Author: Editor

काठमाण्डौं । नमस्कार आदरणीय बुवा आमा दिदीबहिनी तथा दाजुभाइहरु म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरु सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगंज सिराहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछि केही जिल्लाहरुमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रुपमा गम्भीर र संवेदनशिल छ यस दुखद घटनामा परि निधन हुनु भएका हाम्रा नागरिकहरु जय प्रकाश मेहता ओम प्रकाश मेहता र गणेश यादव प्रति म भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवार जनहरुमा नेपाल सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्दछु। घटनामा परि घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरुको उपचारमा कुनै पनि प्रकारको कम…

Read More

काठमाण्डौं । मधेसका विभिन्न जिल्लामा विकसित पछिल्लो सुरक्षा अवस्था र बढ्दो तनावबारे साझा धारणा बनाउन मधेस केन्द्रित राजनीतिक दलहरूको संयुक्त बैठक काठमाडौंमा बसेको छ। बैठकमा जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायत विभिन्न मधेसवादी दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा मधेसमा देखिएको पछिल्लो परिस्थितिको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ। बैठकमा सहभागी नेताहरूले मधेसमा उत्पन्न परिस्थितिप्रति सरकार पर्याप्त संवेदनशील नदेखिएको धारणा राखेका छन्। उनीहरूले पछिल्ला घटनामा भएको मानवीय क्षति र घाइते भएका घटनाबारे पनि गम्भीर समीक्षा गरिरहेका छन्। राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले बैठकपछि साझा निष्कर्ष र आगामी…

Read More

काठमाण्डौं । प्रधानमन्त्री बालेन शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालय स्रोतले जानकारी दियो। प्रधानमन्त्रीले साँझ कति बजे सम्बोधन गर्ने भन्ने यकिन भइसकेको छैन। आज अपराह्न प्रधानमन्त्री शाहसँग भेटपछि गृहमन्त्री सुधन गुरूङ सुनसरी जाँदैछन्।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल थालेका छन्। मधेशमा तनाव भड्किएपछि सभापति लामिछानेले छलफल थालेका हुन्। सुनसरीबाट सुरु भएको तनाव सिङ्गो मधेशमा फैलिएको छ। अहिलेसम्म तीन जनाको ज्यान गइसकेपछि सभापति लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गरेका हुन्। यसअघि सभापति लामिछानेले मधेश प्रदेशका करिब २० सांसदसँग छलफल गरेको थिए।

Read More

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाँउपालिका कप्तानगन्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् । राष्ट्रपति पौडेलले विहिबार एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताएका छन् । ‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु,’ उनले भने । राष्ट्रपति पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति…

Read More

काठमाडौँ । प्रतिनिधि सभाको बैठक यही साउन १९ गतेसम्म स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले साउन १९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित बैठक स्थगित गरेका हुन् । बिहीबार १५ दिनपछि बैठक बसेको थियो । फेरि ५ दिनसम्म बैठक स्थगित गरिएको हो।

Read More

सिरहा । सिरहामा जारी प्रदर्शनका क्रममा गोलबजारस्थित एबी मलमा आगजनी भएको छ। प्रदर्शन उग्र बन्दै गएपछि बिहीबार गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगो लगाइएको हो। प्रदर्शनका क्रममा जिल्लाका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटना भएपछि सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। सम्भावित थप अप्रिय घटना रोक्न जिल्ला प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

Read More

काठमाडौं । सुनसरी लगायतका क्षेत्रमा हालै भएको आपसी द्वन्द्व र विवादप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुस्ख व्यक्त गर्दै सबै नेपालीलाई संयम रहन र आपसी सद्‌भाव कायम राख्न आग्रह गरेका छन् । निर्मल निवासस्थित संवाद सचिवालय मार्फत जारी गरिएको सद्‌भाव सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका विभिन्न भागमा फैलिन गएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव तथा पहिचान भएकाले यसमा कसैले पनि खलल पार्न नहुनेमा उनले जोड दिएका छन् । नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्‌भावमा…

Read More

सिरहा । सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाले जारी गरेको विज्ञप्ति अनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो । यसअघि पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ को क्षेत्रमा कर्फ्यु जारी गरिएको थियो । प्रशासनले अर्को सूचना जारी गर्दै लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको जनाएको छ। प्रशासनका अनुसार लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला ९बाटिका होटल पश्चिम० सम्म र दक्षिणतर्फ पूर्वपश्चिम राजमार्गको ५ सय मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यु…

Read More