफूहरूले जान्न चाहेको बताइन्। उनले थपिन्, ‘सत्तारुढ दलको सभापतिले जेनजी आन्दोलनका क्रममा भएको…

Read More

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसक्रममा भएको मृत्युको जिम्मेवारी लिन बिपक्षी दलले सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सुनसरी घटनालाई लिएर गृहमन्त्रीको कडा आलोचना गरे । सदनमा विशेष समय लिएर बोल्दै उनिहरुले सुनसरीको कप्तानगञ्जमा भएको घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको बताए । सो घटनामा ओमप्रकाश मेहताको ज्यान गएको र दर्जनौँ घाइते भएको भन्दै उनले यस्तो संवेदनशील घडीमा पनि सरकार गम्भीर नभएको आरोप लगाए । गृहमन्त्रीले यो घटनाको जिम्मेवारी लिनुहुन्छ कि अरूलाई दिनुहुन्छ,’ शर्माले प्रश्न गर्दै भने, ‘उहाँ सार्वजनिक रूपमा भन्दै हिँड्नुहुन्छ– कसैलाई यो गृह मन्त्रालय चाहिएको छ भने लैजाऊ । के नेतृत्व भनेको जिम्मेवारीबाट…

Read More