Author: Editor

कर्णाली । मुगु जिल्लाको धैनाकोट आसपास केन्द्रविन्दु बनाएर बुधबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समय अनुसार बिहान २ः२२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा महसुस गरिएको जनाइएको छ। हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने मधेश केन्द्रित नेताहरूसँग संवाद् थालेका छन् । उनले मंगलबार बिहान लोकतान्त्रिक समाजवादी पार्टी  ( लोसपा ) का अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टी ( आजपा ) का अध्यक्ष प्रभु साहसँग छुट्टाछुट्टै भेटघाट गरे । बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेशको विकास तथा प्राथमिक योजनाबारे छलफल भएको बताइएको छ। दुवै पक्षले जनादेशअनुसार सहकार्य गरेर विकास अघि बढाउने सहमति जनाएका छन्। त्यसैगरी, प्रभु साहसँगको भेटमा पनि मधेशलाई प्राथमिकतामा राखेर काम गर्ने विषयमा सहमति भएको छ। भेटमा सरकार सबैको हितमा काम गर्ने र पारस्परिक सहयोगमार्फत विकास अघि बढाउने…

Read More

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान थप विस्तार गरेको छ । निगमले अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको  १० वटा उडान सञ्चालन गर्ने भएको हो । निगमले हाल दैनिक काठमाडौं–दिल्ली–काठमाडौं रुटमा एउटा उडान भर्दै आएको थियो । यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै आजबाट काठमाडौं–दिल्ली–काठमाडौं रुटमा हप्ताको तीन दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको निगमले जानकारी दिएको छ । यस व्यवस्थासँगै अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने निगमले जनाएको छ।

Read More

काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । मन्त्री दिपककुमार साहको नेतृत्वमा आज बसेको मन्त्रिस्तरीय बैठकले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाका लागि सूचीकरण खुला गर्ने र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ को दफा ३ को व्यवस्थाबमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ । नेपाल मेडिकल व्यवसायी सङ्घका महासचिव कृष्णप्रसाद बजगाईंले सरकारले कार्यविधिमा भएको व्यवस्था लागू गराउनु सकारात्मक देखिए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीलाई व्यवस्थापन गर्नुपर्ने बताए। श्रम तथा रोजगार मन्त्रालयको…

Read More

काठमाण्डौं । सर्वोच्च अदालतको नेतृत्व अब वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले गर्ने भएकी छन्। मल्लले बुधबारदेखि कायममुकायम ९कामु० प्रधानन्यायाधीशका रूपमा काम गर्ने भएकी हुन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आज ९मंगलबार० अवकाश हुँदै छन्। राउतको आजै बिदाइ कार्यक्रम तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले नेपालखबरलाई जानकारी दिए। राउत न्यायाधीश ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका हुन्। राउत २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए। त्यसको ८ वर्ष पहिले उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए। त्यसअघि उनी वरिष्ठ अधिवक्ता थिए। योसँगै सपना सर्वोच्चको नेतृत्व गर्ने दोस्रो महिला न्यायाधीश हुने भएकी छन्। यसअघि सुशीला कार्की नेपालको पहिलो…

Read More

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन सबैले पालना गर्नुपर्ने बताएका छन् । उनले प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिएको भएपनि यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउने बताएका छन् । उनले फेशबुकमपार्mत पार्टीको अनुशासन सबैले पालना गर्नुपर्नेमा जोड दिएका हुन् । उनले भनेका छन्–‘जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन, महाधिवेशन नजिकिँदै छ, यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सवैका लागि श्रेयस्कर हुन्छ, नेतृत्वको बाटो विधानअनुसार खुला छ। पार्टीको अनुशासन सबैले पालना…

Read More

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा सुदूरपश्चिमका समस्या र स्थानीय माग अनि समस्या समाधानको उपायबारे छलफल गरेका हुन् । हिजोमात्रै उनले कोशी र कर्णाली प्रदेशका सांसदहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

Read More

काठमाण्डौं । नेकपा ९एमाले० ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।सरकारले प्रतिशोधपूर्ण र बदलाको भावनाले पक्राउ गरेको तथा शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको दाबी गर्दै एमालेले सडकदेखि संसदसम्मको प्रतिवाद रणनीति तय गरेको हो। मंगलबार बसेको पार्टीको सचिवालय बैठकका निर्णयहरू सार्वजनिक गर्दै एमाले सचिव महेश बस्नेतले आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन्। सचिवालय बैठकले वडा तहदेखि संघीय राजधानीसम्मको आन्दोलन कार्यतालिका बनाएको छ। घोषित कार्यक्रम अनुसार आगामी चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलनकेन्द्रित बृहत् भेला गरिनेछ। त्यसैगरी, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन र वैशाख ३ गते वडा तहमा भेला हुनेछन्।…

Read More

काठमाण्डौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ। बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ। स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीतका गतिविधि नगर्न तथा नगराउन बोर्डले…

Read More

काठमाण्डौं ।  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक कलह बिर्सेर एकजुट हुन आग्रह गरेका छन्। महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने भन्दै एकतावद्ध हुन अपिल गरेका हुन्। ‘देशका हरेक संकटमा नेपाली काङ्ग्रेससँगै रहेर एकजुट रहेको आएको छ,’ पौडेलले भनेका छन्, ‘एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको छ।’ अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु नहुने भन्दै उनले पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गरेको बताए । अहिलेको प्रतिकुलतामा पनि…

Read More