Author: Editor
मकवानपुर । सिस्नेरी–दक्षिणकाली–काठमाडौँसडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगरस्थित सडकमा विद्युतीय गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको विद्युतीय गाडी गएराति ११ः१० बजे ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीका अनुसार चालकसहित ११ जना सवार रहेको उक्त गाडी सडकको दायाँतर्फको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा नौ जना भारतीय नागरिक र दुई जना नेपाली नागरिक सवार रहेका थिए । चालकसहित दुई जना नेपालीलाई केही नभएको र एक जना घर गइसकेको प्रहरीले जनाएको छ । गाडी चालक धनुषा…
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेको छ । सोमबार बसेको संघीय संसद्को दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । ४४ पृष्ठ, १०० बुँदा र पाँच हजार भन्दा धेरै शब्दमा ल्याइएको उक्त नीति तथा कार्यक्रममा अधिकांश पुरानै सरकारले लिएका नीतिलाई निरन्तरता दिइएको छ । क्षेत्रगत रुपमा केही विषयलाई मात्रै नीति तथा कार्यक्रममा समेटिएको छ । के–के छन् नयाँ विषयहरु सरकारले ल्याएको नीति तथा कार्यक्रममा अर्थतन्त्र र लगानी, सूचना प्रविधि र नवप्रवर्तन, रोजगारी र श्रम, पर्यटन र वातावरण, स्वास्थ्य र शिक्षा, सुशासन र प्रशासन, डायस्पोरा र विदेश…
काठमाण्डौं । प्रतिनिधि सभा बैठक मंगलबारसम्मको लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले मङ्गलबार दिउँसो १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको जानकारी दिए। बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेको छ।
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नीति र कार्यक्रम प्रस्तुत गरिरहेको बेला उठेर प्रधानमन्त्री वालेन्द्र शाह बाहिर गएपछि सामाजिक संजालमा अहिले चौतर्फी आलोचना भईरहेको छ । सामाजिक संजालमा प्रधानमन्त्री शाहको सो कार्यको बिरोध र आलोचना भईरहेको छ । यसैबिच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएकाले हेही समयका लागि बाहिरिएको तर पछि फर्किएको सामाजिक संजाल मार्फत जानकारी गराएपनि सोे स्ट्याटस केही समयमै हटाएका थिए । प्रधानमन्त्री शाहको सो कार्यको बिभिन्न राजनीतिक दलहरु, संचारकर्मी, सामाजिक अभियन्ताहरुले मिश्रित प्रतिक्रिया दिईरहेका छन् । एमाले सांसद गुरु बरालले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०को पोसाकदेखि संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा गरेको साइड टक…
काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक भएको छ। आज ( सोमबार ) साँझ प्रकाशन भएको नतिजा अनुसार एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसपालि ४।१७ प्रतिशतले नतिजामा सुधार आएको हो। गत वर्ष एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस्तै, १ लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। नतिजा प्रकाशन गर्न परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण व्यवस्था मिलाइएको थियो। बोर्डले परीक्षा सकिएको २९ दिनमा एसईईको नतिजा सार्वजनिक गरेको हो। चैत २९ गते सकिएको एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी सहभागी भएका थिए। जसमा २ लाख ५७…
काठमाण्डौं । सर्वोच्च अदालतले विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अल्पकालिन अन्तरिम आदेश दिएको छ। सोमबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालिन आदेश दिएको हो। यससँगै अन्तरिम आदेश दिने वा नदिने भन्ने निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। सरकारले अध्यादेश ल्याएर विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाएको थियो। त्यस्तै, स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० पनि खारेज गरेको थियो। त्यसका विरुद्ध अनेरास्ववियुका अध्यक्ष दिपक धामीसहित विभिन्न विद्यार्थी संगठनका नेता सर्वोच्च अदालत पुगेका थिए। उनीहरू विद्यार्थी संगठन हटाउने निर्णय खारेज गर्न माग गर्दै वैशाख २५ गते रिट दायर गरेका थिए। यसमा प्रधानमन्त्री ताथ मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको थियो। यसमाथि…
काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाहका तर्फबाट कानुन मन्त्री सोविता गौतमले तीन अध्यादेश पेस गरेकी छन् । प्रधानमन्त्रीका तर्फबाट मन्त्री गौतमले सार्वजनिक खरिद ( दोस्रो संशोधन ) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश र संवैधानिक परिषद् ( काम, कर्तव्य, अधिकार र कार्यविधि) ( पहिलो संशोधन ) अध्यादेश पेस गरेकी हुन् । तीन अध्यादेशमार्फत सम्बन्धित कानुन संशोधन गरेर सेवा प्रवाहमा सहज हुने सरकारको अपेक्षा छ ।
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सम्पन्न राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले दलको नेताहरूले सम्बोधन गर्ने तय गरेको छ । बैठकले आजदेखि सुरू हुने २१औँ अधिवेशनका सन्दर्भमा कार्यसूची समेत तयार पारेको छ । कार्यव्यवस्था परामर्श समिति बैठकले आज दिउँसो २ बजे बस्ने राष्ट्रियसभा बैठकमा दलीय आधारमा दल नेताहरूले शुभकामना दिने, सरकारले ल्याएका ८ वटा अध्यादेशहरू पेश गर्ने लगायतका विषयमा टुङ्गो लगाएको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, राष्ट्रिय सभा उपाध्यक्ष लीला भण्डारी, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक लगायतको सहभागिता रहेको थियो । आजै…
काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन्। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएको हो। नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध जनाए। विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दलका सचेतक निश्कल राईलाई बोल्न समय दिए। उनले अध्यादेशदेखि सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएको विषयमा आपत्ति जनाए ।
काठमाण्डौ । सरकारले सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा जारी भएका ८ वटा अध्यादेश पेश गर्ने भएको छ। बैठक दिउँसो २ बजेको लागि बोलाइएको छ। सम्बन्धित मन्त्रीले संसद्मा अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। संसद् बैठक आह्वान हुनुअघि सरकारले यी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको थियो। सोही आधारमा राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका थिए https://www.youtube.com/watch?v=SIn3sbieQMY
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क